एनआरएन बिजनेश एशोसियसन खोल्न जोशीलाई अर्का व्यवसायी गुरुङको साथ

news-details

गैरआवासीय नेपाली संघमा विवाद र मुद्धामामला बढेपछि यो अभियानमा लागेका अगुवाहरु नै टाढिन खोजेका छन् । विभिन्न देशमा व्यापार तथा व्यवासाय गर्दै आएका गैरआवासीय नेपालीहरुले एनआरएनएबाट बाहिरिएर छुट्टै संस्था दर्ता गर्ने अन्तिम तयारी गरेका छन ।

गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था स्थापनाका लागि अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका एनआरएनए अभियन्ता गौरी राज जोशीले सक्रियता देखाएका छन् ।

जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं र ११ औं महाधिबेशनबाट सर्वाधिक मत ल्याएर महासचिवमा विजयी भएका थिए ।

जोशीको अभियानलाई साथ दिदै कतारमा सफल व्यवसाय गरिरहेका एनआरएनए अभियन्ता प्रविन गुरुङ पनि अगाडि बढेका छन् । प्रविन गुरुङ एनआरएनएको १० औं महाधिबेशनबाट सचिव र ११ औं महाधिबेशनबाट उपमहासचिवमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए ।

सर्वाेच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेपछि उनीहरुको पद गएको थियो । सर्वाेच्चले एनआरएनलाई ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन समेत दिएको छ ।

‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नुमात्र हो । आफू–आफूबीच इगो पालेर केही हुँदैन, एनआरएनएको औचित्य शून्य भइसक्यो, यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ जोशीले भने ।

नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हावी भएको बताउँदै अब यो संस्थाको औचित्य नरहेको समेत दावी गरेका छन् ।

‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नुमात्र हो । आफू–आफूबीच इगो पालेर केही हुँदैन, एनआरएनएको औचित्य शून्य भइसक्यो, यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ जोशीले भने ।

पूर्व अध्यक्षहरूको जुँगाको लडाईँले एनआरएनए अभियान सखाप भएको उनको आरोप छ । ‘मिल्ने बेला नमिल्ने आफू–आफूहरूबीच इगो लिने अनि अहिले कसरी मिल्छ त ?’ जोशीको प्रश्न छ ।

अहिले अमेरिका भ्रमणमा रहेका कतारका व्यवसायी गुरुङले जोशीको अभियानमा साथ दिने बताएका छन् । ‘एनआरएनएभित्रको फोहोरी राजनीतिले धेरैमा नकारात्मक बनाएको हुँदा राजनीतिभन्दा माथि उठेर देशलाई समेत टेवा पुग्ने गरी अर्को संस्था जन्माउन आवश्यक छ, यसमा मेरो सक्रिय सहभागिता हुन्छ’ गुरुङको भनाई छ ।

जोशीले पछिल्लो समयमा विदेशमा नेपाली व्यवसायीहरूको संख्या बढ्दै गएको बताउँदै उनीहरूलाई समेट्न एउटा संस्था आवश्यक रहेकोले धेरै व्यवसायी साथीहरुसँगको सल्लाहबाट आफु अगाडि बढेको बताएका छन् ।
‘यो संस्था राजनीति गर्ने थलो हुँदैन, व्यापार–व्यवसायलाई मात्र केन्द्रित गरेर सञ्चालन हुन्छ, युवा पुस्ता र विदेशमा हुर्किरहेको पुस्तालाई समेट्ने टार्गेट हाम्रो हो,’ जोशीले भने ।

अहिले अमेरिका भ्रमणमा रहेका कतारका व्यवसायी गुरुङले जोशीको अभियानमा साथ दिने बताएका छन् । ‘एनआरएनएभित्रको फोहोरी राजनीतिले धेरैमा नकारात्मक बनाएको हुँदा राजनीतिभन्दा माथि उठेर देशलाई समेत टेवा पुग्ने गरी अर्को संस्था जन्माउन आवश्यक छ, यसमा मेरो सक्रिय सहभागिता हुन्छ’ गुरुङको भनाई छ ।

एनआरएन बिजनेश एशोसियसन बिदेशमै दर्ता गरिने र सबै देश, क्षेत्रका योग्य र सफल ब्यक्तिहरुलाई संस्थामा समेट्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *