नेपाल चेम्बर अफ कमर्स मकाउद्वारा आश्रम र विद्यालयलाई सहयोग

news-details

नेपाल चेम्बर अफ कमर्स मकाउले दक्षिणकाली नगरपालिका वडा नम्बर-२, तौथलीमा रहेको खोकना आरोग्य आश्रम र श्री खोकना जन माध्यमिक विद्यालय तथा दक्षिणकाली न.पा.-४, बाँसवारीमा अवस्थित श्री बालसुधार आधारभूत विद्यालयलाई ४ लाख रुपैया बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

जस अनुसार खोकना आरोग्य आश्रमलाई दैनिक उपभोग गर्ने सामान ग्लास, चम्चा, कचौरा, थाल प्रदान गरिएको थियो भने खोकना जन माध्यमिक विद्यालय र बालसुधार आधारभूत विद्यालयलाई ३०० थान स्कूल ब्याग प्रदान गरिएको थियो ।

पूर्बमन्त्री एबम प्रतिनिधीसभा सदस्य राजेन्द्र क़ुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापा मगर, प्रदेश सांसद पुकार महर्जन, नगर प्रमुख मोहन बस्नेत र उपप्रमुख बसन्ती तामाङको सहभागिता रहेको थियो ।

नेपाल चेम्बर अफ कमर्स मकाउले ४ फेब्रुअरी २०२४ मा च्यारिटी शो कार्यक्रम ‘नेपाली कल्चरल नाइट इन मकाउ’ आयोजना गरेको थियो । त्यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा हङकङ र मकाउका लागि नेपाली महावाणिज्य दूतावासबाट काउन्सुलेट जनरल उदय बहादुर राना मगर उपस्थित भएका थिए भने मकाउ र हङकङबाट थुप्रै संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।

उक्त कार्यक्रममा नेपालदेखि पुगेका कलाकारहरु रेश्मा पुन मगर, बिन्दु परियार र जोगिन्दर पानवाला (शिवशंकर प्रसाद रिजाल)ले प्रस्तुति दिएका थिए भने स्थानिय कलाकारहरु सुमित भुषाल, संगीता खनाल, सुमन रेग्मी र सुमित्रा थापा मगरले पनि प्रस्तुति दिएका थिए ।

कार्यक्रममा अशक्त, अनाथ बालबालिका र ज्येष्ठ नागरिकका लागि केहि सहयोग पनि जुटेको र सोही सहयोग नेपालमा रहेको आश्रम र विद्यालयका बालबालीकालाई प्रदान गरिएको अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *