सिड्नीमा एन्टाले होलीको हंगामा मच्चाउने

news-details

एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा)ले सिड्नीमा नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारसहित होली हंगामा गर्ने भएको छ ।

होलीको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा रहेको इन्द्रेणी फङकशन सेन्टरमा आगामी मार्च २३ तारिख शनिवारका दिन साँस्कृतिक कार्यक्रमसहित होली हंगामा हुन लागेको हो ।

नेपालको तराइमा मनाइने होलीको झल्को दिने गरी नेपालका कलाकारहरु अनु चौधरी, दिपक लिम्बु, जागेश ठाकुर, रितेश पाण्डे, जेनिश गौतम सिड्नी ओर्लेर धमाका मच्चाउने जनाइएको छ ।

कार्यक्रममा स्थानीय कलाकारसहित मैथिली, भोजपुरी तथा नेपाली कलाकारले संयुक्त प्रस्तुती दिने एन्टाका अध्यक्ष रञ्जित शाहले जानकारी दिए ।
‘एन्टाले कार्यक्रम गर्ने भए पनि सबैलाई भाषा, धर्म र संस्कृति समेट्ने हाम्रो प्रयास रहनेछ’ अध्यक्ष शाह भन्छन्–‘विदेशमा पनि हाम्रो संस्कृति जोगाउनका लागि हाम्रो कार्यक्रम हो ।’

कार्यक्रमको सम्पुर्ण तयारी पुरा भइसकेको र कलाकार आउने कन्फर्म भएकाले होली हंगामा आउन चाहनेहरुले छिटोभन्दा छिटो आफ्नो टिकट सुरक्षित गर्नका लागि अध्यक्ष शाहले अनुरोध गरेका छन् ।

सिड्नीमा होलीका अन्य कार्यक्रम भएता पनि एन्टाको होली हंगामा कार्यक्रम विशेष हुने जनाइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *