सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम्पनी राष्ट्र बैंकबाट सम्मानित

news-details

नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक रेमिटेन्स भित्र्याउन बैंक तथा रेमिटेन्स कम्पनीलाई सम्मान गरिको हो।

वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक २१।१ प्रतिशत रेमिटेन्स भित्र्याएको छ। यस्तै, हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत रेमिटेन्स भित्र्याएका छन्। राष्ट्र बैंकले यी तीनवटै बैंकलाई सम्मान गरेको हो।

यस्तै, बैंक तथा वित्तीय संस्थाबाहेक आएको कुल रेमिटेन्सको २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउने आइएमईलाई पनि सम्मान गरिएको छ। १४.९ प्रतिशत रेमिटेन्स भित्र्याउने सिटी एक्सप्रेस र १२.१ प्रतितश रेमिटेन्स भित्र्याउने इसेवा मनि ट्रान्सफरलाई पनि राष्ट्र बैंकले सम्मान गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *