निर्विकल्पम्को नयाँ गीत ‘अहं ठमेलं गच्छामि’ सार्वजनिक (भिडियोसहीत)

news-details

काठमाडौं । गीतकार, कलाकार तथा र्यापर निर्विकल्पम्ले भर्खरै नयाँ र्याप गीत सार्वजनिक गरेका छन् ।

उनकै शब्द र स्वरमा सजिएको गीतको र्याप बिट र एरेन्ज भने चर्चित गीतकार तथा एरेन्जर कृष्ण भारद्वाजको रहेको छ । त्यस्तै गीतमा जीवन बडुको मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियोमा स्वयम् निर्विकल्पम्को मुख्य भुमिका रहेको छ । त्यस्तै अन्य कलाकारहरुमा पैसा घिमिरे, पर्वत गदाईली र श्रीधर गौतमले फिचर्ड गरेका छन् ।
अहिले सम्म आएका र्यापमध्ये यो र्यापमा केही फरकपना देखाउन खोजिएको छ ।

संस्कृत, हिन्दी, नेपाली र अंग्रेजी भाषाहरु प्रयोग गरिएको र्याप गीतले एक साधुलाई इन्द्रिय र काम वासनाले कसरि फसाउँछन् भनेर भिडियोमा देखाईएको छ ।

वरिष्ठ निर्देशक दिनेश पाख्रिनको निर्देशनमा बनेको भिडियोको छायाँकन भने दिपक मैनाली र प्रदिप मैनालीले गरेका छन् त्यस्तै भिडियो सम्पादन भने नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो निर्विकाल्पम् युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *