रुसको एक कन्सर्टमा हतियारधारीको आक्रमण हुदा ६० जनाको मृत्यु, आईएसले लियो हमलाको जिम्मा

news-details

रुसमा एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ। मस्को नजिकैको क्रोकस सिटी हलमा भएको यो घटनामा १४५ जना घाइते भएका छन्।

रोयटर्सका अनुसार यहाँ कन्सर्ट हुन लाग्दै गर्दा ती हतियारधारीले गोली चलाएका हुन्। कन्सर्टअघि भेष बदलेर हलभित्र प्रवेश गरेका हतियारधारीले अन्धाधुन्द गोली चलाएका थिए। ​आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए।

घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब १०० जनाभन्दा बढीको उद्धार गरेका छन्। घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। कन्सर्टमा प्रस्तुति दिने तयारीमा रहेका कलाकार भने सुरक्षित रहेको बताइएको छ।

राष्ट्रपति म्लादिमिर पुटिनले घटनाप्रति दुस्ख व्यक्त गर्दै आक्रमणमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई ‘भयानक त्रासदी’ भनेका छन्।

यसैबीच आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस)ले लिएको सीएनएनले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *