वैदेशिक रोजगार नेवाः समाजको विद्यार्थी भुसाललाई शैक्षिक सामाग्री तथा आर्थिक सहयोग

news-details

वैदेशिक रोजगार व्यवसायी नेवाः समाजले शिवपुरी माध्यमिक (प्राविधिक) विद्यालयमा अध्ययनरत विद्यार्थी सफलता भुसाललाई आर्थिक सहयोग तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष किसन प्रधानले उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा भुसाललाई एक वर्षको शैक्षिक शुल्कसहित पाठ्यपुस्तक र शैक्षिक सामग्री प्रदान गरेका छन् ।

अध्यक्ष प्रधानले उक्त विद्यालयमा अध्ययनरत छात्रा आर्थिक समस्यामा रहेको जानकारी पाएपछि व्यवसायी संस्थाको सामाजिक उत्तरदायित्वको जिम्मेवारी अन्तर्गत सहयोग प्रदान गरिएको बताए । अध्यक्ष प्रधानले भने, ‘जसलाई अति जरुरी छ, त्यस्ता परिवारका सन्तानलाई क्षमताले भ्याएसम्म सहयोग गर्ने संस्थाको उद्देश्य रहेको छ ।’

समाजमा चाहेर पनि अध्ययन गर्न नपाएको अवस्था बढी रहेको भन्दै वास्तविक समस्यामा रहेकालाई सहयोग गर्न उनले अन्य व्यवसायीहरूलाई समेत आह्वान गरे । अध्यक्ष प्रधानले सामाजिक उत्तरदायित्व पूरा गर्न समाजले निकट भविष्यमा एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको समेत बताए ।

समाजका महासचिव देवेन्द्र श्रेष्ठले पनि सामाजिक उत्तरदायित्वको भावनाले सहयोग गरेको जानकारी दिए । ‘मर्दा पर्दा नेवाः समाज’ भन्ने सामाजिक सेवाको उद्देश्य राखेर समाज क्रियाशील रहेको भन्दै उनले आगामी दिनमा संस्थागत तथा व्यक्तिगत सहयोगलाई तीव्रता दिने बताए ।

काठमाडौं वडा नं ३ का वडा सदस्य कृष्णराज चालिसेले जेहन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिने समाजको कार्य सराहनीय रहेको भन्दै शैक्षिक उन्नयनमा सहयोगका लागि समाजलाई धन्यवाद दिए ।

विद्यालयका प्रध्यानाध्यापक प्रकाश सुवेदीले पनि समाजले गरेको सहयोगप्रति आभार व्यक्त गरे । त्यस अवसरमा समाज कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *