मलेसियन मन्त्रीले गरे दूतावासको भ्रमण

जुलाई २४ मा विस्तृत छलफल गर्दैछौ : कावा राजदूत खरेल
news-details

मलेसिया सरकारका हयूमन रिर्सोस मन्त्री एम. कुलासेगरनले नेपाली दूतावास क्वालालाम्पुरमा कड्सी भ्रमण गरेका छन् । आज विहिबार भएको भ्रमणमा मन्त्री कुलासेगरनले दूतावासका कार्यवाहक राजदूत कुमार खरेलसँग पछिल्लो समय बन्द रहेको मलेसिया रोजगारीको विषयमा पनि अनौपचारिक छलफल गरेको दुतावासले जानकारी दिएको छ ।

सो अवसरमा मन्त्री कुलासेगरनलाई मलेसिया सरकारले कामदार आपूर्तिका क्रममा लगाएका विभिन्न शुल्क नहटाएसम्म नेपाल सरकारले नेपाली कामदार नपठाउने निर्णय गरेको जानकारी गराएको कावा राजदूत खरेलले बताए ।

यो विषयमा आफुहरुलाई जानकारी भएको मन्त्री कुलासेगरनले प्रतिक्रिया दिएको र नेपाली कामदार राम्रा र इमान्दार भएकाले आफुहरुले जतिसक्दो धेरै नेपाली कामदार लिन चाहेको बताएको कावा राजदूत खरेलले जानकारी दिए ।

‘मलेसिया सरकारले लागू गराएका प्रक्रियाहरु तत्काल हटाउने या त्यसलाई निरन्तरता दिने भन्ने विषयमा अहिलेसम्म कुनै छलफल नै भएको छैन’ मन्त्री कुलासेगरनको भनाई उदृत गर्दै कावा राजदूत खरेलले भने–‘यी विषय एउटै मन्त्रालयले डिसिजन गर्न नसक्ने हुदा अन्र्तमन्त्रालय समन्वय गरेर यसबारे हामी निष्कर्षमा पुग्नेछौ ।’ मन्त्री कुलासेगरनले यी संस्थाहरु हटाउने या कामदारलाई आर्थिक भार नपर्नेगरी कम्पनीबाटै तिराउने भन्नेमा पनि छलफल गर्न सकिने बताएको कावा राजदूत खरेलले जनाए ।

दूतावासमा मन्त्री कुलासेगरनको कड्सी भिजिट भएकाले सामान्य छलफल मात्र भएकोमा आगामी जुलाई २४ तारिकमा मन्त्री कुलासेगरनसँग औपचारिक भेट गर्न पुत्राजयमा समय लिइएको जानकारी दिदै कावा राजदूत खरेलले सोही अवसरमा मलेसिया रोजगारीको पछिल्लो घटनाक्रमका बारेमा विस्तृत छलफल गरिने बताए ।

नेपाली दूतावासले जुन २२ मा र जुन २८ मा मलेसिया सरकारको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको भएता पनि कुनै जवाफ फर्काएको थिएन । यहि अवस्थामा मन्त्रीको नेपाली दूतावास भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । सायद मलेसिया सरकारको फुल मन्त्रीले नेपाली दूतावासमा गरेको यो पहिलो भ्रमण हो ।

यता नेपालबाट मात्र सुरक्षागार्ड लिदै आएको मलेसियाले नेपाल सरकारले कामदार पठाउन बन्द गरेपछि त्यहाँका रोजगारदाता कम्पनीहरुले यसप्रति चासो बढाएका छन् । मलेसियामा सुरक्षागार्ड आपुर्ति गर्ने कम्पनीहरुको छाता संगठन ‘पीपीकेकेएम’ले नेपाल सरकारले सुरक्षागार्ड पठाउन रोकेकाले सुरक्षागार्डको चरम अभाव भएको र यसले आफुहरु समस्यामा परेको बताएका छन् । जतिसक्दो चाडो नेपाली सुरक्षागार्ड ल्याउने वातावरणका लागि पीपीकेकेएमले मलेसिया सरकारको गृहमन्त्रालयलाई दबाब दिइरहेका छ । पीपीकेकेएमले मलेसियाको प्रधानमन्त्री, गृहमन्त्रीलाई भेटेर दबाब दिने पनि जानकारि दिएको छ ।

यस विषयमा ‘पीपीकेकेएम’ कै पदाधिकारीहरुबीच पनि मलेसिया सरकारले लागू गराएका प्रक्रिया खारेज गर्नुपर्ने या गर्ननहुने भन्ने विषयमा मत बाझिएको छ । केहिले यी संस्था खारेज गर्नुपर्ने बताइरहेपनि केहि कम्पनीले भने मलेसिया सरकारको नीति भएको हुदा एकैपटक यसलाई खारेज गर्न नहुने तर्क राखेका छन् ।

मलेसिया सरकारले कामदार आपूर्ति गर्ने सबै मुलुकमा लागू गराएका प्रक्रिया तत्काल हट्न सक्ने संकेत भने छैन । यसलाई जतिसक्दो चाडो कुटनैतिक पहलका माध्यमबाट समाधान गरिनुपर्दछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *