किसानले दूधको भूक्तानी नपाउनुको रहस्य !

news-details

यो देश कस्को हो ? कोको बस्ने यहाँ ? के पेशा गर्ने यहाँ बसेर ??? हरेक गाउँ, वस्ती र शहरबाट हरक्षण तिखो स्वरमा यो प्रश्न झङ्कृत भइरहेको छ । तर सुन्ने कोही छैन ।

सायद हरेक दरवारहरुबाट मौन जवाफ यस्तो छः राजनीति गर्ने, जसरी पनि चुनाव जित्ने, सरकारमा जाने अनि कर्मचारी र कार्यकर्ता पजनी गर्ने, तिनैसँग मिलेर देश लुट्ने ।

दलसँग मिलेर दलकै सदस्य बनेर व्यावसाय गर्ने र जनता लुट्ने हामी केही मान्छे र हाम्रा सन्तानको मात्र हो यो देश ।

यो जवाफले कोरलेको प्रश्नको भ्रुण यो पनि हो संसारकै उच्च शिखरको देशलाई कतिन्जेल खाडीले पालिरहने ?

दूध उत्पादक किसान र व्यावासायीको जवाफ छ जतिन्जेल पिशाचको हातमा परिरहन्छ यो देश ।

खेती गर्यो बजार छैन । भएको बजार भारतीय उत्पादनले दमन गरेको छ । सरकार उताकै बजारलाई सहयोग हुनेगरी नीति र निर्णय निर्माण गर्छ । बाख्रा पाल्यो उस्तै हालत छ न सरकारी प्रोत्साहन छ न बजार ।

अरुले गाई भैँसी पालेको, घरघरैबाट दूधको किनबेच भएको देख्छ अनि बैँकलाई भएभरको सम्पति राखेर चाकडी गर्दागर्दा रिन निकाल्छ र गाई पाल्छ ।

…फेरि भाग पर्छ बाह्र हातको पिँडालु । किसान मारिएको देश हो यो ।

तीन महिनादेखि स्थानीय दूध संकलकहरुले ठूला डेरीबाट रकम पाएका छैनन् । आफूले नपाएपछि किसानलाई कसरी दिने रु शिवसताक्षी ६ स्थित मिलन चिस्यान केन्द्रका मिलन अधिकारीका अनुसार व्यक्ति र संस्थाले ऋण पत्याउन्जेल किसानलाई पैसा दिइयो अब सक्न अवश्था छैन । झण्डै ४० लाख जति लिनु र दिनु छ ।

उनको दूधका नियमित खरिदकर्ता पोखराबाट सञ्चालित सुजल डेरीको आस्वाशन दिएको थियो किसानलाई दिन बाँकी ३ करोडमा दशैँ अगि बैँकबाट ऋण लिएर आधै भए पनि दिन्छौँ ।

ठूला डेरीहरुले मूल्य घटाउन साना डेरीहरुलाई दवाव दिइरहेका छन् । किसानसँग ६० रुपैया लिटरमा लिएको दूध ५८ मा कसरी दिने ? साना डेरीहरुको गुनासो छ ।

तर साउनको पहिलो हप्ताभन्दा बढीको हात लागेन । र अझै नियमित भुक्तानी हुन सकेको छैन ।

दुग्ध विकास संस्थानले पनि २ महिनादेखि भूक्तानी दिएको छैन । उसका नियमित ग्राहक, चिनजान भनसुनका संकलकलाई जेनतेन दिएको छ । अरुलाई छैन ।

एकहजार लिटर संकलन गरिरहेकाहरुले चारसय पनि संकलन गरेका छैनन्, ४० हजार संकलन गर्नेले १० हजार संकलन गरेका छैनन् । त्यसको पनि समयमा भूक्तानी भएको छैन ।

ठूला डेरीहरुले मूल्य घटाउन साना डेरीहरुलाई दवाव दिइरहेका छन् । किसानसँग ६० रुपैया लिटरमा लिएको दूध ५८ मा कसरी दिने ? साना डेरीहरुको गुनासो छ ।

१० लिटर दूध दिइरहेका किसानबाट यतिबेला ५ लिटर मात्रै लिन्छन् वा दुईदिनमा एक दिन मात्र लिन्छन् उनीहरू । बैँकको किस्ता, गाइलाई दाना र दैनिक गर्जो कसरी टार्ने । किसानको दशैँ खल्लो हुँदैछ ।

सरकारले दूधको मूल्य तोक्यो तर दानाको मूल्यमा मनपर्दी छ । दानाको मूल्य पनि उसैगरी नतोकेसम्म दूधको मूल्य तोक्नुको अर्थ छैन, किसानले मिहिनेतको फल पाउँदैनन् ।

दुग्ध विकास संस्थानका अनुसार दुधको दुई सिजन हुन्छ । माघदेखि साउनसम्मको लिन सिजनमा दूध कम उत्पादन हुन्छ । उत्पादन खपत र भूक्तानीमा समस्या हुँदैन । भदौदेखि पुषसम्मको फ्लस सिजनमा दूध बढी हुन्छ र कहिलेकहिँ खरिद र बिक्रीमा असन्तुलन देखा पर्छ । यही कारण दुग्ध विकास संस्थानले किसानलाई दुईमहिनाको भुक्तानि गर्न नसकेको हो ।

तर दूध संकलकहरु यो तर्क मान्दैनन् । धेरैओटा चाडपर्वहरु पर्ने सिजनमा दूध धेर हुने र खपत नहुने तर्क झुट हो । यसअगि यस्तो भएकै छैन् ।

२०८० वैसाखसम्म नेपालमा माग अनुसार दूध उत्पादन हुन नसकेकाले भारतबाट दूध ल्याउन ठूला डेरीहरुले सरकारसँग अनुमति मागेका थिए । डेरीहरुमार्फत आएको यो प्रस्ताव कृषि मन्त्रालयले पेश गरे पनि अर्थ मन्त्रालयले अस्वीकार गरेपछि भारतबाट दूध आयात अनुमति रोकियो ।

नेपालमा ४ देखि ४ सय ५० रुपैया लगानीमा उत्पादन भइरहेको १ केजी पाउडर दूध भन्सार र प्रहरीको मिलेमतोमा भारतबाट प्रतिकेजी २ सयमै नेपाल भित्रिरहेको छ ।

तर जब गाईमा लम्कीस्किन रोग आयो अमेरिका छुर्पी निर्यात रोकियो । अनि नेपालकै दूध बढी भयो । छुर्पी उत्पादन रोकिएपछि ईलामको मात्र ४० हजार लिटर दूध दुग्ध विकास संस्थानमा थपियो । अन्य डेरीहरुले पनि यसैगरी दूधको भार थाम्नु पर्यो ।

दुग्ध विकास संस्थानको तर्कसँग मिल्दो छ सुजल डेरीको तर्क । झापाबाट बढीमा १५ हजार लिटर दूध लिन सक्ने क्षमता भए पनि ४० हजार लिटरभन्दा बढि उठाउनु परेकाले र अन्य विविध समस्याका कारण किसानको रकम भूक्तानी गर्न बाँकी रहेको स्वीकार्छन सुजल डेरिका राजेन्द्र वस्ती ।

नेपालमा ४ देखि ४ सय ५० रुपैया लगानीमा उत्पादन भइरहेको १ केजी पाउडर दूध भन्सार र प्रहरीको मिलेमतोमा भारतबाट प्रतिकेजी २ सयमै नेपाल भित्रिरहेको छ ।

यसकारण दुग्ध विकास संस्थान, सीताराम दूध लगायतका सबै कंपनीको बिक्री घटे पनि स्थानीय खुद्रा डेरिहरुलाई यसको कुनै देखिँदैन । बरु बिक्री बढेको छ ।

छुर्पीको अमेरिका निर्यात रोकिएको कुरा मान्दैनन् बरू नेपाली छुर्पी निरन्तर अमेरिका निर्यात गरिरहेको बताउँछन् नीजि व्यावसायी । पहिले भन्दा बढी भारतको बाटो हुँदै युरोपसम्म निर्यात भइरहेको दावी छ ।

जति छुर्पी उत्पादन गरिन्छ एकसाथ त्यतिनै घिउ पनि उत्पादन हुने तर घिउको बजार नभएको, यस अगि भइरहेको जापान र कोरियाको निर्यात रोकिएकाले छुर्पीको उत्पादनमा कमी आएको बताउँछन् नेपाल डेरि एसोसियसनका कोशी प्रदेश अध्यक्ष गंगा खड्का ।

खड्काका अनुसार नीजी डेरिहरुले अगिल्लो सरकारको पालामा दूधको मूल्य बढाउन सरकारलाई दवाव दिए र मूल्य बढाए । आफूहरुले मूल्य भन्दा उत्पादन बढाउन जोड गरे पनि सरकारले सुनेन र भारतीय सस्तो बजारको प्रभाव नेपालमा परेको बताउँछन् । अरु देशको तुलनामा नेपाली दूध महङ्गो भएका कारण देश र विदेशको बजार प्रभावित भएको उनको तर्क छ ।

भारतबाट दूध, चीज, नौनी आदि भित्रिनु, गाईमा लम्कीस्किन रोग लाग्नु, मूल्य वृद्धि, आर्थिक मन्दीले क्रयशक्ति कमजोर हुनु, दूधमाथि चरम राजनीति हुनु हालको मुख्य समस्या रहेको बुझ्न कठिन छैन ।

मिलेमतोमा लुकीछिपी भारतीय दूध नेपाल भित्रिने सुइको पाएकाले नेपाली किसानको दूध हो-होइन पक्का भएर मात्र आफूले खरिद गर्ने गरेको उनको दावी छ ।

यस्तै असार साउनमा छुर्पी नबन्ने कारण पनि यो समस्या आएको बताउँछन् अध्यक्ष खड्का ।

दूध मात्र होइन पनिर र मिठाइसमेत भारतबाट आएकाले नेपाली बजार धरापमा परेको मिलन अधिकारीको दाबी छ ।

यति धेरै गुजुल्टिएको समस्या बोकेर दूध किसान, दूध संकलक र ठूला व्यावसायीहरू चलिरहेका छन् तर हेरिदिने, सुनिदिने र समाधान गरिदिने कोही छैन ।

गरिखानेका लागि नेपाल अब आफ्नो रहेन । ऋणबाट कर्मचारी, घरभाडा, बिजुली, केरियर सबै धानेर दूध व्यावासाय गर्न नसक्ने हुँदा आत्महत्या गर्नुभन्दा पासपोर्ट बनाउने तयारी गरेको बताउँछन् उनी ।

एकातिर किसानलाई दूधको भूक्तानी दिन सकेको छैन अर्कोतिर किसानबाट संकलन गरेर लगेको दूध दुग्ध विकास संस्थान विराटनगरमा खन्याउन मात्र त्यहाँका कर्मचारीलाई ५ हजार घुश दिनुपर्छ । नत्र अनेक बहाना बनाएर फर्काई दिन्छन् ।

यति धेरै गुजुल्टिएको समस्या बोकेर दूध किसान, दूध संकलक र ठूला व्यावसायीहरू चलिरहेका छन् तर हेरिदिने, सुनिदिने र समाधान गरिदिने कोही छैन ।

नेपालमा दूध वा दूधजन्य उत्पादनको खपत कति हो । कति उत्पादन भइरहेको छ । कति उत्पादन गर्न सकिन्छ । बजार कहाँ कसरी खोज्ने ? आदिजस्ता सामान्य कुराको व्यवस्थापन गर्न नसक्ने सरकार कसको पक्षमा के काम गरिरहेको होला ?

निरन्तर दुध उत्पादन गर्ने किसानलाई अनुदान दिने, दूध र घिउको गुणस्तर बढाउने होभने स्वेश र विदेशमा बजार व्यवस्थापन गर्न नीजी क्षेत्र आफैँ सक्षम रहेको बताउँछन् व्यावसायीहरू ।

ए सरकार !! यसरी किसान र व्यावसायीको छातिमा झिर रोपेर सुध्रिएला त देश र जनताको अर्थिक अवश्था ? कि यसमै छ मज्जा ???

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *