८ जनाले बाख्रीलाई गरे सामूहिक बलात्कार, सहन नसकेर बाख्रीको मृत्यु

news-details

बलात्कारीको शिकार बन्नबाट अब महिला मात्र होइन पशुहरु पनि असुरक्षित भएका छन् । एक बाख्रीलाई ८ जनाले सामूहिक बलात्कार गरेपछि बाख्रीको मृत्यु भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । हरियाणाको बेवातमा यस्तो घटना भएको हो । यहाँ यौन उन्मादमा होस गुमाएका ८ जनाले एक बाख्रीसँग अप्राकृतिक बलात्कार गरे । घटनाको केही बेरमै बाख्रीको तड्पी तड्पी ज्यान गयो । बाख्रीका मालिकले ८ जनाविरुद्ध मुद्दा दर्ता गराएका छन् ।

हरियाणाको मेवा जिल्लाको मरोडा गाउँमा ८ जनाले यस्तो पाशविक काम गरेका हुन् । घटनाको जानकारी पाउनासाथ गाउँलेहरुले बलात्कारीमध्ये ३ जनालाई समातेर निर्घात कुटपिट गरेका छन् । तर भीडले तीन जनालाई प्रहरीको जिम्मा लगाउनुको साटो कुटेर छोडिदिएका छन् । २५ जुलाइका दिन राती रक्सी र जुवाको लतमा लागेका ८ जनाले रक्सीको तालमा बाख्रीलाई सुनसान ठाउँमा लिएर गए र बाख्रीलाई बलात्कार गरे । यो सहन नसकेपछि बाख्रीको भोलिपल्ट बिहान मृत्यु भयो । मालिकका अनुसार बाख्रीको पेटमा २ महिनाको गर्भ थियो ।

प्रहरीले बाख्रीका मालिकको भनाइको आधारमा मुद्दा दर्ता गरेको छ । बाख्रीको शवलाई पोष्टमार्टमको लागि पठाइएको छ । पोष्टमार्टमपछि मात्र सबै स्थिति खुल्ने बताइएको छ । यो घटनामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । प्रहरीले पोष्टमार्टम रिपोर्ट पर्खिरहेको छ । बाख्रीका मालिकले भने ८ जनाविरुद्ध अप्राकृतिक सामूहिक बलात्कारको आरोप लगाउँदै किटानी जाहेरी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *