सरकारले धरौटी बढाए मेनपावर व्यवसाय नै ठप्प बनाउने व्यवसायीको चेतावनी

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेनपावर कम्पनीको धरौटी बढाएर ६ करोड बनाउने प्रस्ताव सहित वैदेशिक रोजगार ऐन–२०६४ को संसोधन प्रस्ताव मन्त्रि परिषदमा लगेपछि आक्रोशित भएका व्यवसायीहरुले कुनैपनि हालतमा धरौटी बढाउन नहुने भन्दै आक्रोश पोखेका छन् ।

धरौटी बृद्धि तथा पछिल्लो समय सरकारले चालेका कदमका विषयमा छलफल गर्न नेपाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गौशालाको अनुपम फुडल्याण्डमा बोलाएको व्यवसायी भेलामाअधिकांश व्यवसायीहरुले आक्रोश व्यक्त गर्दा करिब १ घण्टा कार्यक्रम नै अवरुद्ध भएको थियो ।

भेलाको विषयबस्तु प्रस्तुत गर्न मञ्चम उक्लिएका संघका अध्यक्ष रोहन गुरुङलाई बोल्ननै नदिएर व्यवसायीहरुले संघ नेतृत्वको कमजोरीकै कारण अहिलेको अवस्था सिर्जना भएको भन्दै हो–हल्लाह गरेका थिए ।

उनीहरुले फ्री भिसा फ्री टिकटको समस्या लगायत पछिल्लो समय बन्द बनेको मलेसिया रोजगारी र अहिले आएर सरकारले धरौटी बढाउन लाग्दा समेत संघ नेतृत्व मौन बस्दा वैदेशिक रोजगार व्यवसायको क्षेत्रनै धरासायी बनेको र यस व्यवसायमा सिण्डिकेट स्थापना गर्न खोजिएको आरोप लगाएका थिए ।

करिब १ घण्टा विथोलिएको भेला पछि सुचारु बनेको थियो । फ्री भिसा फ्री टिकट र सेवाशुल्क १० हजार मात्र लिनपाउने अवस्थामा धरौटी बढाएर ६ करोड बनाउनुको कुनै औचित्य नभएको भन्दै भेलामा उपस्थित अधिकांश व्यवसायीहरुले सरकारले धरौटी बढाए मेनपावर व्यवसाय बन्द गर्ने बताएका थिए ।

संघका अध्यक्ष गुरुङले सरकारले व्यवसायीहरुको सल्लाह वेगर हाल विद्यमान धरौटी रकम बृद्धि गरे कुनै पनि व्यवसायीहरुले त्यो धरौटी नराख्ने र संघ मार्फत सामूहिक रुपमा सरकारलाई लाइसेन्स बुझाउने भेलामा जानकारी गराउदै एकतर्फिरुपमा दूतावास प्रमाणिकरण लगायतका व्यवस्था लगाइएकोप्रति असहमति जनाउदै यसलाई संशोधन गर्न सरकारलाई दबाब दिइने बताए ।

यस विषयमा सरोकारवाला निकायहरुसँग समन्वय र छलफल गर्न संघका अध्यक्ष गुरुङको संयोजकत्वमा वैदेशिक रोजगार व्यवसाय सम्वद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधीहरु सम्मिलित एक उच्चस्तरीय समिति पनि भेलाले गठन गरेको छ ।

संघको संकल्पपत्र हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *