यो हो संसारकै महँगो कार, मूल्य सुन्दै होश उड्छ

news-details

इटालीयन कार कम्पनी पगानी अटोमोबाइल फाउन्डर होरेशियोले बेलायतको पश्चिमी सक्सेसमा आयोजित गुडवुड फेस्टिवल अफ स्पिड २०१८ मा संसारकै सबैभन्दा महगोे कार सार्वजनिक गरेको छ । पगानीले एचपी वार्शेटा नाम दिइएको सो कारको मुल्य १३.५ मिलीयन पाउन्ड अर्थात २ सय १७ करोड निर्धारण गरेको छ ।

यो कार हालसम्म उत्पादन भएका मध्ये सबैभन्दा महङ्गा कार अन्र्तगत परेको छ । यसमा ७.३ लिटरको एएमजी भी १२ इन्जिन दिइएको छ जसमा ६ स्पिड गियरबक्स लगाइएको छ । यसको अलवा सस्पेन्शन कोयल स्प्रिंग दिइएको छ । त्यस्तै, कारमा ७८९ बिएचपी पावर दिइएको छ । यसको अधिकतम गती ३३८ कीमी रहेको छ ।

कम्पनीले मात्रै तीन ओटा एपची बार्शेटा उत्पादन गर्ने जनाएको छ । जसमध्ये कम्पनी स्वंयमले एउटा कार राख्ने छ । लेम्बार्गिनी उत्पादनका लागि काम गर्दै आएको होरेर्सियोले सन् १९९२ बाट पगानी अटोमोबाइलको सुरुवात गरेको थियो ।

कम्पनीले पछिल्ला २६ वर्षयता शानदार गाडि निर्माण गर्दै आएको छ । तर यसले, फरारी,लेम्बार्गिनीको तुलनामा निक्कै कम संख्यामा कार उत्पादन गरेको छ । गुडवुड फेस्टिभल हरेक वर्ष आयोजना गर्ने गरिन्छ । फेस्टिभलमा ऐतिहासिक मोटर रेसिंगको प्रदर्शनी गरिन्छ । यो इभेन्ट हरेक वर्षको जुनको अन्त्य वा जुलाइको सुरुवातमा आयोजना हुने गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *