कपनमा खुल्यो कला बुटिक

news-details

काठमाडौंको कपनस्थित एकता वस्तीमा कला बुटिक संचालनमा आएकाे छ ।

तीन जना फेसन डिजाइनरले कला बुटिक सेन्टर सञ्चालनमा ल्याएका हुन् । बुटिककाे मिस नेपाल वल्ड प्रियंका रानी जाेशीले रिवन काटेर शुभारम्भ गरिन् ।त्यसक्रममा उनले फेसनप्रति नेपालीकाे बढ्दाे रुचीलाई ध्यानमा राख्दै सबै उमेर समुहका मानिसका लागि राेजाई अनुसारका आकर्षक पाेशाक एउटै थलाेमा उपलब्ध हुनु सुखद भएकाे वताइन् ।

देबी तामाङ, वैशाली राणा र स्मिता राईले संयुक्तरूपमा बुटिक सञ्चालनमा ल्याएका हुन् । उनीहरु तीनै जनाले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्ष गरेका छन् ।

बुटिक सेन्टरमा महिला, पुरुष र बालबालिकाका लागि उत्कृष्ट डिजाइनका आकर्षक पाेशाक उपलब्ध छन् । बुटिकमा विवाहमा दुलहा, दुलहीले पहिरिनेदेखि हरेक उमेर समुहका लागि मौसम अनुसारका पाेशाक उपलब्ध रहेकाे सञ्चालक देवी तामाङले जानकारी दिइन ।

तामाङले भनिन ‘अन्य बुटिकमा सिमित पाेशाक मात्र उपलब्ध छन् तर कला बुटिकमा सबै उमेर समुहका लागि निकै मेहनतसाथ तयार गरिएका पाेशाक उपलब्ध छन्, याे नै हाम्राे विशेषता हाे ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *