अनुभूति : भारतीय रेलमा योजनाबद्ध ठगी !

news-details

कात्तिक १६ गते दिनको १ बजे पटना जानका लागि रेल चढ्नु छ ।

मथूराबाट बिहान १ बजे नै गया आइपुगेका थियौँ । हामी आउँदा गया ट्रेन जक्सनमा असरल्लै मानिसहरू सुतेका थिए । उज्यालो नहुन्जेल यस्तै त होला भनेर सुत्ने बिछ्यौनाका लागि कार्टुनहरू खोज्न थाल्यौँ । पसलमा किनेरै पनि ल्यायौँ ।

त्यहिबेला अटोवालाहरू आइपुगे । श्राद्ध गर्ने घाट नजिकै आश्रममा लगेर सुत्ने व्यवस्था मिलाइदिन्छौँ, एकजनाको भाडा तीस रुपियाँ दिनुहोला ।

याँ चिसो भुइँमा सुत्नुभन्दा उतै जाऔँ ४ घण्टा भएपनि सुतिन्छ । सल्लाह मिल्यो हाम्रो ।

आश्रममा सुतेको पैसा लाग्दैन भनेका थिए तिनले । निःशुल्क खाना र बासको प्रयोग नगर्ने तर धेरै पनि तिर्नु नपरोस् भनेर सुरुदेखिनै सचेत थियौँ हामी । निःशुल्क रहेछ भने पनि दान पेटिकामा रकम हालौँला भन्ने सोच्दै अटो चढ्यौँ ।

आश्रम पुगेपछि थाहा भयो हलको ३ हजार र प्रति डसना २० रुपैया शुल्क तिर्नुपर्नेरहेछ । अटोवालाहरुले यात्रु हात पार्न झुट बोलेका रहेछन् ।

डसना बिछ्याएर भुईभरि सुत्यौँ ।

बिहान ६ नबजी नउठ्ने भनेर सबैलाई भनेको भए पनि महिलाहरुको हल्ला ५ बजेदेखी नै शुरु भयो । नुहाइधुवाई श्राद्ध गर्न जाने तयारी रे ।

कृष्णप्रसाद बराल हिजैदेखि अशक्त हुनुहुन्थ्यो । सुगर ब्यालेन्स बिग्रेर औषधीले काम गरेको थिएन । भोला खतिवडा सानुबुवा पनि थपिनुभयो बिसन्चो हुनेमा, डाइरिया र वमिटले सताएछ ।

अरु घाटतिर लागे रमेश दाइ र म सानोबालाई लिएर अस्पतालको खोजिमा लाग्यौँ । गया घाट नजिकै एउटा क्लिनिक रहेछ । स्त्री रोग विशेषज्ञले चेकजाँच गरेर स्लाइन् दिइन् ।
सानिमालाई सानोबाको साथी राखेर हामी घाटतिर गयौँ ।

बिहानै हामी सुतेकै ठाउँमा एकजना पण्डित आएका थिए । ओझा बाहुन हुँ भने । असजिलो गरी नेपाली बोल्थे । ६ पुस्ता अघि धनकुटाबाट गया आएका रे । म श्राद्ध पढिदिन्छु प्रतिव्यक्ति ६ सय जति दक्षिणा दिए हुन्छ भने ।

नेपाली ठानेर नजिकियौँ हामी ।

कोही केश काट्ने कोही नकाट्ने भन्ने दुईधार थियो । आफ्नै समुहमा २ जना पण्डितहरु हुनुहुन्थ्यो । तीर्थमा केश नकाटे हुन्छ भन्नेले अघिनै काटिसकेछन् ।

यस्तै गरे ती ओझा भन्ने ठगले पनि । सम्झौता बिपरित श्राद्ध सकिने बेला अर्को एकजना साथी बोलाए र भने मलाई बराबर उनलाई पनि दक्षिणा दिनुहोला ।

पितृको नाममा श्राद्ध गर्न आएको कति झगडा गर्नु, पण्डित नामका लुटेराहरु गुण्डा पनि हुनसक्छन्, समस्या आइलाग्न सक्छ खाउन् भनेर दुबैजनालाई दियौँ सबैले ।

उनलाई दक्षिणा किन दिने ? हामी रिसायौँ ।

यहाँको नियम हो । उनले जबरजस्ती गरे ।

स्वेच्छाले सयपचास दिऔँ बिनाकारण पैसा नबाडौँ । मैले सबैलाई सचेत गराएँ । सबैले हस् त भने तर रमेश दाइले दिनुभयो । मैले सय रुपैया दिएको त फिर्ता गरिदियो ।

भट्टराई भिनाजुले हाम्रा आफ्नै गाइड पण्डित सुमन दाहाललाई दिन खोजेको पनि त्यो ओझाले मानेन । भेना बुरुक्क उफ्रिनुभयो पख तँलाई म मोदीलाई फोन गर्छु ।

तनाबकाबीच हाँसो भयो एकछिन ।

पितृको नाममा श्राद्ध गर्न आएको कति झगडा गर्नु, पण्डित नामका लुटेराहरु गुण्डा पनि हुनसक्छन्, समस्या आइलाग्न सक्छ खाउन् भनेर दुबैजनालाई दियौँ सबैले ।

यसरी पितृ तारेर निस्किँदा बिहानको ११ बजिसकेको थियो ।

कृष्णप्रसाद बरालले छोरी पवित्राको काखमा पल्टेर श्राद्ध सक्नुभएको थियो । अर्का बुवा अस्पतालमा । अरुलाई ट्रेन जक्सनतिर पठाएर रमेश दाइ र म अस्पताल गयौँ ।

हामी पुगेको केहीबेरमा स्लाइन सकियो, अलिकति आराम पनि भएछ । डिस्चार्ज माग्यौँ र अटो चढेर हिँड्यौँ ।

हतारमा कराँची जाने रेल चढिएछ ।

वृन्दावनका गुरु, उतै पढे हुर्केका मान्छे जानेबुझेकै हुन्, ती पनि अलमलिए हतारले ।

उनैले थाहा पाए र गुड्दागुड्दैको रेलबाट सबैलाई ओराले । आतेस र तनावपछि हाँसो छायो । सविता खनाल र सुमन दाहालले ल्याएको रोटी, तरकारीको पोको खोलेर जक्सनमै बाँडी खायौँ ।

केहीबेरपछि पटना जाने रेल आयो । रमेश दाई काठमाडौँ जाने जहाज चढ्न वनारस फर्किनुभयो । पण्डित सुमन दाहाल पनि उतै फर्किए । हामी पटनातिर लाग्यौँ ।

लोकल बसमा जस्तो खादिएर पो जानुप¥यो । आफ्नो सिटमा अरु बसेका छन् छोड्न मान्दैनन् । वातानुकुलितमा यस्तो समस्या थिएन । यो स्लिपर भन्ने श्रेणीमा गतिछाडा हुँदोरहेछ । सिट क्षमताभन्दा धेरै पनि कोच्दा रहेछन् ।

यस्तै सोचेर ४ घण्टाका लागि सम्झौता गरियो । पटना जक्सनमा गएर टिकट देखाउँदा पाटलीपुत्र जानु भन्यो । पटनाबाट जोगबनी जाने भनेर टिकट काटेका थियौँ । प्रतिवाद गर्यौँ ।
यहाँबाट जोगबनीको रेल छैन, त्यसैले तपाईहरुलाई पाटली पुत्रबाट जोगबनीको टिकट दिएको हो ।

रेल आयो खुशी छायो, चढियो पनि तर खुट्टा राख्ने ठाउँ छैन । कहाँ राख्ने यत्रो सामान, कता बस्ने मान्छे । भिडभाड देखेर अतालियौँ । डब्बा जोडिएको शौचालय क्षेत्रमासमेत बालबच्चासहितका परिबार सुतेका थिए ।

उसको जवाफपछि आफ्नै हातका ६ ओटा टिकट हेरेँ । सबैमा मधुरो प्रिन्ट थियो सिमांचल एक्स्प्रेस रेलबाट गया–पाटली पुत्र–जोगबनी ।

जक्सनमा सामान राखेर पटना घुमौँला, किनमेल गरौँला भन्ने योजना सफल भएन । अटोकै यात्रा समात्यौँ फेरि ।

पाटली पुत्र ठाउँको नाम कसरी रह्यो ?

एउटी पातलीले छोरो जन्माइ, उसको छोराले यहाँको वस्ती बसाउन जग्गा दियो उसैको नामबाट पाटली पुत्र नाम रह्यो । जक्सन पुगेपछि रमाइलो शुरु भयो ।

सवा एघारको रेल । सबै टिकट कन्फर्म भएको थिएन । कोही खाना खाने होटल खोज्न र कोही टिकट कन्फर्म गर्नतिर लाग्यौँ । अनलाइन लिएको टिकट यस्तै हो कन्फर्म हुँदैन तर यात्रा गर्न पाउनुहुन्छ भन्यो ।

डर पनि लाग्यो कतै ठगिएका त होइनौँ ? दोहोरोमा परिने पो हो कि ? स्टेशनमा नगएर एजेन्सीबाट टिकट काट्नु गल्ति त भएन ?
छलफल गर्दै रेलको प्रतिक्षा गरिरह्यौँ ।

पाँच, दश, पन्ध्र मिनेट थप्दै सुचना जारी गरिरह्यो । साढे बाह्र बजेमात्रै आयो रेल ।

रेल आयो खुशी छायो, चढियो पनि तर खुट्टा राख्ने ठाउँ छैन । कहाँ राख्ने यत्रो सामान, कता बस्ने मान्छे । भिडभाड देखेर अतालियौँ । डब्बा जोडिएको शौचालय क्षेत्रमासमेत बालबच्चासहितका परिबार सुतेका थिए ।

एपबाटै आफ्नो, टिकट, डब्बा, सिट सबै जानकारी दिँदै ल्याएका थिए पण्डित सुमनले अब त हामीसँग त्यो सुविधा पनि थिएन ।

कन्फर्म भएको ६ ओटा सिट र डब्बाको जानकारी जक्सनबाटै लिएको थिएँ । सिट कन्फर्म नभए पनि कतैकतै खाली भेटिएला र बसौँला भन्ने थियो । तर झोला राखेर उभिने ठाउँ समेत छैन ।

टिकट अनुसार बल्लतल्ल एस ६ र ८ नम्बर डब्बाको ४ ओटा सिटमा बिरामी कृष्णप्रसाद बराल, भोलानाथ खतिवडा र उहाँहरुको परिवारलाई राखियो । एउटा डब्बाबाट अर्कोमा पुग्न आधा घण्टा लाग्यो । एस ७ को २ ओटा सिटमा आमा र दुई माइजूहरु, झोला र अरु धेरै जना त्यतै खाँदियौँ ।

एस ४ को दुईओटा सिटमा प्रमेशको जोडी र साना नानीहरु पठाइयो । हाम्रा नामका सबै सिटमा अरुनै बसिसकेका थिए । बसेका मात्र होइन डब्बाको प्यासेज, दुई सिटबीचको प्यासेजमा समेत मान्छे सुतेकाले कसलाई कसरी उठाएर आफ्नो सिटमा बस्नु, निकै कठिन र तनावपूर्ण भयो ।

यतिबेला ज्ञात भयो भारत सरकार र तिनका कर्मचारीको ठगि धन्दा रहेछ यो ।

सुमनसँग खुसुक्क के भन्यो कुन्नि सुमनले हामीलाई वृन्दावन पठाए र आफू त्यतै बसे । ३२ ओटामा २८ ओटा टिकट त दिएछ तर घुस दिनुपरेछ । वनारस जान मथुरादेखी दिनदयाल स्टेशनसम्म ७९६ किलोमिटर, १५ घण्टाको यात्रा ४ ओटा टिकट नहुँदा समस्या हुने होकि भन्ने चिन्ता भइरह्यो ।

मथुराबाट वनारस आउन भुतेश्वर स्टेशनमा टिकट लिन जाँदाको अनुभव संयोग थिएन रहेछ । एकपटकमा ४ ओटा भन्दा बढी टिकट नदिने सुचना टाँसेको थियो ।

आफ्नै घाँटीको रुद्राक्ष खोलेर स्टेशनको सिफ्ट इन्चार्जलाई लगाइदिएर चाकडी गर्दा बल्लतल्ल १६ ओटा टिकट दियो ।

सुमनसँग खुसुक्क के भन्यो कुन्नि सुमनले हामीलाई वृन्दावन पठाए र आफू त्यतै बसे । ३२ ओटामा २८ ओटा टिकट त दिएछ तर घुस दिनुपरेछ । वनारस जान मथुरादेखी दिनदयाल स्टेशनसम्म ७९६ किलोमिटर, १५ घण्टाको यात्रा ४ ओटा टिकट नहुँदा समस्या हुने होकि भन्ने चिन्ता भइरह्यो ।

सुमनले भनेका थिए चिन्ता नगर्नु म मिलाउँछु ।

हतारहतारमा बिहान ५ बजे रेल चढ्यौँ । सिटहरू ठिकठाक थिए । टिटी टिकट चेक गर्दै आयो । हामीसँग ४ ओटा टिकट छैन म पैसा दिन्छु सिट मिलाइदेऊ भनेर मैले अनुरोध गरेँ ।

टिकट बिना यात्रा गर्दा १ हजार जरिवाना र ६ महिना जेल हुनसक्ने कुरा पढेको थिएँ । सजग त हुनैप¥यो ।

एकछिन पर्ख म मिलाउँछु भनेर गयो ऊ ।

पछि आयो र एकान्तमा बोलाएर भन्यो तिमीहरुलाई सिट दिन सकिन पैसा देऊ । एकजनाको १५ सय भाडा तिरेका थियौँ ।

मैले सोधेँ ६ हजार दिनु ?

पर्दैन २ हजार देऊ तर कसैलाई नभन । घुस पो रहेछ । उसले उसैको सरकारलाई ठग्यो । हामीलाई त ४ हजार फाइदै थियो । धेरै झमेला के गर्नु भनेर युवराज दाइलाई साक्षी राखेर २ हजार दिएँ ।

अर्को आएर फेरि ठग्न सक्छ वा अर्को स्टेशनमा सुचना दिनसक्छ । सुमनले डर देखाए ।

नभन्दै अर्को टिटि आएर प्रमेशसँग पैसा मागेको थाहा पाएँ । अघि मैले पैसा दिएको टिटि नजिकैको डब्बामा उभिएर आफ्नो डिभाइसमा काम गरिरहेको थियो ।

मैले उसलाई जानकारी दिएपछि आफूले मिलाइसकेको कुरा सुनायो र कुरा सकियो ।

फेरि अर्को आयो भने के गर्ने भन्ने डर चाहि बाँकी थियो तर केही समस्या आएन ।

त्यतिबेला त ६ ओटा सिट थिएन अहिले २५ ओटा छैन ।

अनलाइन टिकट खुल्ला गर्ने, एउटै सिटका लागि दर्जनौँ मान्छेसँग भाडा लिने एकजनालाई टिकट दिने, अरुको टिकट कन्फर्म नगर्ने, सबैलाई यात्रा गर्न दिने ।

पेसेन्जरले राम्ररी बस्न, सुत्न त के उभिनसमेत नपाउने, सरकार र घुसखोरले कुस्त कमाउने, योजनाबद्ध ठगी रहेछ ।

विराटनगर आउने ५६ जनाको एउटा समुहलाई २८ ओटा मात्र टिकट दिएको रहेछ ।

त्यो समुहका एकजनाले आफ्नो सिट हाम्रा आमादिदीहरुलाई छाडिदिएर आफूले कष्टकर यात्रा गरे । आफ्नो सिटमा सुतेका कसैले निन्द्रामा खुट्टो खुम्च्यायो भने त्यही खाली ठाउँमा टुसुक्क बस्दै यात्रा गरियो ।

सामान बेच्ने र पैसा माग्ने तेस्रो लिङ्गीहरुको दुव्र्यवहारले थप सकसपूर्ण बन्यो यात्रा ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *