वेल्सकी राजकुमारी केटलाई क्यान्सर !

news-details

बेलायतको शाही परिवारकी बुहारी तथा वेल्सकी राजकुमारी केट मिडल्टन लामो समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएकी छैनन् ।

राजकुमारी नै सार्वजनिक रुपमा देखा नपर्नु सबैको चासोको विषय बनिरहेको छ । यसै सिलसिलामा सामाजिक सञ्जालमा भने अनेकौं अनुमान र अफवाहहरू बढ्दै गएका छन् ।

तर हिजो शुक्रबार मात्रै उनले एउटा आश्चर्य लाग्ने घटना सार्वजनिक गरेकी छन् । उनले क्यान्सरको रोकथामका लागि केमोथेरापीबाट गुज्रिरहेको सार्वजनिक गरेकी हुन् । जनवरीमा पेटको शल्यक्रिया गरेपछि गरिएको परीक्षणले क्यान्सर भएको पत्ता लगाएको उनको भनाइबाट पुष्टि हुन्छ ।

उनी प्रिन्स विलियमकी पत्नी हुन् । उनको उमेर ४२ वर्ष पुगेको छ । केटले क्यान्सरको खोजलाई ‘ठूलो धक्का’ को रुपमा लिएको पनि बताएकी छन् ।

‘क्यान्सर पत्ता लागेपछि मेडिकल टोलीले रोकथाममा केमोथेरापीको क्रमबाट गुज्रनुपर्छ भनेर सल्लाह दिएको छ र म अहिले त्यो उपचारको प्रारम्भिक चरणमा छु,’ केटले भनेकी छन् ।

जनवरीमा केटले दुई हप्ता अस्पतालमा बिताएकी थिइन् । उनले अहिले आफू ठीक भएको र बलियो हुँदै गएको महसुस गरेको पनि बताइन् । उनले केही सञ्चारमाध्यमहरुमा भनेकी छन् ‘विलियम र मैंले परिवारको लागि यस घटनालाई निजी रुपले व्यवस्थापन गर्न सक्दो प्रयास गरिरहेका छौं ।’

थप उपचार गर्नका लागि शल्यक्रियाको असर कम हुनुपर्ने र पूर्ण रुपमा निको हुन समय लाग्ने उनले बताइन् । उनले भनिन्, ‘म ठीक छु र हुनेछु । छोराछोरी र शुभेच्छुकहरुलाई यही बुझाउने प्रयासमा छु ।’

क्यान्सरबाट प्रभावित र रोगको सामना गरिरहेका सबैलाई उनले जुनसुकै अवस्थामा पनि विश्वास र आशा गुमाउन नहुने सन्देश पनि दिएकी छन् ।

क्यान्सरको खबर सार्वजनिक भएपश्चात केटका आफन्त, बेलायती राजनीतिक दलका नेताहरूले स्वास्थ्य लाभको कामना गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि चाडै सक्षम हुन सहानुभूतिको सन्देश पठाएको छ ।

बिरामी भएको सूचना सार्वजनिक भएपछि केटलाई कुन क्यान्सर लागेको र कसरी सबैको चासोको विषय बनेको छ । तर केटको कार्यालय केन्सिङ्टन प्यालेसले राजकुमारीलाई चिकित्सा गोपनीयताको अधिकार रहेको भन्दै क्यान्सरको प्रकार पत्ता लगाउने क्रम जारी रहेकाले थप विवरण नदिने बताएको छ ।

क्रिसमसको दिन परिवारसहित चर्चमा देखा परेकी केट त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । चिकित्सकहरुले भने केटलाई कस्तो प्रकारको क्यान्सर लागेको हो भन्नेबारे पत्ता लगाउन समय लाग्ने जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *