मानव अधिकार आयोगले बोलायो एसएसपी खड्कालाई
- अशोज १२, २०८३
- 0
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाबारे बुझ्न पुगेको आयोगको टोलीलाई अपराध अनुसन्धान कार्यालयमा प्रवेश गर्न नदिएको विषयमा जानकारी लिन खड्कालाई बोलाइएको हो।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार खड्कालाई मंगलबार आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाइएको छ।
जबरालाई सुरक्षा जोखिम रहेको भन्दै प्रहरीले आइतबार बिहान बाँसबारीस्थित निवासबाट नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। त्यसपछि घटनाबारे बुझ्न आयोगको टोली कार्यालय पुगे पनि प्रवेश नपाएपछि करिब ३५ मिनेट बाहिर बसेर फर्किएको आयोगले जनाएको छ।
0 प्रतिक्रिया
कतार कांग्रेसमा अधिवेशनको विवाद चर्कियो, महाधिवेशन प्रतिनिधि सिफारिसविरुद्ध केन्द्रीय निर्वाचन समितिमा निवेदन

नेपाली कांग्रेससँग आबद्ध नेपाली जनसम्पर्क समिति कतारको छैटौँ अधिवेशन र महाधिवेशन प्रतिनिधि सिफारिसको विषय विवादमा परेको छ। छैटौँ अधिवेशन सम्पन्न […]
यूएईमा पहिलोपटक आयोजना गरिएको नेपाली प्रिमियर लिगको उपाधि गोर्खाली राइनोजलाई

संयुक्त अरब इमिरेट्स (यूएई) मा पहिलोपटक आयोजना गरिएको जीसीडी नेपाली प्रिमियर लिग यूएईको पहिलो संस्करण सम्पन्न भएको छ। सेप्टेम्बर ३ […]
वर्षा र बाढीले बन्द भएका अधिकांश विद्युत केन्द्र सञ्चालनमा, १,१५४ मेगावाट विद्युत आयात गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल बर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेकाले नियमित विद्युत प्रसारणमा समस्या […]
मानव अधिकार आयोगले बोलायो एसएसपी खड्कालाई

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई आयोगमा उपस्थित गराउन प्रहरी प्रधान […]
फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको […]







