नयाँ पर्यटन गन्तव्य ‘चैनपुर’ घुम्ने टुर प्याकेज

news-details

पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुर घुम्नका लागि टुर प्याकेज बनेको छ । आन्तरिक पर्यटकहरुका लागि चैनपुर डेष्टिनेशन राखेर आकर्षक प्याकेज बनेको हो ।

प्राकृतिक सौन्दर्य, भरिपुर्ण संस्कृति र सुन्दर वातावरणले सिंगारिएको चैनपुरको अविस्मरणीय यात्रामा सहभागी हुनका लागि राम्रो अवसर आएको छ । चैनपुर पर्यटन विज्ञ समूह र रेनट्रेन ट्राभल्सले चैनपुर लक्षित आकर्षक टुर प्याकेज ल्याएका हुन् ।

काठमाडौंदेखि चैनपुर जाने प्याकेजमा धरान हुँदै भेडेटार, धनकुटा, हिले, बसन्तपुर, गुफा पोखरी भ्रमण गराउँदै चैनपुर पु¥याउने रहेको छ । चैनपुर पुगेपछि बजारको भ्रमण हुँदै सिद्धकाली मन्दिर, वालेश्वर गुफा, वानेश्वर डाँडा हुँदै प्राकृतिक, धार्मिक र ऐतिहाँसिक महत्वहरुलाई अवलोकन गराउने प्याकेजको उदेश्य रहेको छ ।

चैनपुर चौतारी, काठमाडौंका अध्यक्ष तथा चैनपुर पर्यटन विज्ञ समुहका संयोजक निराकार श्रेष्ठ आन्तरिक पर्यटकहरुलाई चैनपुर पु¥याउने र त्यहाँको महत्वलाई झल्काउनका लागि टुर प्याकेज बनाइएको बताउँछन् । ‘थोरै खर्चमा बाटोको अवलोकन गर्दै चैनपुरमा पर्यटक पु¥याउने हाम्रो लक्ष्य रहेको छ’ संयोजक श्रेष्ठ भन्छन्–‘अहिले हामी चैनपुर जान चाहनेहरुको नाम संकलन गरिरहेका छौ, निकट भविष्यमा नै यात्रा शुरु हुन्छ ।’

यात्राको संयोजन गरिरहेको रेनट्री ट्राभल्सले भनेको छ–‘तपाईहरूको मनोरञ्जनले भरिपूर्ण यात्रालाई सुनिश्चित गर्दै उच्चस्तर सेवाको हामी बाचा गर्दछौं ।’

सुन्दरताले घेरिएको चैनपुर नगरपालिकाको पूर्वमा ताप्लेजुंग र तेह्रथुम जिल्ला, दक्षिण धर्मदेवी र मादी नगरपालिका, पश्चिममा भोजपुर जिल्ला र खाँदबारी नगरपालिका र उत्तरमा पाँचखपन नगरपालिका रहेका छन् ।

चैनपुरको मुख्य आकर्षक भनेको सिद्धकाली मन्दिर हो । पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँआखाँ पतन भएको पवित्र स्थलको रुपमा सिद्धकाली मन्दिर परिचित छ । सिद्धकाली मात्र होइन विश्वकै ठुलो प्राकृतिक शिवलिंग रहेको वालेश्वर गुफा, प्राकृतिक तथा धार्मिक स्थलहरु, वानेश्वर डाँडा तथा वानेश्वर मन्दिर लगायतको महत्वपुर्ण मठमन्दिरहरु, प्राकृतिक सुन्दरताले भरिपुर्ण गुफापोखरी, भिरेश्वर गुफा, तातोपानी जस्ता प्राकृतिक धार्मिक एवं रमणीय स्थलहरु चैनपुरका गहना हुन् ।

तपाई पनि चैनपुर भ्रमणमा जाने होइन त ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *