वाशिद दाजुभाईको व्यवसायीक फडको, ‘बेलाको ब्राण्ड’ अब युकेमा पनि
- सुमन गिरी
- साउन १३, २०७५
- 0
खाडि मुलुक कतारमा व्यवसायीक ख्याती कमाइरहेका नेपाली व्यवसायी अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिर बासिदको ‘बेलाको ब्राण्ड’ अब युकेको बजारमा पनि विस्तार हुने भएको छ । कतारमा सफल नेपाली ब्राण्डकोरुपमा स्थापित भैसकेको ‘बेलाको ब्राण्ड’लाई यही अगष्ट २४ मा युकेको बजारमा लन्च गर्न लागिएको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् ।
युकेको हेक्स्थोरपे डोनक्यास्ट शहरको चेरि ट्रि रोडको युनिट–४ मा स्थापित ‘बेलाको ब्राण्ड’ को मुख्यालयबाट अगष्ट २४ मा वितरण लन्च गर्ने तयारी अन्तिम चरणमा पुगेको संचालक वाशिदले बताए । सोही अवसरमा अगष्ट २६ मा नेपाली समूदायसँग यस ब्राण्डको बारेमा अन्र्तक्रिया कार्यक्रमसमेत आयोजना गरिएको उनले जानकारी दिए ।

अहिले लन्च गर्न लागिएको नयाँ शाखाबाट युकेको बजारमा कतारमा प्रख्यात भैसकेका कुलर, फ्यान, हिटरका अलवा घरायशी सामाग्री, विद्युतीय सामाग्री तथा सोफा समेत उपलब्ध हुने संचालक वाशिदले बताए । युकेको ब्रान्चमा उपलब्ध हुने बेलाको ब्राण्डका सामाग्रीहरु https://www.belaco.co.uk/ बाट जानकारी पाउन सकिन्छ ।

एनआरएन आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक समेत रहेका वासिदको बेलाको ब्राण्डले कतारमा ठूलो बजार हिस्सा लिन सफल छ । हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।

‘हामीले बेलाको ब्राण्डका सामाग्रीमा गुणस्तरीयतालाई जोड दिएका छौ, सायद यसैले होला कतारको बजारमा यस ब्राण्डको हिस्सा दिनानुदिन बढदै गैरहेको छ’ अन्तर्राष्ट्रि बजारमा यो ब्रान्डलाई फैलाउने लक्ष्यसहित युकेमा यसको विस्तार गरिएको बताउदै संचालक वाशिदले भने–‘युकेमा पनि सफल हुनेमा हामी विश्वस्त छौ यसलाई विस्तारै अन्य मुलुकमा पनि विस्तार गर्दै लैजाने छौ ।’

आफ्नै गाउ जनकपुरको बेलाको नामबाट बाशिद दाजुभाईले स्थापना गरेको ‘बेलाको ब्राण्ड’का सामाग्री कतारमा ‘अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनी’मार्फत उत्पादन तथा वितरण हुदै आएको छ भने युकेबाट ‘बेलाको युके लिमिटेड’मार्फत वितरण हुने संचालक अब्दुल वाशिदले बताए ।















