मोरङ । मोरङको उर्लाबारी नगरपालिका–९ का ५५ वर्षीय यामबहादुर कार्की क्यान्सर रोगसँग लडिरहेका छन्। विराट मेडिकल कलेजमा लामो समयदेखि उपचाररत कार्कीको आर्थिक अवस्था कमजोर भएपछि उपचार खर्च जुटाउन परिवारले सहयोगको अपिल गरेको छ।
उपचारमा ठूलो रकम खर्च भइरहेको र आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भइरहेको परिवारले जनाएको छ। यस्तो अवस्थामा कार्कीको उपचारमा सहयोग पुर्याइदिन परिवारले आफन्त, साथीभाइ, इष्टमित्र तथा सहयोगी मनहरूलाई आग्रह गरेको छ।
परिवारका अनुसार सहयोगीहरूको सानो आर्थिक सहयोगले पनि कार्कीको उपचारलाई निरन्तरता दिन महत्वपूर्ण मद्दत पुग्न सक्छ। त्यसैले आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ।
क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेका कार्कीको उपचारमा सहयोग गरेर मानवीय सेवामा हातेमालो गरिदिन परिवारले सबै सहयोगी मनहरूसँग हार्दिक अपिल गरेको छ।
सहयोग गर्न चाहनेका लागि बैंक विवरण
बिरामीको नाम: यामबहादुर कार्की
ठेगाना: उर्लाबारी–९, मोरङ
बैंक: राष्ट्रिय वाणिज्य बैंक
खाता नम्बर: २६००१०००२०८१००१०
सम्पर्क नम्बर: ९८१०५५४१२९








