आर्थिक समस्याका कारण उपचार गराउन नसकेका संखुवासभाका दाहाललाई संखुवासभा समाज अमेरिकाको सहयोग

news-details

संखुवासभा समाज अमेरिकाले आर्थिक समस्याका कारण उपचार गराउन समस्या भएपछि बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

संखुवासभाको मादी नगरपालिका वार्ड नम्बर–५ मादी रामबेनीका जिवप्रसाद दाहाललाई आर्थिक सहयोग गरेको हो । लामो समयदेखि मुटुको समस्या भएका दाहालको उपचार खर्च महङ्गो भएपछि संखुवासभा समाज अमेरिकाले आज एकलाख ३२ हजार ६ सय रुपैया स्वास्थ्यको कामना गर्दे आर्थिक सहयोग गरेको छ । बिरामी दाहालको मनमोहन कार्डोथेरोसीस भास्कुलर ट्रान्सप्लान सेन्टरमा उपचार भई रहेको छ ।

संखुवासभा समाज अमेरिकाकी अध्यक्ष समाजसेवी शान्ति श्रेष्ठले आज संखुवासभा काठमाडौ पत्रकार समाजको कार्यालयमा बिरामीका आफन्तलाई नगद हस्तान्तरण गर्नुभयो । उहाँले यस अघि पनि आर्थिक समस्यामा परेका बिरामीलाई सहयोग गर्दे आउनु भएको छ । शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा उहाँले निरन्तर सहयोग गर्दे आउनु भएको छ ।

यसैगरी संखुवासभा समाज कतारका अध्यक्ष तथा समाजसेवी राजेन्द्र खनालले पनि बिरामीका आफन्तलाई तीनहजार रुपैया हस्तान्तरण गर्नुभयो । कतार समाजले पनि अप्ठ्यारोमा परेका र आर्थिक समस्यामा परेका बिरामीलाई सहयोग गर्दे आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *