रिटर्नी फेडेरेसनमा उत्तम अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व

news-details

रिटर्नी फेडेरेसन नेपालको प्रथम महाधिवेशले उत्तम अधिकारीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।

चैत्र ११ र १२ गते सम्पन्न प्रथम महाधिवेशनले उपाध्यक्षमा विनोद भट्टराई, शालिक ग्राम बसेल, रामकृष्ण घिमिरे, हिरादेवी खराल, काजी बहादुर थापा मगर र अर्चना बस्नेत रहेका छन् । त्यसै गरी महासचिवमा जेपी सापकोटा, उपमहासचिवमा भरत शिवाकोटी र जीवन अर्याल तथा सचिवमा नवराज श्रेष्ठ खेम बहादुर कार्की, कृष्ण उप्रसाद घोरासाइनी, बुद्धि प्रसाद सुवेदी, बसन्त बहादुर क्षेत्री तथा कोषाध्यक्षमा सुनिल कार्की रहेका छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो महाअधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, केन्द्रीय सदस्य माधव ढुंगेल, रचना खड्का लगायतका पार्टी नेतृत्वले निर्वाचनमा समन्वय र सहजीकरण गरेको थियो । फेडेरेसन नेकपा (एमाले) को जनसंगठनको हो ।

वैदेशिक रोजगारबाट फर्किएकाहरुको सीप, ज्ञान, अनुभव र छरिएर रहेको पूँजीको एकीकृत प्रयोग मार्फत् उद्यमशिलता र रोजगारी सृजना गर्ने, आर्थिक, सामाजिक र राजनैतिक अन्तरघुलनमा सहयोग र समन्वय गर्ने, वैदेशिक रोजगारका विसंगति र विकृति विरुद्ध कार्य गर्ने, रिटर्नी परिवार सञ्जालको बिस्तार मार्फत विदेशमा रहेका तथा उनीहरुका परिवारबीच पारस्परिक सुमधुर सम्बन्ध र आत्मनिर्भरतामा जोडदिने कुरा अधिवेशनले कार्यनिर्देश गरेको छ ।

त्यस्तै विद्यमान सरकारी संरचना वैदेशिक रोजगारलाई प्रवर्धन गर्ने पक्षमा मात्र केन्द्रीत रहेकोले देशका युवाहरु रोजगारी र अध्ययनको लागि विदेशिने क्रम अत्याधिक बढेको समेत अधिवेशनले औंल्याएको छ । यसर्थ रिटर्नीहरुको दक्षता र श्रमशक्तिको समेत उपयोग गर्दै देशका युवाहरुलाई उत्पादमा जोड्दै उपभोग्य सामाग्रीको आयात घटाउने तर्फ कार्यक्रम तजुमा गर्नुपर्ने कुरामा जोड दिइएको छ । यसको लागि रिटर्नी व्यवस्थापनमा केन्द्रीत सरकारी कार्यालय, विभाग तथा अधिकार सम्पन्न सरकारी निकायहरुको तत्काल स्थापना र विकासमा समेत महाधिवेशनले जोड दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *