काठमाडौंको गोठाटारमा खुल्यो अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने युरो किड्स, स्थापनाको अवसरमा ५० जना विद्यार्थीहरुको लागि विशेष छात्रवृत्तिको व्यवस्था

news-details

विश्वभर करिब १४ सय भन्दा बढी शाखा रहेको प्रि-स्कुल युरो किड्सको नयाँ शाखा काठमाडौं गोठाटारमा संचालनमा आएको छ ।

विगत दुई दशका अघिदेखि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको युरो किड्सको नेपालमा ३१ वटा शाखा मध्ये भर्खरै गोठाटारमा खुलेको सबैभन्दा कान्छो शाखा हो ।

बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको युरो किड्स गुणस्तरिय शिक्षाकै कारण अहिले विश्वप्रख्यात छ । नेपालमा पनि हरेक अभिभावकहरुले आफ्ना बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्दै आफ्ना बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि युरो किड्सलाई नै रोज्ने गरेका छन् ।

गुणस्तरिय शिक्षा, सुविधा सम्पन्न कक्षाकोठा, यातायात सुविधा, स्वास्थ्यवर्दक खाना, तालिमप्राप्त शिक्षक शिक्षिकाहरु, प्रशस्त वातावरणिय खेल मैदान रहेको युरो किड्स गोठाटारका विशेषता रहेका छन् ।

शिक्षा क्षेत्रमा अनुभवी नवराज काफ्लेको अध्यक्षतामा संचालनमा आएको युरो किड्स गोठाटारमा प्ले ग्रुपदेखि १ कक्षासम्म पढाई हुने जनाइएको छ । काठमाडौंमा १, ललितपुरमा १ र भक्तपुरमा २ वटा गरी ४ वटा युरो किड्सका शाखा संचालन गरिरहेको अनुभव बटुलेका काफ्लेको नेतृत्वमा युरो किड्स गोठाटार संचालनमा आउँदा स्थानीयबासीले खुशी व्यक्त गरेका छन् ।

युरो किड्स गोठाटारको प्रबन्ध निर्देशकको रुपमा अढाई दशकदेखि रेडियो नेपाल र नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम निर्माण गर्दै आएका संचारकर्मी हेमन्त गौतम, प्रधानाध्यापकमा सम्झना गिरी र निर्देशकमा ममता पोखरेल रहेका छन् । उनीहरुको शिक्षा क्षेत्रमा लामो अनुभव रहेको छ ।

गोठाटार क्षेत्रमा युरो किड्स खोल्नका लागि स्थानीयको लामो अनुरोधपछि संचालनमा ल्याउन सफल भएको अध्यक्ष काफ्ले वताउँछन् । उनी भन्छन्–‘युरो किड्स गोठाटारलाई शिक्षाकै हव बनाउन अव हामी जुट्ने छौ ।’

बालबालिकाहरुका लागि व्यवहारिक र गुणस्तरिय शिक्षामा कुनै पनि किसिमको सम्झौता नगर्ने प्रधानाध्यापक सम्झना गिरीको भनाई छ ।

त्यस्तै नेपाल लगायत विभिन्न देशका शिक्षण संस्थाहरुसँग हातेमालो गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सांस्कृतिक वातावरण आदानप्रदानमा जोड दिने प्रबन्ध निर्देशक हेमन्त गौतमको भनाई छ ।

बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र शारिरीक विकासको लागि प्रशस्त खेलमैदान सहीतको शैक्षिक गन्तव्यको रुपमा युरो किड्स गोठाटारलाई बनाइने प्रवन्ध निर्देशक गौतमले जानकारी दिए ।

युरो किड्स गोठाटारमा स्थापना दिवसको अवसरमा ५० जना विद्यार्थीहरुको लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था रहेको संचालकहरुको भनाई छ ।

बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाका साथसाथै सिपमूलक तालिमहरु पनि प्रदान गरिने युरो किड्स गोठाटारकी शैक्षिक संयोजक रश्मी सुवाल बताउँछिन् ।

हाल प्ले ग्रुपदेखि कक्षा १ सम्म रहेको गोठाटारमा आगामी वर्षहरुमा कक्षा थप गर्दै लैजाने अध्यक्ष काफ्लेले जानकारी दिए ।

उनले भने –‘यूरो किड्समा आउनुको सबैभन्दा महत्त्वपूर्ण फाइदाहरू मध्ये एक सामाजिक अन्तरक्रिया र आत्मनिर्भर हुन सिक्नु हो । यहाँ आइसकेपछि बालबालिकाहरू शारीरिक र भावनात्मक रूपमा सुरक्षित हुन्छन् । अन्य बच्चाहरूसँग अन्तरक्रिया गर्न पाउँछन्, सामाजिक सीप सिक्छन्, जसका कारणले बच्चाको विकासशील व्यक्तित्वको लागि महत्वपूर्ण भुमिका खेल्ने गर्दछन् ।’

बालबालिकाहरुलाई सानैबाट राम्रो शिक्षादीक्षा र राम्रो संस्कार दिलाउन सकेका मात्र उनीहरुको भविष्य उज्वल हुने गर्दछ, जसका लागि युरो किड्स गोठाटार उपयुक्त बन्न सक्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *