साहित्य मन थाइल्यान्डको भानु जयन्ती

news-details

बैंकक /  थाइल्यान्डको साहित्यिक संस्था `साहित्य मन थाइल्यान्ड ´ ले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाएको छ । उक्त अवसरमा विभिन्न लेखक, साहित्यकारहरु उक्त समारोहमा सहभागी थिए ।

नेपालबाट साहित्यप्रेमी स्नेही शिवले शार्दुलविक्रिडित छन्दमा भानुसंगको संगम,आमा, भोलिको मेरो देश कविता कविता वाचन गरेका थिए । म्यान्माबाट कवि मधुसुदन भट्टराईले शार्दूलविक्रिडित छन्दमा भावपूर्ण श्रद्धाञ्जली र पञ्चचामर छन्दबाट भानुभक्त कविता प्रस्तुत गरेका थिए।

थाइल्याण्डबाट राम निरौलाले भानुभक्त आचार्यका दुई कवितासहित रामायण श्लोक(सस्वर वाचन) र मलाई शहर भन्दा गाउँ नै मन पर्छ सुनाएका थिए। त्यस्तै थाइल्यान्डबाट नै कवि योगेन्द्र पोयेकरबाट सस्वर वाचन, भीमलाल खनालबाट गजल, रविचन्द्र अधिकारीबाट भानुभक्तलाई प्रणाम कविता प्रस्तुत गरिएको थियो ।

नेपालबाट विशिष्ट अतिथि गोविन्दराज विनोदीबाट भानुप्रति श्रद्धासुमन, यस्तै छ नेपालमा सहित मन्तव्य थियो । यसैगरी थाइल्याण्डका रमेश शिवाकोटीबाट आभार आचार्यको र भानुभक्तमा समर्पित एउटा गीत, रोशन शिवाकोटीबाट नयाँ वर्ष कविता, राज पौड्यालबाट भानुको सम्झना कविता प्रस्तुत भएको थियो ।

नेपालबाट मदन पुरस्कार विजेता युवराज नयाँघरेबाट भानुभक्त र नेपाली भाषाको अन्तर्सम्बन्धबारे चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा.गोविन्द आचार्यद्वारा मार्गदर्शन सहित आफ्नै महाकाव्यको पञ्चचामर छन्दको एउटा कविता पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा अध्यक्ष ओम प्रकाश न्यौपाने र सचिव दीपा रानाले पनि आफ्ना विचारहरु राख्नु भएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया