बुधवार, माघ ०३ गते, २०७४
शुक्रवार, २०७१ भाद्र ०५ गते ००:२९

 
उमाकान्त पाण्डे/दुबई/दुबईबाट आमाले सिकाएर नेपालमा छोरीले गाएको गिती एल्बम 'काठमाण्डौ जादा' यूएईमा सार्वजनिक गरिएको छ । 
 
वैदेशिक रोजगारीका लागि युएईको आबुधाबीमा रहेकी गायिका साबित्री गिरीका शब्दलाई उनकी जेठि छोरी ज्योति गिरीको स्वरमा यस् पटकको तीजको भाकामा बजारमा ल्याईएको गिती एल्बम 'काठमाण्डौ जादा' यूएईको दुबइमा शुक्रबार सार्वजनिक गरिएको हो । 
 
एल्बमको लागि सहयोग गर्ने गायिका राधिका हमाल दुबइमा आएको मौका छोपेर सो गिती एल्बम सार्वजनिक गरिएको हो । हमाल नेपाली जनसमपर्क समिति यूएईले दुबइमा आयोजना गरेको तीज कार्यक्रमका लागि दुबइ आएकी थीईन । सोही कार्यक्रममा गिरीको पहलमा बजारमा ल्याएको एल्बम 'काठमाण्डौ जादा' बिमोचन गरेकी हुन । 
 
काठमाण्डौ जादा लाएको माया 
पोखरा आउँदा भुलिएछ यार 
जुन केटी देख्यौ त्यही नजर जान्छ 
बैशको मातले झुलिएछ यार   
 
गायिका सावित्रीकै पहलमा यो गीतको भिडियो पनि दुबइमै तयार गरिएको थियो । जुन भिडियो दुबईमा रहेको जबिल पार्कमा नेपाली चेलीबेटी जम्मा गराएर छायाकंन गरिएको थियो । 'दुबईमा छायाकंन गरिएको भिडियोसहित एल्बम बजारमा ल्याएका छौ' श्रीमानसँगै दुवईमा पसिना बगाइरहेकी गायिका सावित्रीले भनिन् 'छोरीको लागि स्काइपबाट शब्द पठाएँ, छोरीले एल्बम बनाएर बजारमा ल्याइ, मलाई क्यासेट उपहार पठाएकी छे, जुन एल्बम आज सार्वजनिक गरे ।'
 
यो गीतमा ज्योतिका साथै चर्चित लोक गायक रामजी खाडको पनि आवाज छ ।  स्काइपबाट छोरीलाई गीतको लय सिकाएर यो एल्बम तयार पारीएको हो  । 
 
सबैको नजर यही जोवनमाथि,
गुलाबको फूलझै फूलिछ बाइ,
तर उत्तौली भईदैन, डिस्कोमा गइदैन,
तीजको बेलामा संई साथी मेलामा 
आओन ओेए हामी पनि छमछम नाचनी हो बाइ ।  
 
यी शब्दलाई नेपालमा रहेकी उनकी छोरी ज्योतिले तीजको भाकामा आवाज दिएकी हुन । थप्रेक ८ तनहुँमा जन्मेकी गायिका गिरीले आधा दर्जन गीती एल्बम बजारमा ल्याएर पोख्रेली तीज गायिकाको रुपमा चिनारी बनाइसकेकी छिन । अहिलेसम्म ५ वटा लोक गीतका र ५ वटा तिज गीतका एल्बम बजारमा ल्याएकी उनी प्रवासमा जमेकी गायिकाको रुपमा चिनिन्छिन् । प्रत्येक बर्ष तीजको भाकामा गीती एल्बम बजारमा ल्याउने उनले यो पटक भने आफ्ना शब्द छोरीलाई सापट दिएकी हुन ।  



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   सांगीतिक उचाइमा मञ्जु
2.   प्रवासमा चम्कदै नवराज
3.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
4.   समाजसेवामा समर्पण
5.   फरकधारका सिर्जनामा रमाउछु
6.   सुमधुर आवाजकी धनी टीका प्रसाई
7.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
8.   दुर्गा खरेल : स्वरमै जादु
9.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
10.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
11.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
12.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
13.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
14.   ओमानमा जनगायक जीवन शर्मा
15.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
16.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
17.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
18.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
19.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
20.   कोरिया तताए नेपाली कलाकारले !
21.   खेलकुदः च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

Powered By : Unitech Media