सेयर बजारमा ३.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

news-details

लगातार ओह्रालो लागेको सेयरबजारले बुधबार सकारात्मक संकेत गरेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचकसँगै कारोबार रकम पुनः घटेको छ । नेप्से परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा रह्यो ।

१३ मध्ये फाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बढे पनि ८ उपसमूह घटेका छन् । ३.१३ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरी भए पनि परिसूचक र कारोबारमा अन्य उपसमूहका कम्पनीहरुको सेयरमूल्य घटेको असर परेको देखिएको छ ।

६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको थियो । सरकार लगानी सम्मेलनको तयारीमा रहेका बेला बजारमा सेयर लगानीकर्ता भने निराश रहेको संकेत कारोबारले गरेको छ ।

आज १४९ कम्पनीको सेयरमूल्य घटेको छ । ८८ कम्पनीको बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । पोखरा फाइनान्स सेयरमूल्यको बढोत्तरी र कारोबार रकममा अगाडि बढेको छ ।

सेयरमूल्य ७.८९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । उक्त कम्पनीको ११ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सेयरमूल्य प्रति कित्ता ६ सय १० रुपैयाँ पुगेको छ । यस्तै सेयरमूल्य सर्किटस्तरमा बढेको मल्टिपर्पोज फाइनान्सको ९ करोड ४० लाखको सेयर किनबेच भएको छ ।

यस्तै पिपुल्स पावरको ८ करोड ५९ लाख, गोर्खाज फाइनान्सको ८ करोड ६ लाख, आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सेयरमूल्य घटेका कम्पनीमध्ये शीर्ष ५ मा सबैको लघुवित्त,माईखोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *