तत्काल मलेसिया समस्याको गाँठो नफुक्ने संकेत

news-details

नेपाली कामदारहरु माथि आर्थिक भार थोपरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार पठाउने प्रक्रियामा संलग्न संस्थाहरुलाई खारेज गरी मलेसियाका लागि श्रम स्वीकृतिमा रोक लगाएको २ महिना वित्दा पनि यो विषयले कुनै निकास पाउन सकेको छैन ।

गत जेठबाट एकतर्फिरुपमा नेपाल सरकारले यो निर्णय लिए पनि मलेसिया सरकारकातर्फबाट यसको जवाफ आइसकेको छैन । तथापी कामदारसँग लिने गरिएको अतिरिक्त शुल्क हटाउन सरकारले मलेसिया सरकारसँग कूटनीतिक पहल थालेको श्रम मन्त्रालयले बताउदै आएको छ । नेपाल सरकारको पहललाई मलेसिया सरकारले सुनुवाइ गर्न थाले पनि उसले यो विषयलाई अझसम्म पनि विशेष चासो भने नदिएको बुझन सकिन्छ ।

गत बिहिबार ‘कट्सी’ भ्रमणमा नेपाली दूतावास पुगेका मलेसिया सरकारका मानव संसाधन मन्त्री एम कुलासेगरनलाई नेपाली दूतावास क्वालालाम्पुरका कार्यवाहक राजदूत कुमार खरेलले पछिल्लो समय बन्द रहेको मलेसिया रोजगारीको विषयमा जानकारी गराएका थिए । यसलाई सकारात्मकरुपमा लिदै आज मंगलबार यस विषयमा विस्तृत छलफलका लागि मन्त्रालय बोलाएका मन्त्री कुलासेगरनले कावा राजदूत खरेललाई भेटने समय नै दिएनन ।

मन्त्री कुलासेगरनले आज कावा राजदूत खरेललाई भेट नदिएपछि खरेलले आफ्ना समकक्षी मानव संशाधन मन्त्रालयका अधिकारीहरुसँग यो विषयमा छलफल गरेका थिए । ‘आज अफिसियल छलफल भयो तर मन्त्रीज्यूस“ग भेट भएन’ कावा राजदूत खरेलले भने–‘मलेसिया सरकारले चासो लिन थालेको छ, हाम्रो मागप्रति सकारात्मक छन् ।’

राजदूत खरेलले मलेसिया सरकार अन्तरमन्त्रालय छलफलमा जुटेको बताएका छन् । ‘गृहमन्त्रालय र मानब संसाधन मन्त्रालयस“ग कामदारसँग पैसा लिने संस्था हटाउने या के गर्ने भन्ने विषयमा छलफल भइरहेको हामीले जानकारी पाएका छौ’ कावा राजदूत खरेलले भने । उनीहरुले समस्याको दीर्घकालिन समाधानका लागि केही समय लाग्ने बताएको र रोकिएको कामदारका विषयमा पनि चासो लिएको राजदूत खरेलको भनाई छ ।

मलेसिया सरकारले लागू गराएका प्रक्रियाहरु तत्काल हटाउने या त्यसलाई निरन्तरता दिने भन्ने विषय अहिलेसम्म अन्योलमा छ । नेपाली दूतावासले गत जुन २२ र जुन २८ मा यस विषयमा मलेसिया सरकारको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको भएता पनि कुनै जवाफ नफर्काएको राजदूत खरेलले बताए ।

सुरक्षागार्ड रोकिदा समस्या पर्यो : पीपीकेकेएम

यता नेपालबाट मात्र सुरक्षागार्ड लिदै आएको मलेसियाले नेपाल सरकारले कामदार पठाउन बन्द गरेपछि त्यहा“का रोजगारदाता कम्पनीहरुले यसप्रति चासो बढाएका छन् । मलेसियामा सुरक्षागार्ड आपुर्ति गर्ने कम्पनीहरुको छाता संगठन ‘पीपीकेकेएम’ले नेपाल सरकारले सुरक्षागार्ड पठाउन रोकेकाले सुरक्षागार्डको चरम अभाव भएको र यसले आफुहरु समस्यामा परेको बताएको छ । जतिसक्दो चाडो नेपाली सुरक्षागार्ड ल्याउने वातावरणका लागि पीपीकेकेएमले मलेसिया सरकारको गृहमन्त्रालय र अन्य सरोकारित मन्त्रालयमा ध्यानाकर्षण गराइरहेको पीपीकेकेएमका अध्यक्ष दातोश्री हाजी मुस्तापा बिनले बताए ।

उनले नेपाली मात्र सुरक्षागार्ड लिइरहेको र यसरी नेपालले एकतर्फी रोक्ने हो भने अन्य देशबाट ल्याउन बाध्य हुने बताएका छन् । ‘नेपाली ल्याउन धेरै लगानी भइसकेको छ, हामीले फ्री भिषा, फ्री टिकट दिएका छौ, अव हामीलाई समस्यामा पार्न हु“दैन, यसमा नेपाल सरकारले बुझनुप¥यो ।’

गाँठो तत्काल फुक्ने संकेत छैन

गत बिहिबार नेपाली दूतावासमा मलेसियाली मन्त्री नै पुग्दा मलेसिया रोजगारीको समस्या समाधानमा सकारात्मक पहलको थालनी हुने आशा पलाएको थियो । तर आज मंगलबार यस विषयमा छलफल गर्न आफैले दिएको समयमा पनि मन्त्री एम कुलासेगरनले कावा राजदूत खरेललाई भेट नदिनुमा उनीहरुले यसलाई सामान्य ढंगमा मात्र लिइरहेको बुझन सकिन्छ ।

स्रोतका अनुसार मन्त्री एम कुलासेगरनको नेपाली दूतावासको ‘कट्सी’ भ्रमण पनि अफिसियल नभएर संयोग मात्र थियो । नेपाली दूतावास बसेको क्वालालाम्पुरस्थित भवनका मालिक दातो प्रदिपकुमार कुकरेजालाई भेटन गएका मन्त्री एम कुलासेगरनले उनै दातो प्रदिपको आग्रहमा दूतावास पसेका थिए ।

यस्तै अहिले मलेसियाका गृहमन्त्री मुहिद्धिन यासिन एक महिनाको छुट्टिमा रहेकाले र कामदार आपूर्ति सम्वन्धी विषय पनि मानव संशाधन, गृह र परराष्ट्र मन्त्रालयलगायतको मातहतमा पर्नेहुदा अन्तरमन्त्रालय समन्वयमा तत्काल यसमा छलफल अघि बढने संभावना पनि देखिन्न ।

उता मलेसिया सरकारले नेपाल सरकारको निर्णयमा चासो दिए पनि उसले आफ्नै मुलुकका अन्य विषयबारे बढी चासो राखेको र यो विषयलाई सामान्य ढंगमा लिइरहेको हुदा पनि तत्काल यसको गाठो फुक्ने संकेत देखिदैन ।

अबको बिकल्प

मलेसिया सरकारले आफुले कामदार आपूर्ति गर्दै आएका सबै मुलुकमा लागू गराएको नियम भएको हुनाले नेपालका लागि मात्र भनेर तत्काल यो नियम हटाउने सम्भावना निकै कम छ । जसले गर्दा मलेसिया जान तयार हजारौ नेपालीमा त अन्यौलता छाएको छ नै कतै अवसर त गुम्ने होइन भन्ने खतरा पनि बढेर गएको छ ।

यसलाई जतिसक्दो चाडो कुटनैतिक पहलका माध्यमबाट समाधान गरिनुपर्ने र कुनै बैकल्पिक व्यवस्था अपनाएर भएपनि कामदार आपूर्ति सुचारु गरिनुपर्ने मलेसियन रोजगारदाता र नेपालका मेनपावर व्यवसायीहरुको माग छ ।

यो समस्या तत्काल समाधान हुने संकेत नदेखिदा नेपाल सरकारले यसलाई कुटनैतिक पहलका माध्यमबाट छलफल अघि बढाउदै अर्को व्यवस्था नहुदासम्म कामदार माथि थोपरिएको अतिरिक्त भार रोजगारदाता कम्पनीबाटै व्योहोर्ने गरी तत्कालका लागि भने नेपाली जाने वातावरण बनाउनु उपयुक्त हुन्छ ।

सम्बन्धित शीर्षकहरु

2 प्रतिक्रिया

2 thoughts on “तत्काल मलेसिया समस्याको गाँठो नफुक्ने संकेत

  1. Nepali kamdar mathi ko loot ta hataunai parcha bt mantri bista le maleshiya sanga pani chalphal garera kam gareko bhaye ramro hunthyo. Aba tatkal ka lagi yehi solution upaukta lagyo…

  2. नेपालका मन्त्रीलाई त वास्ता नगर्ने ती दातोले धन्न राजदूतलाई चाहि भेटेछन, तर यो अवस्थामा राजदूतले आफैले समय लिनु भन्दा नेपालका श्रममन्त्रीको भेट पक्का गराएर छलफल गराएको भए राम्रो हुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *