खुर्सानी खाने अनौठो प्रतियोगिता, ५० वटा खुर्सानी खाएर सुइहुइले जिते प्रतियोगिता

news-details

झण्डै डेढ अर्ब जनसंख्या भएको देश चीनमा अनेक थरी प्रतियोगिता हुन स्वभाविकै हो । चीनको हुनान प्रान्तमा यस्तै एक रोचक प्रतियोगिता हुन्छ, जसमा भाग लिन जोकोहीले हिम्मत जुटाउन गाह्रो पर्दछ ।

हुनान प्रान्तमा हरेक वर्ष खुर्सानी खाने प्रतियोगिताको आयोजना गरिन्छ । यो वर्षको प्रतियोगिता सोमबार सुरु भएको छ ।खुर्सानी खाने प्रतियोगिताको विजेताले २४ क्यारेट सुनको सिक्का पाउँदछ । उक्त सिक्काको वजन ३ ग्राम हुन्छ ।

गत वर्षदेखि यो प्रतियोगिताको सुरुवात भएको हो र सुरुमा १० जनाले भाग लिएका थिए । सबैभन्दा छोटो समयमा ५० वटा खुर्सानी खानेले प्रतियोगिताको उपाधि जित्दछ ।

त्यस क्रममा तांग सुइहुइ नामका एक युवकले ६८ सेकेण्डमा ५० वटा खुर्सानी खाएर प्रतियोगिता जिते ।

खुर्सानीले भरिभराउ एक पोखरीमा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा ताबास्को जातको खुर्सानी खान दिइन्छ । उक्त खुर्सानी विश्वको सबैभन्दा पिरो मध्येको एक हो ।

एजेन्सी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *