संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने घोषणा गरेका थिए ।

सामाजिक काममा सधै कृयाशिल न्यौपानेले मानवीय कार्य गरी दृष्टिविहिनहरुलाई पुनः दृष्टि प्रदान गर्ने उदेश्यले आँखाको नानी दान दिई अमरत्व प्राप्त गरेको तिलगंगा आँखा प्रतिष्ठान, नेपाल आँखा बैकका कार्यकारी निर्देशक डा। सन्दुक रुइतले बताए ।

न्यौपानेको यहि असोज ५ गते उपचारको क्रममा निधन भएको थियो । दिवंगत न्यौपानेका छोरा नगेन्द्र न्यौपानेले पिताको दिंवगत भएपनि उहाँका दुईवटै आँखाले संसार हेरिरहने बताए । दृष्टिविहिनले दृष्टि पाउनु त्यो भन्दा पुण्य र पवित्र काम अरु हुन नसक्ने उनको भनाई थियो ।

आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

नेपाल आँखा बैकका प्रबन्धक शंखनारायण त्वायनाले तिलगंगा आँखा प्रतिष्ठानले न्यौपानेले गरेको सामाजिक काम सधै सम्झिरहने भन्दै पुन्य कामको प्रशंसा गरे । उनले नेपाली जनतामा अझै चेतना आवश्यक भएको भन्दै सोचमा सबैले परिवर्तन ल्याउनु पर्ने बताए ।