धूलोमा हीरा विमोचन

news-details

भूटानी समाज क्यान्टोवरी न्यूजिल्याण्ड ईन्कर्पोरेटेडद्वारा आयोजित साँस्कृतिक कार्यक्रम (भूटानी साँझ – ४) मा समाज सेवी तथा साहित्यकार गोपाल पौडेलको कविता सङ्ग्रह धूलोमा हीरा विमोचन भएको छ ।

कार्यक्रममा यसै समाजका प्रथम अध्यक्ष वासु मिश्र, एन आर एन ए न्यूजिल्याण्डका वर्तमान उपाध्यक्ष कृष्ण भण्डारी, नेपाली साहित्य समाज न्युजिल्याण्डकी उपाध्यक्ष नमिता दवाडी, पुलिस अफिसर सोनु डिगुची, क्राइस्चर्च रिसेटलमेट सर्भिसकी जेनरल म्यानेजर सेर्ली राइट जस्ता विशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

विमोचनपछि कृतिकार गोपाल पौडेलले आफू जहाँ रहे पनि नेपाली भाषा साहित्यमा निरन्तर लागिरहने धारणा राखेका थिए । पौडेलले भने, यी कविता मार्फत मैले नेपाली समाज र नेपाली जातिको एकताको लागि हार्दिक भावना प्रकट गरेको छु ।

यसैगरी, नेपाली साहित्य समाज न्युजिल्याण्डकी उपाध्यक्ष नमिता दवाडीले लेखकलाई शुभकामना दिदैँ नेपालभन्दा बाहिर पनि यति गहकिलो कविता कृति आएकोमा आफू निकै प्रसन्न भएको धारणा राखेकी थिइन् । उनले भनिन्, नेपाली कवितामा आएको रुपान्तरण र परिवर्तन देख्न सकिन्छ यो संग्रहमा ।

कवि गोपाल पौडेलका यसअघि नै कथा भित्रको कथा, माछाहरुको सहर, हाम्रो पहिचान लगायतका कृतिहरु प्रकाशित भइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया