कतारबाट पठाएको सुन अर्कैले लगेपछि एयरपोर्टबाटै अपहरणमा परेका थिए यादव

news-details

वैदेशिक रोजगारीबाट घर फर्किँदा अर्काले पठाएको सुन बोकेका एक युवक कल्पनै नगरेको समस्यामा परेका छन् । प्रहरीले खोजी गरेर उनको उद्धार गरेपछि घटना बाहिर आएको हो ।

कतारबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका सप्तरीको राजविराज–१३ का सितेन्द्र यादव अपहरणको घटनामा परेका हुन् । घर फर्कन लाग्दा उनलाई कतारमा बस्ने मनसुर अलीले २५ ग्राम सुन दिई काठमाडौं अवतरणपछि आफ्नो भतिज अजिम अलीलाई दिनु भनेका थिए । प्रहरीका अनुसार आफूलाई दिएको नम्बरमा काठमाडौं अवतरण लगत्तै सितेन्द्रले फोन गरे । फोन रिसिभ गर्ने व्यक्ति आए र सुन लिएर गए । तर, त्यो सुन लिन नजिम पुगेका थिएनन् ।

अजिमले सितेन्द्रलाई नियन्त्रणमा लिए र सिनामंगलस्थित आफू बस्ने डेरामा जबर्जस्ती ल्याए । बन्धक बनाए, कुटपिट गरे । उक्त सुनबापतको ४ लाख ८० हजार माग गरे । सितेन्द्रका साथमा भएको राहदानी र नगद १७ हजार ७ सय ४० रुपैयाँ खोसे ।

अजिमले सितेन्द्रकी श्रीमतीलाई फोन गरेर ४ लाख ८० हजार दिए मात्र छाड्ने धम्की दिए । यादव परिवार आत्तियो । उनीहरुले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी सक्रिय भयो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान सितेन्द्रलाई सिनामंगलबाट उद्धार गर्नुका साथै दुई जनालाई पक्राउ ग¥यो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *