कतारका राजाको नेपाल भ्रमण : ‘नेपाली श्रमको मूल्य उठाउने सुनौलो मौका’

news-details

विश्वकै सबैभन्दा बढी प्रतिव्यक्ति आम्दानी भएको देश । विश्वलाई नै चकित बनाएर विश्वकप फुटवल आयोजना गरेर सफलतापूर्वक सम्पन्न गर्ने देश । छोटो समयमा चमत्कारिक विकास गरेर विश्वलाई चकित बनाउने देश । अझ नजिकबाट भन्नु पर्दा नेपालीहरुको प्रमुख रोजगार गन्तब्य रहेको देश । रोजगार मात्र दिएर होइन, व्यवसाय गर्ने वातावरण सृजना गरेर नेपालीहरु रमाइरहेको देश । कतार । हो, गर्व साथ आम नेपालीले लिने देशको नाम, कतार ।

यही देश कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकिय भ्रमणका क्रममा पहिलो पटक मंगलबार नेपाल आउँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउन लागेका कतारी राजाको भ्रमणप्रति आम नेपालीले धेरै खुशी व्यक्त मात्र गरेका छैनन, आशा पनि बोकेका छन् । मध्यपुर्वको महत्वपुर्ण शक्ति राष्ट्रको प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपाल सरकारले पनि कतारका राजाको सम्मानमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय नै गरेको छ ।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तार त पक्कै हुनेनै छ । कतारजस्तो धनी देशका राजाको पहिलो नेपाल भ्रमणबाट नेपालले धेरै फाइदा लिन सक्नेछ ।

नेपालका राष्ट्रपतिदेखि प्रधानमन्त्री र उच्च विशिष्ट पदाधिकारीहरुले पटक पटक कतारको भ्रमण गरिसकेका भए पनि कतारको राजाको भ्रमण नेपालमा पहिलो पटक हुन लाग्दा धेरै आशा तथा अपेक्षा बढेको छ । यो भ्रमण तय हुँदा कतारमा रहेका ४ लाख नेपालीको पक्षमा मात्र नभएर नेपालको विकासमासमेत ठूलो सहयोगको अपेक्षा गरिएको छ ।

केही दिनयता एशियाली देशको औपचारिक भ्रमणमा निस्केका कतारी अमिर फिलिपिन्स र बंगलादेशको भ्रमण सकेर त्यतैबाट दुई दिनका लागि नेपाल आउन लागेका हुन् । यो भ्रमण मध्यपुर्वबाटै पहिलो राष्ट्राध्यक्षको नेपाल भ्रमण हो । जसले मध्यपुर्व एवं अरब मुलुकहरुका उच्च ब्यक्तित्वको नेपाल भ्रमणका लागि सकारात्मक सन्देश दिने अपेक्षा गर्न सकिन्छ ।

कतार नेपालीहरुका लागि आकर्षक श्रम गन्तव्य हो, जहाँ हाल पनि करिब चारलाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन । कतारमा कार्यरत नेपालीहरुले पठाएको रेमिट्यान्स वार्षिक एक खर्ब भन्दा बढी स्वदेश आउने गरेको छ । नेपालको अर्थतन्त्रमा कतारको भूमिका महत्वपुर्ण मान्न सकिन्छ ।

नेपालका राष्ट्रपतिदेखि प्रधानमन्त्री र उच्च विशिष्ट पदाधिकारीहरुले पटक पटक कतारको भ्रमण गरिसकेका भए पनि कतारको राजाको भ्रमण नेपालमा पहिलो पटक हुन लाग्दा धेरै आशा तथा अपेक्षा बढेको छ । पटक पटकको निमन्त्रणापछि बल्ल राजाको भ्रमण तय हुँदा कतारमा रहेका ४ लाख नेपालीको पक्षमा मात्र नभएर नेपालको विकासमासमेत ठूलो सहयोगको अपेक्षा गरिएको छ ।

नेपालीको पसिना आधुनिक कतार निमार्णमा सिंचित भएको छ । कतारको विकासमा नेपालीहरु हरेक क्षेत्रमा साक्षी मात्र छैनन् प्रत्यक्ष संलग्न पनि भएका छन् । नेपालीहरुको इमानदारिता, मिहिनेत तथा कडा परिश्रमलाई कतारले नजिकबाट बुझेको छ ।

नेपालीको पसिना आधुनिक कतार निमार्णमा सिंचित भएको छ । कतारको विकासमा नेपालीहरु हरेक क्षेत्रमा साक्षी मात्र छैनन् प्रत्यक्ष संलग्न पनि भएका छन् । नेपालीहरुको इमानदारिता, मिहिनेत तथा कडा परिश्रमलाई कतारले नजिकबाट बुझेको छ ।

कतारले एक्लै सफलतापूर्वक सन् २०२२ को बिश्वकप फुटबल सम्पन्न गरेर विश्वलाई चकित मात्र पारेन, आट्यो भने असम्भव केही रहेनछ भन्ने प्रमाणित गरेर देखायो । कतार विश्वकप सफल भएसँगै भिजन २०३० अन्तर्गतको लक्षित योजनामा अगाडि बढिसकेको छ । अबको बर्षमा कतारले पुर्ननिर्माण भन्दा पनि खेलकुदको देश, शिक्षाको देश, मेला तथा सेमिनारको देश, समुन्द्रको बीचमा रहेको शान्त र सुन्दर पर्यटकहरुको प्रमुख गन्तब्यको देशको रुपमा आफुलाई स्थापित गराउँदै छ ।

विश्व राजनैतिक मैदानमा बिभिन्न समयमा देखिने जटिल तथा अप्ठ्यारा परिस्थितिमा कतारले गर्दै आएको मध्यस्थतालाई बिश्व जगतले खुलेर प्रसंशा गरेको पाइन्छ । हाल पनि मध्यपुर्वमा दन्केको आगो निभाउन कतारले सहजीकरणको भूमिका निभाइरहेको छ । विभिन्न समस्याग्रस्त मुलुक र दैवी प्रकोपले ग्रस्त देशमा कतार फण्ड फर डेभलपमेन्टको माध्यमबाट तन, मन र धनसहित दिल खोलेर सहयोग समेत गरिरहेको छ । कतार च्यारिटी मार्फत पनि बिश्वको गरीबी निवारण र सामाजिक एवं मानवीय सेवाको यात्रालाई निरन्तर अगाडि बढाइरहेको छ ।

कतारमा लामो समय सरकारी निकायसँग नजिक भएर काम गरिरहेका प्रोफेसर रम्जान अलिमिया कतारका अमिरको यस पटकको भ्रमणबाट धेरै फाइदा लिनुपर्ने बताउँछन् । प्रोेफेसर मियाका अनुसार नेपालको जलविद्युत् आयोजनामा पाइलट प्रोजेक्टका रूपमा लगानी गर्नका लागि यसैपल्ट अमीर समक्ष अनुरोध गर्नुपर्दछ ।

कतारमा रहेका नेपालीहरुबीच हरेक क्षेत्रमा सहयोग र सहकार्य देखिन्छ । अन्य अरब देशको तुलनामा कतारमा रहेका नेपालीले आफुलाई सक्षम र सफल पनि तुल्याइरहेका छन । यद्यपि नेपाल र कतारबीच द्विपक्षीय व्यापार भने खासै हुने गरेको छैन । कतार–नेपालबीचको व्यापारको कुरा गर्दा नेपालको कुल वैदेशिक व्यापारको १ प्रतिशतभन्दा कम छ । गत आर्थिक वर्षमा नेपालले १६ खर्बको आयात गर्दा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । कतारबाट नेपालमा १३ अर्ब ३० अर्ब रुपैयाँको आयात हुँदा ११ करोड निर्यात भएको छ । नेपालको निर्यात बढाउन कतारमा भन्सार सहुलियत दिने योजना अगाडि बढाएमा नेपालको निर्यात कतारमा बढ्न सक्छ ।

मुख्यतः नेपालको अर्गानिक कृषि वस्तुको बजार कतार हुन सक्छ । तथापि दुवै देशले अब आर्थिक कुटनीतिको माध्यमबाट एक अर्कालाई सहयोग गर्न जरुरी छ । त्यो यसै पटकको अमीरको भ्रमणको बेलामा आपसी समझदारी पत्रमार्फत खुलस्त राख्नु पर्दछ भने नेपालले पनि कतारलाई आफ्नो बिकासको साझेदार बनाउन कसरत गर्नु पर्दछ ।

कतारमा लामो समय सरकारी निकायसँग नजिक भएर काम गरिरहेका प्रोफेसर रम्जान अलिमिया कतारका अमिरको यस पटकको भ्रमणबाट धेरै फाइदा लिनुपर्ने बताउँछन् । प्रोेफेसर मियाका अनुसार नेपालको जलविद्युत् आयोजनामा पाइलट प्रोजेक्टका रूपमा लगानी गर्नका लागि यसैपल्ट अमीर समक्ष अनुरोध गर्नुपर्दछ । खेलमा समर्पित कतारी खेलाडीहरुको निम्ति नेपालको हाई अल्टिच्युट मैदान बरदान नै साबित हुन सक्छ भने कतारी पर्यटकको लागि पनि नेपाल अत्यन्तै नजिकको गन्तव्य बन्न सक्छ । यस क्षेत्रमा दर्जनौं अवसर भएको देश हो नेपाल । तथापि नेपालले पर्यटकिय क्षेत्रको भौतिक पुर्वाधार बिकासमा विशेष जोड दिनु पर्ने पनि देखिन्छ जसको निम्ति कतारी सहयोग ठूलो सारथि हुन सक्छ ।

कतारमा व्यवसाय गरिरहेका आरके शर्मा लामो समयदेखि कतारमा खाद्य सामग्री त्यसमा पनि जैविक सामग्री यूरोपलगायतका देशबाट आउँने गरेकोमा त्यसको सट्टामा अब नेपालले कृषिजन्य अर्गानिक उत्पादन यो बेलामा सम्झौता गरेर कतारमा बिक्री गर्ने बाटो खुलाउन सके नेपालको पानी र अर्गानिक खाद्यान्न कतारको चुल्होमा पु¥याउन सकिने बताउँछन ।

कतारमा व्यवसाय गरिरहेका आरके शर्मा कतारका राजाको नेपाल भ्रमणका क्रममा धेरै लाभ लिन सक्नु पर्ने तर्क राख्छन् । उनका अनुसार लामो समयदेखि कतारमा खाद्य सामग्री त्यसमा पनि जैविक सामग्री यूरोपलगायतका देशबाट आउँछ । त्यसको सट्टामा अब हामीले कृषिजन्य अर्गानिक उत्पादन यो बेलामा सम्झौता गरेर कतारमा बिक्री गर्न सक्नुपर्छ । नेपालको पानी र अर्गानिक खाद्यान्न कतारको चुल्होमा पु¥याउन सकिने शर्मा बताउछन ।

यस्तै कतार एयरलाइन्सलाई कार्गोमा ५० प्रतिशतसम्म छुट गरिदिनुस् भनेर अनुरोध ग¥यौँ भने पनि त्यसमा सफलता मिल्न सक्ने शर्मा बताउछन । अहिले विश्वका शक्तिशाली देशहरु स्वच्छ ऊर्जातर्फ आकर्षित भएका छन् । आगामी दिनमा मध्यपूर्वका राष्ट्रलाई पनि स्वच्छ ऊर्जा, साहसिक पर्यटन र डेटा अर्काभिङलगायत सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आकर्षित गर्न सकिने शर्माको भनाई छ ।

कतारको राजाको नेपाल भ्रमणलाई एक दिन सार्वजनिक विदा घोषणा गरेर मात्र होइन, कतार र नेपालबीचको सम्बन्ध थप मजबुद बनाउदै आजसम्म नेपालीले कतारीभूमीमा बगाएको पसिनाको मुल्य उठाउन सक्नुपर्छ । कतारी राजालाई खुशी बनाउँदै कतारमा रहेका ४ लाख नेपाली र नेपालमा रहेका नेपालीका लागि अर्थपूर्ण बनाउन चुक्न हुँदैन । अनि मात्र अमिरको नेपाल भ्रमण सार्थक बन्नेछ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *