अस्ट्रेलियामा साहित्यिक विमर्श आयोजना

news-details

अस्ट्रेलिया । अस्ट्रेलियाको एडिलेट शहरमा एक साहित्यिक विमर्श कार्यक्रम सप्पन्न भएको छ ।

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेसँग गरिएको उक्त विमर्श कार्यक्रममा थुप्रै साहित्यिक विषयमाथि गम्भीर छ्लफल भएको थियो । कार्यक्रममा लेखक तथा सामाजिक अभियन्ता राजु पौडेलले नेपाली साहित्यका विविध पक्षमाथि प्रश्न राख्दै समाजले वैदेशिक पक्षमाथि सकारात्मक दृष्टिले साहित्य नलेखिएको बताए ।

उनले भने ‘नेपालको प्रतिनिधित्व गरिआएका जुनै व्यक्ति, संस्था वा प्रतिभालाई पनि नेपालले फराकिलो भावनाले हेरेर साहित्यमा लेखिदिन पाए आजको विश्वव्यापीकरणको भावनालाई न्याय हुने थियो ।’

कवि तथा कथाकार प्रकाश धमलाले नेपाली साहित्यका निम्ति बेलाबेलामा एडिलेटमा कार्यक्रमहरु आयोजना तथा संयोजन गरेको प्रसंग सम्झिए । धमलाले भने ‘नेपाली साहित्यलाई लोकप्रिय बनाउन र अन्तर्राष्ट्रियकरण गराउन यस्ता विमर्श र छलफलसँगै अझै फराकिलो गराउनु अत्यावश्यक छ । यसो गरिएमा नेपाली साहित्यका अमर कृतिहरुको प्रचार प्रसारमा ठुलो सघाउ पुग्ने छ ।’

लेखक तथा समीक्षक विकाश प्रान्जलले नेपाली साहित्यका गहकिला कृतिहरु अस्ट्रेलियामा राम्रोसँग वितरण नभएको विषयमा आफ्ना धारणा राखेका थिए । प्रान्जलले भने ‘राम्रो साहित्य रचनाका लागि पठन संस्कृति पनि उत्तिकै जरुरी छ । हामी नेपालका गहकिला साहित्यिक पुस्तक पढ्न पाउँदैनौं ।’

निबन्धकार, नियात्राकार युवराज नयाँघरेले नेपाली साहित्यका अनेक पक्षमाथि बोल्दै प्रकाशन र वितरणका पाटोमा विशेष विचार राखेका थिए । नयाँघरेले भने ‘नेपाली साहित्यले स्थानीय र मौलिक विषयमाथि अझै पनि गहकिलो साहित्य रचना गर्न सकेको छैन । हामीले हिमाल, पहाड र तराईका अनगिन्ती विषयलाई साहित्यमा उतार्न सके हाम्रो साहित्यको उचाइले थप मान र सान प्राप्त गर्ने छ ।’विमर्श कार्यक्रममा आदर्श बस्नेत, पेमा तामाङ, नील उपाध्याय लगायतका जिज्ञासु सहभागीले विविध विषयमा विचार राखेका थिए । करीब तीन घन्टासम्म चलेको बहस कार्यक्रममा अस्ट्रेलियाको एडिलेट शहरको नेपाली साहित्य र संस्कृतिको संभाव्यताबारे गहिरो विमर्श भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *