२ हजार वर्ष पुरानो चिहान भेटियो, कुहिएको रगत पिउन हजारौंको होडबाजी

news-details

एजेन्सी । करिब तीन हप्ता पहिले मिश्रको एलेक्जेन्ड्रिया शहरमा पुरातत्वविद्को टिम पुग्यो । टिमले जमिनमा उत्खननको काम सुरु गर्यो । हेर्दाहेर्दै करिब १६ फिट गहिराइसम्म खनेपछि एउटा ढुंगाको चिहान भेटियो । २७ हजार किलो तौलको यो ताबुत खोल्ने कोसिस सुरु भयो ।

त्यही बेला कैयौं व्यक्तिले अधिकारीहरुलाई रोक्दै यदि यो ताबुत खुल्यो भने विनाश हुने चेतावनी दिए । उनहिरुको भनाइ थियो कि यो ताबुत श्रापित थियो । विरोधका बीच ताबुत खोलियो । ताबुत खुल्नासाथ त्यहाँ भएका सबैको चित्कार निस्कियो । ताबुतभित्र तीन नरकंकाल थिए । दुर्घटना यति थियो कि सहनै कठिन थियो तर पनि मानिसहरु त्यहाँबाट हटेनन् ।

मिश्रमा भेटिएका यी तीन ममीसँग न कुनै गहना भेटियो न कुनै बहुमूल्य सामान । यहाँसम्म कि यिनीहरुको मास्क पनि सुन वा चाँदीका थिएनन् । यो कुनै गरिब परिवारको ममी भएको मानिएको छ । तीनवटै कंकाललाई एजेक्जेन्ड्रिया नेशनल म्युजियममा पठाइएको छ । ताबुत सेनाको जिम्मा लगाइएको छ । यति भएपछि घटना शान्त भयो भन्ने ठानिएको थियो तर अहिले यो खोजका कारण नयाँ सनसनी मच्चिएको छ ।

एक व्यक्तिले माग गरेका छन् कि उनी ताबुतमा भेटिएको रगत पिउन चाहन्छन् । यही मात्र होइन उनले अनलाइनमा एक याचना पत्र दायर गरेका छन् जसलाई ३१ हजार भन्दा धेरैले समर्थन दिइसकेका छन् । उनीहरुको तर्क छ कि उनहिरु मिश्रका मानिसको यो रगत पिएर उनीहरुको जस्तै शक्ति हासिल गर्न चाहन्छन् । उनीहरुको मान्यता छ कि यो निकै शक्तिशाली छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *