जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक बस्दै
- बैशाख १४, २०८१
- 0
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । अध्यक्ष उपेन्द्र यादवले पार्टीको महाधिवेशनको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।
पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिको समीक्षा र महाधिवेशनका एजेण्डाहरुमाथि छलफल हुने छ ।
जसपाले जेठ २७ देखि २९ गतेसम्म जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । महाधिवेशनका लागि अध्यक्ष यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा नीति तथा कार्यक्रमको मस्यौदा लेखन भइरहेको प्रवक्ता सुमनले जानकारी दिए । आजको बैठकमा ती प्रतिवेदनहरूमाथि समेत छलफल हुनेछ ।
0 प्रतिक्रिया
सुरु भयो घरजग्गा एक्स्पो, सभामुखले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले […]
नयाँ दिल्ली पुगे अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा गएका […]
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान

जनकपुर । धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सामुद्रिक […]
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]






