बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीले दिए डेढ करोड
- रोजगारमञ्च
- भदौ १५, २०८३
- 0
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि वैदेशिक रोजगार व्यवसायीहरूले संकलन गरेको १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले संघको पहलमा वैदेशिक रोजगार व्यवसायीहरूबाट उक्त रकम संकलन गरिएको जनाइएको छ।
संघले विपद्को यस दुःखद घडीमा मानवीय सेवाभावका साथ सहयोगमा हातेमालो गर्ने सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गरेको छ।
संघले बाढीपीडित नागरिकप्रति आफ्नो साथ, सहयोग र ऐक्यबद्धता आगामी दिनमा पनि निरन्तर कायम रहने प्रतिबद्धता जनाएको छ।
0 प्रतिक्रिया
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता […]
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ, ६ असोज । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध […]
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अमेरिकातर्फ प्रस्थान गरेका छन् । उनी कतार […]
आईपिओको तयारीमा रहेको चितवनको ‘रोयल टुलिप’ले पायो पाँचतारे डिलक्सको मान्यता

चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ । पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण […]
बिचल्लीमा जेनजी आन्दोलनका घाइते, उपचार र पुनःस्थापनाको माग गर्दै अनसनमा

राजकुमार ओली, झापा । गत बर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका झापा र मोरङका युवाहरू […]









