अमेरिकामा भब्यरुपमा मनाईयो महिला दिवस, समाजसेवी शान्ति र श्याम श्रेष्ठले गरे उत्कृष्ट महिलाहरुलाई सम्मान

news-details

अमेरिकामा अन्तर्राष्ट्रिय महिला दिवस भब्य रुपमा मनाईएको छ । हेरिटेज ईगल बेन्डमा यो एक प्रेरणादायी अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको रुपमा रहेको थियो ।

अफ्रिकी, नेपाली, भारतीय, कोरियन, मङ्गोलियन र कोलोराडोका अन्य धेरै समुदायहरूका अद्भुत पृष्ठभूमिका महिलाहरू एउटै कार्यक्रममा भेला हँुदा त्यो कार्यक्रमको रौनक उत्कृष्ट भएको थियो ।

कार्यक्रमका वक्ताहरूमा सुसाना जाल्बर्ट, अरोरा शहर प्रहरी प्रमुख– हेदर मोरिस, मिन्सु गीत, मुलुए हेलेमेरियम, पूर्णिमा, टिफनी स्टोर्स रहेका थिए । अरोरा शहरका प्रहरी प्रमुख मोरिसले महिला दिवसको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सफल व्यवसायी, उद्यमी महिला हुन संघर्षबाटै सम्भव हुने बताईएको थियो । बिभिन्न देशका महिलाहरुले महिलाहरु पनि व्यवसायीक रुपमा सफल भएको र प्रतिष्ठित रहेको भन्दै महिला आफै अगाडी बढ्न सक्नु पर्नेमा जोड दिएका थिए । महिलाहरु पनि पुरुष सरह अगाडी बढ्न सक्छन भन्ने सबैको भनाई थियो । इथियोपियाली सफल व्यवसायी महिला मुलुए हेलेमारियमले महिलाका योगदान अतुलनिय रहेको भन्दै सघर्षबाट उचाईमा पुगिने भएकाले त्यो दृढता महिलाले लिनु पर्नेमा जोड दिएकी थिइन ।

भारतीय समुदायबाट ज्येष्ठ महिला नागरिक पूर्णिमा वोरियाले अन्तर्राष्ट्रिय महिला दिवसमको अवसरमा आफ्नो अनुभव सुनाउदै अहिले चाडै यो अवश्थामा आएको धारणा राखेकी थिइन । उनले संघर्षबाट सफलतामा पुग्न सकीने भएको भन्दै आफ्नो बिगतको तितो अनुभव अहिले मिठोमा रुपान्तरण भएको अनुभव सुनाइन ।

बिभिन्न क्षेत्रबाट उपस्थित उच्च महिलाहरुलाई संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठ र शेरमिसन इन्टरनेशलनका अध्यक्ष श्याम श्रेष्ठले खादा लगाएर सम्मानित गरेका थिए ।

कार्यक्रम शेरमिसन इन्टरनेशनल र कोलोराडो नेप्लीज सोसाईटीले सयुक्त रुपमा आयोजना गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *