एनआरएनए कतार–परराष्ट्रमन्त्री भेटवार्ता : कतारमा श्रमिक डेक्सको माग

news-details

गैरआवासीय नेपाली संघ, कतारले तत्काल कतारमा श्रमिक डेक्स स्थापनाका लागि परराष्ट्र मन्त्रालय समक्ष माग राखेको छ । झण्डै चार लाख श्रमिक रहेको कतारमा श्रमिक डेक्स स्थापाना गरेर सेवा विस्तार गर्न एनआरएनए कतारले माग राखेको हो ।

एनआरएनए कतारका अध्यक्ष रमेश भट्टको नेतृत्वमा आइतबार सिंहदरवारमा भएको भेटवार्तामा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई श्रमिक डेक्स स्थापनाका लागि माग राख्दै श्रमिकहरुको हितमा सेवा गर्न आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रीसँगको भेटवार्ता पछि एनआरएनए कतारका अध्यक्ष भट्टले भने–‘ हामीले एनसीसीको निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गर्नका लागि आज परराष्ट्र मन्त्री समक्ष श्रमिक डेक्स राख्नका लागि माग राखेका हौं ।’

आरएनएनए कतारको माग प्रति परराष्ट्र मन्त्री सकारात्मक भएको अध्यक्ष भट्टले जानकारी दिए । श्रमिकको अधिकारका लागि नेपाल सरकारको प्राथमिकता रहेको मन्त्रीको भनाई थियो ।

एनआरएनए कतारले सामाजिक कार्यका साथै कतारमा रहेका नेपालीहरुको सहयोगका लागि कतार र नेपाल सरकारसँग समन्वय गरिरहेको अध्यक्ष भट्टको भनाई छ । एनआरएनए कतारले भर्खरै कतार च्यारिटीसँग छलफल गरी नेपालका लागि छुट्टै च्यारिटी बक्स राख्नका लागि गृहकार्य थालेको र भोलिका दिनमा समस्यामा परेका नेपालीका लागि सहयोगका लागि फण्डको अभाव हुन नदिने गरी काम गरिरहेको अध्यक्ष भट्टको भनाई छ ।

परराष्ट्र मन्त्री श्रेष्ठलाई भेट्नका लागि अध्यक्ष भट्टसहित कतारमा कार्यरत प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव चानक पोखरेल, व्यवसायी शंकरप्रसाद न्यौपानेको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *