नारा कि पारा फेरियो “मिसन ०८४” को

news-details

२०८० साल मंशिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र सांसदहरुको संयुक्त बैठकमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा भन्नुभएको थियो “मिसन ०८४” नारा फेरिनसक्छ ।

सभापति लामिछानेको प्रतिवेदनको संकेत थियो पुराना दलहरुका लागि मिशन अड्चालीस्, एकाउन्न, छप्पन्न, चौसठी, सत्तरी, चौहत्तर, सबै थियो । र अहिले २०७९ देखि २०८३ सम्म उनीहरुकै हातमा छ । किन रास्वपासँगै स्वर मिलाएर “मिसन ०८४” भनिरहेका होलान् ?

सबैले मिसन चौरासी नै पर्खिने होभने अबको ३ वर्ष किन खेर फाल्ने ? फेरौँ नारा, भनौँ मिशन ०८१ र जाऔँ मध्यावधिमा ।

स्याल कराएपछि बाख्रा हरायो । नारा फेरेर मिसन ०८० मा गएका त होइनन् ? सरकारमा गएपछि यस्तो लाग्नसक्छ । तर यो सत्य होइन । मिसन ०८४ यात्राका लागि राजमार्ग निर्माणको डोजर प्रयोग मात्र हो ।

रास्वपाले मिसन ०८४ भन्दै गर्दा केही तर्कहरु पनि आए गर्छौ भने मिसन ०८० भन मिसन ०८४ भनेर किन भाका राख्छौ ?

भन्नेहरुले नबुझेको के थियो भने “मिशन भोलि” को सफलता आजकै जगबाट शुरु हुने हो । र ‘मिशन आज’ पनि हिजोको जगमा उभिएको हुन्छ । जस्तो कि प्रहरीले आफ्नो अनुसन्धान सफलताको सार्वजनिकीकरण गर्दा त्यो अपराध अनुसन्धानको नाम सार्वजनिक गर्छ । र भन्छ हाम्रो यो अनुसन्धानले यति वर्षको समय लियो ।

मिसन ०८४ लाई मध्यावधिबाहेक अरु कुनै सर्त र कर्मले परिवर्तन गर्न सक्दैन । मिसन ०८४ भनेको १८४ को गणित पनि हो । वर्तमान २१ को गणितले १८४ को लक्ष्य भेट्न सक्दैन । बरु बिग्रिएकाहरु सुध्रिए भने “मिसन ०८४” लाई खण्डित गर्न सक्छन् ।

मिसन ०८४ सफलताको आधार

मिसन ०८४ लाई दुई भागमा विभाजन गरेर बुझ्नुपर्छ । पहिलो चुनावी नतिजा, दोस्रो चुनावपछिको कार्य ।

नेपालको राजनितिमा ‘मिसन बहुदल’ र ‘मिशन गणतन्त्र’ मा जुन कटिबद्धता, निरन्तरता, एकता र इमानदारी थियो त्यसको प्राप्तिपछि त्यो सबै नहुँदा न बहुदल पूर्ण फलदायी बन्यो न गणतन्त्र ।

मूलधार भनिने सबैजसो मिडिया रवि र रास्वपाको खेदो खनाइमा छन्, दलहरु मात्र होइन केही स्वतन्त्र व्यक्तिहरू पनि रविका बिरुद्ध वमन गर्न थालेका छन् । बाँकी छ जनताको शक्ति त्यो पनि बिरोधी बनाउन पाए रविको शक्ति र क्रेज घट्नेछ र आफू यथा साइजमा रहेनछौँ भन्नेमा दलहरुको ऐक्यबद्धता छ ।

त्यही आंशिक सफलता वा बिफलताको जगमा मिशन ०८४ को छानो लागेको हो ।

तर “मिसन ०८४” पनि सत्ता परिवर्तनको राजनीतिक अभियान मात्रै हो भने ‘मिशन बहुदल’ र ‘मिशन गणतन्त्र’ लेझैँ देश र जनताको जीवन फेरि निरस बनाउने छ ।

यो शंका छँदै थियो सरकार आरोहणपछि असन्तुष्टि पनि देखिएको छ ।

रास्वपाका सदस्य, विभिन्न तहका नेता र मतदाताको असन्तुष्टी केछ भने पुरानाहरुले रास्वपालाई बिगार्ने रणनीति लिएका कारण सरकारमा जानु हुँदैनथ्यो ।

आपराधिक राजनीति र राजनीतिक आपराधिकरणको दलदलमा फसेकाहरू त्यहाँबाट आफू निस्किन सक्ने अवश्था नभएका कारण अरुलाई बिगारेर भए पनि आफ्नो साइज सुरक्षित गर्छन् ।

मूलधार भनिने सबैजसो मिडिया रवि र रास्वपाको खेदो खनाइमा छन्, दलहरु मात्र होइन केही स्वतन्त्र व्यक्तिहरू पनि रविका बिरुद्ध वमन गर्न थालेका छन् । बाँकी छ जनताको शक्ति त्यो पनि बिरोधी बनाउन पाए रविको शक्ति र क्रेज घट्नेछ र आफू यथा साइजमा रहेनछौँ भन्नेमा दलहरुको ऐक्यबद्धता छ ।

रास्वपा झाँगिनु भनेको हामी ओइलाउनु हो । बोलेजस्तै गरेर देखाए भने जेल पनि जान्छौँ भन्ने थाहा पाउँदा-पाउँदै रविप्रति सकारात्मक भएका होलान् त ? रविका मामा, सानिमाका छोरा त छैनन् यहाँ । काङ्ग्रेस त सतहमै आइसकेको छ, चिन्ता यो छ ।

सरकारमा जाने बित्तिकै बिग्रिनैपर्छ र ? अरुले नै बिगार्ने हुन् र सरकारहरुलाई ?

३३ वर्षे राजनीतिले यो प्रश्नको सकारात्मक जवाफ दिन सकेन । झिल्को बल्दै निभ्दै भइरह्यो । त्यसैले अहिले पनि उस्तैखाले प्रतिक्रिया आउनु स्वाभाविक हो ।

आफूमाथि पुरानाको सम्भावित कुदृष्टिको ज्ञान पक्कै हुनुपर्छ । र सत्ताको भाले जुधाइमा आफू कसरी जोगिएर खेल जित्ने भन्ने सजगता होला नै ।

पहिलो सफलताको आधार रास्वपाले निकट भविष्यमा ल्याउने राजनीतिक लिखतप्रतिको विश्वास र भरोशा हो । यसभित्र राजनीतिक संस्कार निर्माण, राजनीतिमाथिको आपराधिकरण र अपराधमाथिको राजनीतिकरण अन्त्य हुने आधार के हुन्छ ।

द्वन्द्वकालका घाइते, अपाङ्ग, शहीद परिवार, पीडित, बेपत्ता र तिनका परिवारलाई उनकै आफ्ना भन्ने दलले न्याय गरेनन्, गर्न पनि खोजेनन् । तिनको सम्मान र न्यायका लागि केछ योजना रु सम्बन्धित पक्षले यसको भरपर्दो जवाफ चाहेको छ ।

राजनीति फोहोरी खेल हुँदैहोइन राष्ट्र निर्माणको पवित्र अभियान हो । यही पुस्ता र यही समय नै देशको वर्तमान र भविष्य दुबै हो भन्ने विश्वासिलो आधार युवा र विद्यार्थीले खोजेको छ ।

शिक्षा, खेलकुदका तमाम बेथितिमाथि प्रहार गर्न सकिन्छ ? बैदेसिक रोजगारीमा आफ्नै र अरुबाट ठगिएका, हेपिएका र लुटिएका नेपालीहरुको शिर उठाउन सकिन्छ ? देश भित्रै सेवा, सुरक्षा र न्यायमाथि अत्याचार भएको छ । इमानदारहरु आशाका आँसु चुहाएर पर्खी बसेका छन् । बेइमानहरु छाति ठोकेर इमान र नैतिकतामाथि प्रहार गरिरहेको छ । सकिन्छ यहाँ इमानको दियो बाल्न ?

समाजका हरेक जागरुक र सचेत नागरिकलाई नेतृत्व निर्माणमा स्थापित गरी भ्रष्टाचार निवारण र देश निर्माणको अभियानमा भागिदार बनाउने नीति के छ ?
बिगतबाट सिक्ने र अपनाउने नयाँ सोच, शैली र व्यवहार के हो ? इमानदार कर्मचारी, शिक्षक, सेना, प्रहरी, प्राध्यापक, शिक्षासेवी, व्यावसायीहरुको छाति चौडा बनाउने योजना र कार्यान्वयनको आधार के हो ?

यी सब चुनौतिको चाङमा अवसरको गुलाब फुलाउन सक्छन् रास्वपाका ४ जना मन्त्रीले ? नतिजामा डिस्टिङ्सन अङ्क आउँछ ?

‘मिसन ०८४’ जप्नेहरुका लागि मात्रै हुने हो कि मिसन ०८४ को उपलब्धि पनि ? एकातिर पटकपटक धोका खाएका नागरिक यस्तै शंका साँचेर बसेका छन् अर्कोतिर “मिसन ०८४” बाट अतालिएका शक्ति र व्यक्ति योजनाबद्ध भ्रम सिर्जना गरिरहेका छन् ।

इमानदारी, नैतिकता र अनुशासनबिहिन मान्छे पनि “जान्ने” हुनसक्छ । हामीले परिकल्पना गरेको “जान्ने” कस्तो हो ? दस्तावेज र त्यसको अनुसरणमा स्पष्ट देखिन्छ कि देखिँदैन ? स्थानीय स्तरमा जस्ता लिडर जन्मिन्छन् त्यस्तै जनप्रतिनिधि बन्छन् । पुरानै शैलीको निरन्तरता हुन्छ कि नयाँपनको वास आउँछ ? मिसन ०८४ चुनावको चन्द्रमा यसैमा निहित हुनेछ ।

जति दिन जति महिना सरकारमा रहे पनि आफ्नाको शंका र अरुको भ्रम चिर्न सक्नुपर्छ । एक व्यक्तिको राजनीतिक सपना वा महत्वकांक्षा पुरा गर्नका लागि होइन देशभित्रै आफूलाई समृद्ध देख्ने नेपाली सपना अटाउन हो । गरिब नेपालीहरुका लागि पनि बाँच्न र मर्न यही देशमा सजिलो आँगन तयार गर्न हो भन्ने विश्वासको बिज नरोपे यहिँभाट शुरु हुन्छ “मिसन ०८४” असफलताको यात्रा ।

नेपालको इतिहास सच्याउनपर्ने भए सच्याउन, नभए सम्मान गर्न सकिन्छ ? देशको सार्वभौमिकता, अखण्डता र राजनीतिक स्वतन्त्रताका लागि लडेका, विभिन्न समयमा सहादत प्राप्त गर्नेहरुको श्रद्धा र तिनका परिवारप्रति सम्मानको मैन सल्काउन सकिन्छ ?

यसको निर्धारण रास्वपाबाट खटिएका २१ वा ४ खेतालाले मात्र होइन अधिवेशनमा नेतृत्व छनौटको पवित्रताले पनि गर्नेछ । आम सदस्यहरुको नैतिकता, चरित्र, आर्थिक आनुशासन वा जान्नेलाई छान्ने भित्रको अन्तर्यले मिसन ०८४ को स्पष्ट ऐना देखाउनेछ ।

इमानदारी, नैतिकता र अनुशासनबिहिन मान्छे पनि “जान्ने” हुनसक्छ । हामीले परिकल्पना गरेको “जान्ने” कस्तो हो ? दस्तावेज र त्यसको अनुसरणमा स्पष्ट देखिन्छ कि देखिँदैन ? स्थानीय स्तरमा जस्ता लिडर जन्मिन्छन् त्यस्तै जनप्रतिनिधि बन्छन् । पुरानै शैलीको निरन्तरता हुन्छ कि नयाँपनको वास आउँछ ?
मिसन ०८४ चुनावको चन्द्रमा यसैमा निहित हुनेछ ।

बिकृत राजनीति, भ्रष्टाचारले जन्माएको गरिबी र अविकास मात्र नेपालको समस्या होइन । विविधतायुक्त नेपाली सभ्यता, संस्कार, संस्कृति, मौलिकता, अध्यात्म, दर्शन सबै लुप्त भइसके । धार्मिक सहिष्णु, भाइचारा र एकता खण्डित छ । आधुनिकताले नेपाली मौलिकतामा ग्रहण लगाएको छ ।

ध्यान योगबाट आत्मिक र आर्थिक समृद्धि हासिल गर्न सक्ने गुरू देशको महिमा कुनै तहको पाठ्यक्रममा पढ्न समेत पाइँदैन । यी सबैकुरा बोल्न सक्ने दस्तावेज र कार्य योजना लेखिन्छ कि लेखिँदैन ? सदन, सरकार र दैनिक व्यवहारमा आफ्नोपनको आभास दिने स्वभिमानी पोसाक, खानपान र आचरण देखिन्छ कि देखिँदैन ?

अहिले रास्वपालाई हेर्ने दुईखाले आँखाहरु छन् । पहिलो, मिसन ०८४ पछि सम्पादन गर्ने कामको विश्वास आजै खोज्नेहरू । दोस्रो, पुरानाबाट हुँदै हुँदैन गरे भने यिनैले गर्छन् भनेर भरोशा गर्नेहरू ।

वडादेखि केन्द्रसम्म मिसन ०८४ अभियन्ता आफूबाट मिसन ०८४ र देशलाई धोका हुँदैन भन्नेमा आफैँ कति विश्वस्त छन् र कति भरोशा दिन सक्छन् अरुलाई ?
सबैलाई असल मान्छे मनपर्ने तर आफू असल हुनुनपर्ने रोग सर्वत्र देखिन्छ । तलदेखि माथिसम्म कतिपय अभियन्ताको आफ्नै राजनीतिक, सामाजिक बिगत र बेलाबेलाका अभिव्यक्ति बाधक बनिरहेको देखिन्छ ।

देशको एउटा अस्थिर जमात अझै पनि द्विविधमा देखिन्छ मिसन ०८४ मा समाहित हुने कि नहुनेमा । ऐना पुछ्ने कि अनुहार ? आफू प्रष्ट नभइ उनीहरुलाई भरोशा दिन सकिँदैन ।

दोस्रो कुरा गरौँ, चुनाव पछिको सफलताको आधार ।

अहिले रास्वपालाई हेर्ने दुईखाले आँखाहरु छन् । पहिलो, मिसन ०८४ पछि सम्पादन गर्ने कामको विश्वास आजै खोज्नेहरू । दोस्रो, पुरानाबाट हुँदै हुँदैन गरे भने यिनैले गर्छन् भनेर भरोशा गर्नेहरू ।

पहिलो आँखालाई देखाउने विश्वासको आधार के हो ? यो प्रश्नको डिस्टिङ्सन जवाफ आम अपेक्षा अनुसार भ्रष्टाचार बिरुद्धको जेहाद छेड्ने कठोर अभियान अहिल्यै देखियोस् । गरिबी, राजनीतिक वा आर्थिक परनिर्भरता, शिक्षा र शैक्षिक क्षेत्र एवं प्रसाशनिक र सार्वजनिक क्षेत्रका बिकृतिबाट जनतालाईलाई उद्धारको थालनी आजै देखियोस् । अपेक्षा यत्ति छ ।

यसबाटै साबित हुनेछ आजको सत्तारोहण मिसन ०८४ को राजमार्ग हो भड्खालो होइन भन्ने । यसैबाट रास्वपाको दम झल्किनेछ । जनताले आजै रास्वपा चिन्ने अवसर पाउनेछन् र निर्णय लिनेछन् । भोलि धोका खानु पर्दैन ।

मिशन ०८४ सफलताका आधार उसका सारथीमा पनि भर पर्छ ।

संसद र संसदीय समितिमा रास्वपाका सांसदहरुको तिखो आवाज मुखरित हुन थालेपछि आलोचकहरुले सामाजिक संजालमा कुतर्क छिरले । कार्यकारी पदका मेयरहरूसँग तुलना गरेर आम मान्छेमा भ्रम फैलाए यिनीहरु बोल्नेमात्रै हुन काम गर्ने होइनन् भने ।

लौ त काम देखाउँछौँ भनेर रास्वपा सरकारमा गयो । अरु र यिनमा केही फरक देखिएन, उही ड्याङका मुला रहेछन् भन्न थालेका छन् अहिले ।

नेपालको ३३ वर्षे इतिहास हेर्दा सरकारमा जानेहरू प्राय देशका लागि कम आफू र आफ्नाका लागि बढी भए । सत्ता छोड्दा वा सत्ता नपाउँदा सांसद र कार्यकर्ताको वेदना संसद र सडकभरि पोखिनु संस्कार मानिँदैआयो । अहिले पनि त्यहि संस्कारले निरन्तरता पाएको छ । त्यसैले नकारात्मक प्रतिक्रिया आएको हुनुपर्छ ।

साना र ठूला सबै पुराना दलले उत्पन्न गरेको यो राजनीतिक बितृष्णामा रहेका युवाहरू नयाँ दलको आगमनपछि राजनीतिमा आकर्षण र आबद्धता बढेको देखिन्छ । संगठन निर्माणमा रास्वपाले ५१ प्रतिसत युवाहरूको अनिवार्य सहभागिता गराएपछि अन्य दलका युवाहरुसमेत अपेक्षित देखिएका छन् । अहिले पार्टीलाई भन्दा मतदातालाई मिसन ०८४ को हतारो देखिन्छ । विदेशमा रहेका नेपालीहरूको ऐक्यबद्धता र सहभागिता उत्तिकै बढ्दो छ ।

पार्टी सरकारमा गएकै कारण रास्वपाका धेरै नेता, सदस्य र मतदाता बेखुश भए । तिनलाई सम्झाउन विभिन्न बैठक र प्रशिक्षण नै गर्नुपरेको छ । कार्यकर्ताले आफूजस्तै नेता निर्माण गर्ने हुन् भने यहाँ उही ड्याङभन्दा फरक देखिएन र ?

यही फरक पनका सारथीले मिसन ०८४ को गन्तव्यलाई साबधानीपूर्वक अवतरण गराउनेछन् ।

मेरो एकजना भतिज अस्ट्रेलिया जाँदैगर्दा एउटा प्रश्न छोडेर गएका थिए । आफूसँगै पढेका साथीहरु प्रहरी र सेनामा गए पेन्सन पकाए फर्किए । म जुन तहमा राजनीति गर्थेँ त्यहिँ सिमित छु । मैले देशका लागि काम गर्ने अवसर किन पाइनँ ?

साना र ठूला सबै पुराना दलले उत्पन्न गरेको यो राजनीतिक बितृष्णामा रहेका युवाहरू नयाँ दलको आगमनपछि राजनीतिमा आकर्षण र आबद्धता बढेको देखिन्छ । संगठन निर्माणमा रास्वपाले ५१ प्रतिसत युवाहरूको अनिवार्य सहभागिता गराएपछि अन्य दलका युवाहरुसमेत अपेक्षित देखिएका छन् । अहिले पार्टीलाई भन्दा मतदातालाई मिसन ०८४ को हतारो देखिन्छ । विदेशमा रहेका नेपालीहरूको ऐक्यबद्धता र सहभागिता उत्तिकै बढ्दो छ ।

युवाको यो आकर्षणले सकारात्मक राजनीतिक शक्ति प्राप्त हुनसक्छ । सकारात्मक राजनीतिक शक्तिले मात्र राजनीतिक, प्रशासनिक, र व्यावसायिक तस्करहरुलाई निर्मम प्रहार गर्न सकिन्छ । तत् तत् प्रहारबिना सुशासन सम्भव छैन भन्ने बिचारमा समानता हुनेहरू विश्वासको जग र खबरदारीको पर्खाल बनिदिए रास्वपालाले मिसन ०८४ को सुरक्षित उडान भर्न सक्छ ।

निश्कर्ष,

फागुन २३ पछिका हरेक दिन रास्वपाको सबैभन्दा चुनौतिपूर्ण दिन हुँदैछन् । र आफूलाई प्रमाणित गर्ने ऐतिहासिक अवसर पनि हुनेछ । चुनौति र अवसरको लडाइँमा रास्वपाको सारथी र योद्धा अर्थात कृष्ण र अर्जुन रास्वपा आफैँबाहेक अरु कोही हुन सक्दैन । मिसन ०८४ यात्रालाई कसैले बिगार्न वा बनाउन सक्छ भने त्यो रास्वपा आफैँ मात्रै हो । चेतना भया ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *