मंशिर ४ मा १६ सिट गुमाएको रास्वपाको इलाम चुनौति

news-details

स्थानीय निर्वाचन २०७९ मा काठमाडौँ महानगरको मेयरमा रमेश खरेल र बालेन साहले चुनाव लड्ने घोषणा गरेपछि यी दुई एकापसमा प्रतिष्पर्धी हुनुहँदैन भन्ने आम चाहना बन्यो ।

-याप संगीतका माध्यमले बालेन नयाँ पुस्तामा परिचित थिए । खरेल दुईपटक काठमाडौँ प्रहरी प्रमुख भएर खरोरुपमा जनताको सेवा गरेकाले अलि धेरैमा परिचित र सम्भावित थिए ।

जसरी पनि नयाँ मान्छेले चुनाव जित्नुपर्छ भन्ने सर्वत्र चाहना भएकाले जित्ने सम्भावना रहन्छ । बालेन साहलाई पनि आफ्नो टिममा लिनुहोला दुईचार जना गतिलो वडाध्यक्ष्यहरु चाहिन्छ भनेर मैले रमेश खरेललाई सल्लाह दिएको थिएँ ।

बालेन मान्दैनन् तीन पटक घरैमा आइसके भने उनले ।

त्यसो भए पछि हटिदिनु । केही नसोची बोलिदिएँ मैले ।

२०७४ मै किशोर थापा र रन्जु दर्शनामाथि मत खन्याएर काठमाडौँले नयाँ मेयर देख्न चाहेको थियो । दुईमध्ये एकमात्र उम्मेद्वार भएको भए उसैबेला पुराना दलले चित खाने थिए ।

विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर जितेको अवश्थामा रन्जु दर्शनाको २३ हजार ४ सय ३९ र किशोरको १८ हजार ४ सय ९३ ले जित निस्किने थिएन । तर आफूले भोट दिन चाहेका दुईजनामा मत बाँडिन्छ र जित निस्किँदैन भन्ने मतदाता मनोविज्ञानका कारण पुरानैलाई बाध्यात्मक भोट दिएका थिए ।

अहिले त्यस्तो नहोस् भन्ने काठमाडौँ बासीको चाहनासँग मेरो चाहना मिलेकाले मैले रमेश खरेललाई पछि हट्न सुझाव दिएको थिएँ ।

मंशिर ४ को चुनावमा नयाँ शक्ति र स्वतन्त्र व्यक्तिहरू एकठाउँ उभ्याउन थुप्रै प्रयासहरू भए । उक्त प्रयासमा हौसिनेमध्येको एक म आफैँ पनि थिएँ । वार्ता टिम बनाएर अरु धेरै साथीहरूसहित काम गरेका थियौँ ।

कहिले मेयर बन्नुस् भन्ने कहिले छोड्नुस् भन्ने रु दुईचार सय तन्नेरी बाहेक बालेनमा केछ र छाड्ने उसलाई रु यसरी साथीहरू मसँग रिसाए ।

अन्तत खरेल पछि हटे चुनावी नतिजा अपेक्षित आयो ।

त्यही सफलताबाट हौसिएर मंशिर ४ को चुनावमा नयाँ शक्ति र स्वतन्त्र व्यक्तिहरू एकठाउँ उभ्याउन थुप्रै प्रयासहरू भए । उक्त प्रयासमा हौसिनेमध्येको एक म आफैँ पनि थिएँ । वार्ता टिम बनाएर अरु धेरै साथीहरूसहित काम गरेका थियौँ ।

नयाँ शक्ति र स्वतन्त्र व्यक्तिहरुबिच काठमाडौँ र ललितपुरमा पटकपटक छलफल भयो । बालेन, हर्कलाई सघाएका साथीहरू, गनेश पौडेल, स्वागत नेपाल, रमेश खरेल, साझा विवेकशिलको रविन्द्र मिश्र इतरको टिम, पुञ्य प्रसाई, डम्बर साहू लगायत धैरै टिमहरू र रास्वपासँग समेत छलफल गरिए ।

संविधानको धारा ७६ को १ अनुसार कुनै पार्टीको संसदीय दलको नेता वा ७६ को २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रतिनिधिसभाको सदस्यले सरकारको नेतृत्व गर्न सक्छ ।

तर अरुसँग मिलेर सरकारमा जाने बाहेक स्वतन्त्र सांसदले आफैँ सरकार बनाउने सम्भावना देखिँदैन । त्यसकारण संसदमा व्यक्तिभन्दा राजनीतिक शक्ति बाध्यकारी र फलदायी हुने भएकाले राजनीतिक शक्तिकैरुपमा मिलेर चुनावमा होमिनुपर्ने निश्कर्ष थियो ।

निर्वाचन आयोगले एकल वा साझा चुनाव चिन्हसहित पार्टी दर्ता गर्न साउन ३२ को डेडलाइन दिएको थियो । एकातिर रमेश खरेलको नेतृत्वमा टिम बन्दैथियो अर्कोतिर रविजीहरु रमेश खरेललाई साथ लिएर हिँड्न इच्छुक देखिनु भएको थियो ।

भरसक रवि सहित, नभए उहाँबाहेक पनि साझा चुनाव चिन्ह घोषणा गर्न राष्ट्रिय सभागृहमा साउन २८ का लागि कार्यक्रम गर्ने तय भएको थियो ।

बिडम्बना के भयो भने अगिल्लै दिन स्वागत नेपाल र हाम्रो नेपाली पार्टीका केही व्यक्ति मिलेर रिपोर्टस् क्लबबाट लौरो चुनाव चिन्ह घोषणा गरे ।

र, हेर्नुस् है साथी हो हामीलेझैँ उनीहरुले पनि लौरो चुनाव चिन्ह घोषणा गर्नेछन् भनेर स्वागत नेपालले बोलिदिए । उनको अभिव्यक्तिले अरुलाई एकठाउँ मिसिन दिएन ।

सबैको उपस्थितिमा चुनावचिन्ह घोषणा होला भन्ने ठानेका थियौ । साथीहरुले धोका दिए भन्दै हर्क साम्पाङका चुनावी सल्लाहरकार डा. सुदिप श्रेष्ठसहित लौरो चुनाव चिन्हधारीहरु रिपोटर्स क्लबबाटै रमेश खरेलकहाँ पुगे ।

राति १० बजेसम्म तात्तातो छलफल भयो । स्वागत नेपाल सहभागि नभइ उनले बिगारेको कुरा सच्चिन सक्दैन । मैले यो अडान लिएपछि डम्बर साहूले उनलाई फोन गरे ।

बाटोमा छु, ओछ्यानमा छु भनेर छलफलमा आउन टारिरहे । पटकपटक फोन गरेपछि तपाईहरुले गरेको निर्णय मान्न तयार छु भनेपछि लौरो चुनाव चिन्हमा सहमति भयो । त्यसपछि रवि लामिछाने वा रमेश खरेल जसले कन्भिन्स गर्न सक्छ उसैको चुनाव चिन्ह लौरो वा घण्टी लिने नभए सहकार्य गर्ने मत मिलेर उठियो ।

ओछ्यानमा छु भनेर छलफलमा नआएका स्वागत नेपाल र हाम्रो नेपाली पार्टीका केही मान्छेले रातको ११ बजे पुतलीसडकबाट अर्कै स्वादको खिचडी पकाएको सुचना आयो । र रमेश खरेलको नेतृत्वमा आमा चुनाव चिन्ह घोषणा भयो ।

यसरी साउन २८ सम्म आइपुग्दा नयाँ शक्ति भन्नेहरु लौरो, आमा र घण्टी तीनपथ भए ।

एकातिर जसरी पनि चुनाव जित्न गठबन्धन गर्ने ठूला दल, अर्कोतिर स्वतन्त्र व्यक्ति र बैकल्पिक शक्ति भन्नेहरूले पुरानाकै जितलाई सहयोग मिल्ने गरी भूमिका खेलिदिँदा स्वतन्त्र भन्नेहरू पनि कर्कलोको पानी बनेर झरे ।

रमेश खरेलसहित धेरैले विश्वास गरेर टिम लिडर स्वीकार गरेका स्वागत नेपालले शुरुमा बृहद टिम बन्नबाट रोके, त्यसपछि आफूसँग सम्झौता गरेको लौरोलाई छाडे, अनि आफ्नै नेतृत्वको उन्नत लोकतन्त्र पार्टी र कार्यकर्ताको भावनालाई कनकाईमा सेलाएर झापा २ बाट स्वतन्त्र उम्मेद्वारी दिए ।

यसरी बैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानलाई प्रत्यक्ष खण्डित गर्ने स्वागत नेपाल थिए भने आफूलाई विश्वास र सम्मान गर्ने रवि लामिछानेसँग सहकार्य गर्न रमेश खरेल चुकेका थिए ।

नेता बन्न होइन बनाउन निस्केको हुँ, देशभरि २७ हजार युवाको सन्जाल बनाइसकेँ । उनीहरुलाई नै चुनाव लड्न प्रेरित गर्छू भनेर २०७९ असार १५ गते ललितपुरको सानेपा हाइटबाट घोषणा गरेका डम्बर साहू आफैँ काठमाडौँ १ बाट चुनाब लडे र १५० भोटमा खुम्चिए ।

आशलाग्दा व्यक्तिहरुले आफ्नो अहम् छाडेर थोरै त्याग गरेका भए अहिले रास्वापा (बैकल्पिक शक्ति) संसदमा ३७ सिटसहित तेस्रो ठूलो दल बन्ने सम्भावना मत परिणामले देखाउँछ ।

एकातिर जसरी पनि चुनाव जित्न गठबन्धन गर्ने ठूला दल, अर्कोतिर स्वतन्त्र व्यक्ति र बैकल्पिक शक्ति भन्नेहरूले पुरानाकै जितलाई सहयोग मिल्ने गरी भूमिका खेलिदिँदा स्वतन्त्र भन्नेहरू पनि कर्कलोको पानी बनेर झरे ।

लौरो चुनाव चिन्ह हुँदैमा बालेन साह भइन्छ भन्ने भ्रमले गतिलो सम्भावनालाई खण्डित गरिदियो ।

सुनसरी १ बाट ठूला दलको गठबन्धन, दर्जनौँ स्वतन्त्र र साना दलहरूका बिचबाट रास्वपाका लालबिक्रम थापाले १९ हजारभन्दा बढी मत पाए । सुनसरी २ मा गोमा तामाङ (सरिन) अशोक राईसँग ४५३ मतले पछि परिन् । जहाँ अरु आधा दर्जन स्वतन्त्रको जोड्दा झण्डै २० हजार मत थियो ।

काठमाडौँ १ पुकार बमलाई छाडेर अन्यत्रबाट लडेका भए रमेश खरेल र पुकार बम दुवै सुरक्षित हुनेथिए । क्षेत्र नं.९ बाट रास्वपाका टेक बहादुर पोखरेल ९९५ मतले पछि परेभने साझा नेपाली पार्टीका मिलन पाण्डे सहितका साना दल र स्वतन्त्रका एक दर्जन जति उम्मेद्वारको मत ५ हजारभन्दा माथि थियो ।

ललितपुर २ बाट रास्वपाका बुद्धरत्न महर्जन र हाम्रो नेपाली पार्टीको मत जोड्दा विजयी उम्मेद्वारको भन्दा २५ सय बढी हुन्छ ।

पुरानाको गठबन्धन र स्वतन्त्र वा नयाँ साना दलका यही झूक्याइका कारण रास्वपापाको १६ सिट घटेको थियो । आफूलाई बैकल्पिक शक्ति वा स्वतन्त्र व्यक्ति भन्नेहरुकै कारण मतदाता आफूले जिताउन चाहेको सम्भावित र बैकल्पिकलाई उम्मेद्वारलाई जिताउन सकेनन्, हराउन चाहेकाले जिते ।

पुरानाको गठबन्धन र नयाँको बालहठ नभएको भए झापा ४ बाट शम्भु ढकाल सुस्केरा, चितवन ३ बाट जिता बराल, गोरखा २ बाट कविन्द्र बुर्लाकोटी, कास्की १ बाट राजु राई, नवलपरासी पूर्व १ बाट राजन गौतम, नुवाकोट २ बाट सुमन बिक्रम पाण्डे, काठमाडौँ १० बाट प्रदिप बिष्ट, रुपन्देही १ बाट नरेश बहादुर पछाई क्षत्री, २ बाट गणेश पौडेल, दाङ १, २ र ३ बाटै क्रमशः देवराज पाठक, विशाल अधिकारी र कमल गौतमसमेत संसद छिर्नसक्थे ।

यसर्थ इलाम उपनिर्वाचनमा रास्वपालाई २०७९ मंशिर ४ कै चुनौतिले नअठ्याउला भन्न सकिन्न ।

सुवास नेम्बाङको शेषपछि भए पनि पालो आउला भनेर बसेका इलामेली एमालेको छातिमाथि वंशवादको ढुङ्गोले थिचिएको छ । सुहाङ नेम्बाङ भोट माग्न भन्दा प्रश्न झेल्नमा व्यस्त छन् । १ सय १४ मतले पछिपरेको काङ्ग्रेस धोखाधडीको प्रतिष्पर्धामा लागिसकेको छ । तथापी दुबैले जितको दावी पेश गरिरिहेकाछन् ।

यस्तै मिलन योङहाङ लिम्बू मार्फत इलामको हरियालिमा निलो क्रान्ति रोप्ने दाउमा छ राष्ट्रिय स्वतन्त्र पार्टी ।

२०७९ मंशिर ४ को निर्वाचनमा मतदाताले रास्वपालाई स्वतन्त्र उम्मेद्वारकै रुपमा बुझेका थिए । स्वतन्त्र हुनु, नयाँ हुनु र युवा हुनुलाई एकै आँखाले हेरेका थिए । अहिलेको इलाम २ को बुझाइ त्योभन्दा फरक नहोला ।

स्वतन्त्र धेरै भयौ मिलेर आउ नभए पुरानै दललाई भोट दिन बाध्य हुनेछौँ । लगभग रास्वपाका सबै उम्मेद्वारलाई मतदाताले यसो भनेका थिए ।

तसर्थ विभिन्न नामका साना दल र स्वतन्त्रहरुसँग मतदाता झुक्किन सक्छन् ।

पुरानाको गठबन्धन र स्वतन्त्र वा नयाँ साना दलका यही झूक्याइका कारण रास्वपापाको १६ सिट घटेको थियो । आफूलाई बैकल्पिक शक्ति वा स्वतन्त्र व्यक्ति भन्नेहरुकै कारण मतदाता आफूले जिताउन चाहेको सम्भावित र बैकल्पिकलाई उम्मेद्वारलाई जिताउन सकेनन्, हराउन चाहेकाले जिते ।

इलाम २ मा पनि त्यही दुर्भाग्यको दौडमा स्वतन्त्र नामका केही थान परतन्त्र मान्छेहरू निर्वाचनलाई आफ्नो शक्ति जाँचको ल्याब ठानेर लाइन बसाइएका छन् । कतिपय मानिसहरू जुँगाको लडाइमा कपाल उखेल्ने दौडमा लागिसकेका छन् ।

कसैबाट प्रयोग भएका, आफ्नो दलबाट टिकट नपाएर स्वतन्त्र बनेका, आफूलाई परिक्षण गर्न, रहर पुरा गर्न चुनाव लडेका र साँच्चै देशका लागि बिकल्प बन्न आएकाहरुमा फरक छुट्याउन मतदाता चनाखो मात्र होइन विवेकी पनि हुनुपर्छ ।

पुरानाको गठबन्धन नयाँका लागि स्वाभाविक बाधा मान्न सकिन्छ तर नयाँ र बैकल्पिक भन्नेहरू नै सिँगौरी खेल्नु देशका लागि कुरीकुरी बाहेक के होला रु
तसर्थ रास्वपाका लागि पुराना हलुका, नयाँ र स्वतन्त्र गह्रुङ्गो चुनौति बन्नसक्छ ।

यस्तै रास्वपाले अगाडि सारेका मिलन लिम्बू माओवादी रहेछन् भन्ने ‘हेट भाव” फैलाइएको छ ।

बुझ्नुपर्ने कुरा के हो भने माओवादी युद्ध शुरू हुँदा ४ वर्षको बालक, युद्ध रोकिँदा १६ वर्षे किशोर जसले न माओवादी बुझ्यो, न सिक्यो, न सहभागि भयो । उसलाई माओवादी युद्धअपराधी ठान्नु पूर्वाग्रहबाहेक केही होइन ।

एउटा गरिब परिवारको सचेत युवाले उसवेला क्रान्तिकारी देखिएको एउटा पार्टीप्रति आशावादी भएर समर्पित हुनुलाई सामान्य र स्वाभाविक ठान्न सकिन्छ जसरी आज रास्वपालाई विश्वास गर्नु अपराध होइन ।

यो सत्यलाई सर्वत्र प्रवाह गर्न नसके अर्को एकथान चुनौति थपिनसक्छ रास्वपाका लागि ।

कसैबाट प्रयोग भएका, आफ्नो दलबाट टिकट नपाएर स्वतन्त्र बनेका, आफूलाई परिक्षण गर्न, रहर पुरा गर्न चुनाव लडेका र साँच्चै देशका लागि बिकल्प बन्न आएकाहरुमा फरक छुट्याउन मतदाता चनाखो मात्र होइन विवेकी पनि हुनुपर्छ ।

इलाम र बझाङको उपनिर्वाचन नेताका छोराहरुले जन्माएको वंशवाद र नेताका निकटहरुले हुर्काएको अंशवाद मात्र होइन क्रमशः हुर्कँदै गरेको जातीय तथा क्षेत्रीय राजनीतिलाई निरुत्साहित गरी गणतन्त्रको वास्तविक फल फलाउने विश्वास र अवसर भित्र्याउने चुनौति रास्वपा र मतदाता दुवैका लागि हुनेछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *