विकु लामाको ‘सुनको सिक्री’ गीत सार्वजनिक (म्युजिक भिडियोसहित)

news-details

साहित्यकार तथा गीतकार विकु लामाको ‘सुनको सिक्री’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रघुजी फ्ल्म्सिको प्रस्तुती रहेको गीतको म्युजिक भिडियो विहिबार साझ ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतकार लामाको शब्द तथा निर्माण रहेको ‘सुनको सिक्री’ गीतमा चर्चित गायक सुरेश लामाको स्वर रहेको छ भने संगित धनु ग्याङ्मीको रहेको छ । उत्तम प्रसाद अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा तालिशा गुरुङ, नुप गुरुङ र सोनाक्षी महतको अभिनय हेर्न सकिन्छ ।

विगत लामो समयदेखि देशका विकट गाँउमा रहेका विद्यालयहरुमा पुस्तकालय स्थापना गर्ने अभियानमा लागिरहेका लामाका ‘मृत्यु बिर्सिनेहरु’ र ‘सपनाको ट्रान्जिटमा’ कबिता संग्रह तथा ‘सोइनम’ यात्रा संग्रह प्रकाशित भैसकेका छन ।

हेर्नुहोस् म्युजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *