तिमि आउ है नयाँ बर्ष मनाउन

news-details

तिमि आउ है नयाँ बर्ष मनाउ

मेरा धेरै चाहानाहरु

नयाँ पालुवा र पात जस्तै

झर्छन अनि पलाउछन

म झरेकालाइ हेर्छु

बटुल्छु, अनि आगो लगाछु ।

अभाबमा, विस्वासको , श्रोत र साधनको

साहासको , समयको र साथको

मैले मेरा चाहाना बटुलेर

मज्जाले आगो लगाएको छु ।

तिमिले मेरो माया मलाई नै नभनी

सुटुकै पोलेको रात

हामीले सङगै राप तापेका थियौँ

तिमिले आङ्ग सेकाउदा

मैले मन भिजाएको थिएँ ।

मेरा आखाँ रसाउदा

धुवालाइ दोष लाएको थिएँ ।

तिम्रो चित्त नदुखोस भनेर

मेरो आँत मारेको थिएँ

तिमिले छिट्टै भेट्ने आशामा

बिदा माग्दा ।।।

अलि पर पुगेर हात हल्लाउदा ।।।

फर्की फर्की हेर्दा ।।।

मेरो मन अचानोमा

भुत्ते खुकुरीले छकछकाइ रहेको थिएँ।

तिमिले चङ्गाको धागो काटेउ।

मैले तिम्रो हातको लट्टाइ हेरेर

उडी रहेँ ।।।

तिमिले मेरो साथ छोडी सक्दा पनि

मैले तिम्रो हात खोजी रहें ।

साथ खोजी रहे ।।।

अभाबमा,

विस्वासको, श्रोत र साधनको

साहासको, समयको र साथको

मैले धेरै रहरहरु

बटुलेर आगो लगाएको छु ।

राप र तापमा आङ्ग सेकेको छु ।

आखाँहरु रसाउदा धुवा लाइ दोष

लगाएको छु।।।

भित्ताको पात्रो महिनै पिच्छे पल्टि रहन्छ

म असमञ्जस मा कोल्टे फेरी रहन्छु

बर्ष सकिन्छ

भित्तामा नयाँ पात्रो

मनमा नयाँ रहर

फेरि झुन्डाउछु

पुराना रहरहरु फेरि झर्छन

बटुल्छु र

पोल्छु ।।।

कुडिएको मनमा

समयले नुन चुक दलेकै छ

भाग्यले टुक्रा टुक्रा पारेकै छ

आशाको झिरमा मिलाएर उन्छु

तिमि पनि आउ है

म नयाँ बर्ष यो पल्ट पनि

रहरको धुनी तापेर

धुम धाम ले मनाउछु ।।।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया