शुक्रवार, असार ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३१ गते २३:२९



धर्तीको माटो जहाँ असंख्य नरनारीहरु जन्मने गर्दछन, त्यही भीडमा जन्मिएकी बालिका, सायद उनको पहिलो आवाज नै कुनै साङ्गीतिक सुत्रमा आवद्ध थियो, हाम्रै भूमिको एक होनहार, आशालाग्दो र उदीयमान नक्षत्रको परिवय हुन् चर्चित गायिका रीता के. सी.। प्रकृतिको सुन्दर बगैँचा, जहाँ हजारौं रङ्गमा खिल्खिलाएका तरु,तरेली अनि त्यसैमा रमाई रमाई प्राकृतिक धुनहरु प्रसारण गरिरहेका पहरा पर्वत गुञ्जाउँदै आएका नाद,अनुनादहरुले तिनै बालिकाको कलिलो चेतनामा बास बस्ने गर्दथे । कञ्चन जलका झरनामा स्नान गर्दै बिहानी आभा सँगै अनेकन धुनहरु गाइरहने पंक्षी पखेरुका चिरिबिरीले उनको कानमा उनकै परिचय गराउन खोजिरहेको भान हुन्थ्यो उनका मातापितालाई ।
 
रिता के.सीको जन्म टारिगाउँ –४ दाङ्ग मा वि.स. २०४७ मंशिर २१ गते भएको हो । उनको बुवाको नाम सुर बहादुर के.सी र आमाको नाम लालसरी के.सी हो । नेपाली साङ्गीतिक आकाशमा राप्ती क्षेत्रबाट असंख्य नक्षत्रहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । ती मध्ये कि एक हुन् रिता के.सी । दाङ टरिगाउँमा जन्मिएर स्थानीय भाका गन्गुनाउदै फ्रकभरि गुच्चा र बल्ड्याङ्ग्रा खेलाउँदै बबईको तिरैतिर साथीहरुसँग रमणीय यात्रा गर्दै बाल्यकाल बिताएकी उनले भोलि गएर आँफू यति ठूलो गायिका बन्छु भनेर सायदै कल्पना गरेकी थिइन् होला । विविध समस्याहरु संग जुध्दै र साधनालाई निरन्तरता दिदै रिताले यो सफलता पाएकी हुन् । उनले नेपाली आधुनिक गीतको क्षेत्रमा ३०० को हाराहारी गीत गाइसकेकी छिन् ।

हुन पनि थोरै समयमै उनको चेतनाले उनको गन्तव्यको आभास गराइदियो र कलिलो आवाजमा प्राकृतिक नादहरु मिसाएर आँगन गुञ्जयमान गराउन सुरु गरिन् । कैयन बालबालिकाहरुले आफ्नो आँगन रुवाबासीको थलो बनाइरहँदा उनि त्यहि आँगनलाई एक साङ्गितिक मञ्चको रुपमा परिणत गर्दथिन् । आठ वर्षको उमेरमा गन्तव्यको बाटो केही असहज भएपनि हिम्मत र अठोटको मिश्रणले हरेक पाइलाहरु कर्तव्यनिष्ठ होउन् भनी आशिर्वचनका वाणीहरु माता मार्फत पाइरहिन् । त्यहि गलाको आवाज आज हाम्रै डाँडा,पाखा, बनजङ्गल, पहरा,पर्वत, हिमाल हुँदै नाद अनुनादको रुपमा अनन्त यात्रा गर्दै हाम्रो कानसम्म आइपुग्छन् ।  
 
सांगितिक यात्राकै क्रममा भेटेकी हुन् रिताले राजन अर्याललाई । उनको सुमधुर स्वरबाट प्रभावित बनेका राजन उनको शालिनता, भद्रता र सुन्दरतामा पनि मोहित भए । यहि सम्मोहन प्रेममा परिणत भयो । २०६९ सालमा उनीहरुले आफ्नो प्रेमलाई उत्सर्गमा पुर्याए वैवाहिक बन्धनमा बाँधिएर । हाल रिता र राजनको प्रेमको प्रतीक सुपुत्र आदित्य पनि तीन वर्ष पुगिसकेका छन् । 
 
 रिता के.सीले सांगितिक जीवनमा प्रवेश गरेको एक दशक पुगिसेको छ ।  ‘तिमी आयौ मधुमास आयो....’ बोलको फिल्मी गीतबाट गीत संगीत क्षेत्रमा प्रवेश गरेकी रिताले ‘चोली कता फालिछ्यौ’, ‘भन के–के गर्नुपर्छ तिम्रो साथ पाउनलाई ....’जस्ता चर्चित गीतहरुमा स्वर दिएर नेपाली स्रोता, दर्शकको अपार माया पाएकी  छिन् ।  संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । 
 
दाङमा जन्मिएर  काठमाडौंलाई कर्मथलो बनाएकी रिताले भूगोल, धर्म र संस्कृतिलाई आधार बनाएर गाउन खोज्ने जो कोहीलाई पनि व्यावसायिक भन्न नमिल्ने बताउँछिन् । शब्द र संगीतको तादाम्यबाट उत्कृष्ट स्वर दिने गायक गायिका मात्र व्यावसायिक कलाकार हुन् भन्ने उनको धारणा छ । अफ्नो जन्मथलोप्रति अगाध माया राख्ने रिता जुन ठाउँमा गए पनि राष्ट्र, राष्ट्रियता र जन्मभूमिको उच्च सम्मान गर्ने बताउँछिन् । आधारभूत शिक्षा दाङको एक सरकारी विद्यालयबाट पूरा गरेकी गायिका रिताले उच्च शिक्षा भने काठमाडौंबाट लिएकी हुन् ।  त्रिवि बाट संगीतमा स्नातकोत्तर गरेकी रिताको गायन क्षेत्रबाट चरमचुलीमा पुग्नु जीवनको अभिष्ट हो । दिदी मिना के.सीको अमूल्य सहयोगले गायन क्षेत्रमा जम्न सफल गायिका रिता के.सी अग्रज गायिका कोमल ओली र सिन्धु मल्ललाई आफ्नो आदर्श व्यक्ति ठान्दछिन् । आँफूलाई भर्सटाइल गायिका भन्न रुचाउने उनले नेपाली गीतका साथै भोजपुरी, थारु र हिन्दी गीतहरुमा समेत सुमधुर स्वर दिएकी छिन् । 
 
चर्चित गीतकार नृपध्वज खड्का गायिका रिता के.सीको प्रतिभा र क्षमता मापन गर्दै सङ्गीतको सैद्धान्तिक ज्ञान आर्जन गरेर तिनैलाई ब्यबहारमा उतार्न तल्लिन रहेकी गायीकाको रुपमा परिभाषित गर्दै भन्छन् ‘रीतालाई यो देशको एक होनहार कलाकारको रुपमा लिन सकिन्छ । उनको सामाजिक कञ्चनता, धैर्यता, सरलपन, सङगीतप्रतिको गाम्भिर्यता, लगनशिलता र कोमल हृदय भविष्यका उदाउँदा सूचकहरु हुन । एक गायकीको साथै उनी एक कुशल गृहिणी र ममतामयी आमा पनि हुन् जहाँ मातृत्वको ममता वर्षाउन उनी पछी पर्दिनन् । जन्मभूमिलाई सँधै शीरमा सजाएर मातृभूमिकै सेवामा समर्पित हुन चाहन्छु भन्ने उनको स्वदेशी भावना पोल्टाभरी बोकेर हिंडेकी नेपालकी छोरी जस्को आवाज हिमाल देखी तराई सम्म मात्र सिमित नभै यस ब्रहमाण्डमै सुवासिलो तरङ्गमा निरन्तर गुञ्जिरहोस्, उनी फूलको रङ्गमा भेटिउन्, हिमालको सङ्गमा भेटिउन्, हरेक लोक भाकामा भेटिउन्। नेपालकी छोरी जो यस साङ्गीतिक आकाशमा चम्किरहन साधनामा जुटिरहुन, गलामा सरस्वतिले सधैं बास गरिरहुन, मेरो हृदयदेखीको शुभकामना (मेरी छोरी) रीता के. सीलाई ।’     
  
बिशेष गरि आधुनिक गीत गाउन रुचाउने रिताले पपगीत, लोकगीत र धेरै नेपाली चलचित्रका गीतहरुमा पनि आफ्नो सुमधुर स्वर दिइसकेकी छिन् । जीवनलाई सुन्दर फूलको रुपमा परिभाषित गर्ने गायिका रिता के.सी जिन्दगीमा आउने सुख, दुःख, आरोह र अवरोहलाई पार गर्दै आजको स्थानमा आइपुगेको वताउँछिन् । संघर्षले अझ आत्मविश्वास बढाउने र जीवनका कठिन परिवेशहरु संग जुध्न सिकाउँछ, त्यो जुधाईले नै लक्षमा पु¥याउँछ भन्ने उनको अनुभव रहेको उनी बताउँछिन् । सांगितिक क्षेत्रलाई नै जीवनको लक्ष बनाएकी उनले नेपाली सुगम संगीतमा नै आफ्नो जीवन समर्पित गर्ने बताउँछिन् । श्रोताको माया भन्दा अर्को चाह केहि नभएको बताउने उनलाई धेरै श्रोता र दर्शकले मन पराउदै आएका छन् ।  
रिताको सांगितिक यात्राको सुरुवाती दिनमा नै आफ्नो शब्द तथा संगीतमा गीत गाउन दिएका चर्चित संगीतकार सरोज प्याकु¥याल धेरै खालका गीत संगीतमा मिल्ने तथा सुहाउने स्वरकि धनी, सांगीतिक ज्ञान र क्षमताले युक्त, सबैलाई सम्मान गर्ने, मिलनसार व्यक्तित्व कि धनीको रुपमा उनलाई परिभाषित गर्दछन् । 
 
रिता के.सीको स्वर जति सुमधुर छ उनको तन र मनको सुन्दरता त्यो भन्दा कम छैन, उनको सुन्दरताको मूल्याकंन गर्दै धेरै दर्शक, श्रोता र साथीहरुले उनलाई आफ्ना गीतहरुको दृष्याकंनमा आफैंले अभिनय गर्न सुझाव दिएका छन् । आफ्ना शुभचिन्तक, श्रोता र साथीहरुको सुझाव अनुसार आफ्ना स्वरवद्ध गीतहरुको भिडियोहरुमा उनले आफैंले अभिनय गर्ने पनि सोच बनाएकी छिन् । उनको यो निर्णयले आगामी दिनमा श्रोता तथा दर्शकले उनको फरक क्षमता पनि देख्न पाउने भएका छन् ।
 
रिताका गृह जिल्ला दाङ्गका चर्चित संगीतकार सन्तोष श्रेष्ठ रिता के.सी. को गायन र व्यक्तित्वको बारेमा भन्छन् ‘नेपाली साङ्गीतिक क्षेत्रमा उत्तम गायन क्षमता भएका गायिकाहरूको आवश्यकता महसुस भएको सत्यता कसैले अस्वीकार गर्न सकिदैन । गीत गाउने मानिसलाई गायिका भनिन्छ अनि गायिकाले नै गीत गाउने हो । तर गीत गाउने मानिस र गायिका बिचमा धर्ती र आकाशको फरक छ । केही थोरै गायिकाहरूको बिचमा रीता के.सी.को नाम अटाउनु मेरो विश्वास हो । रिता शास्त्रीय सङ्गीतको पनि अध्ययन गरेकी र लोक, आधुनिक, चलचित्र, पप, शास्त्रीय गायनमा राम्रो क्षमता भएकी गायिका हुन् । उनको स्वरको आरोह अवरोह उच्च स्तरीय लाग्दछ । उनको आवाज प्राकृतिक शैलीको सुनिन्छ । संयोगान्त र वियोगान्त दुबै तरिकामा उनको आवाज सुहाउँछ ।  उनको गीत सङ्गीतको भावलाई राम्रो सँग बुझेर गाउन सक्ने क्षमताका साथै भाषिक उच्चारण प्रष्ट वा उत्तम छ । आवाजको गुणस्तरीयताले श्रोताको मन र मस्तिष्क आनन्दित बनाउन सक्ने लोकप्रिय गायिका हुन् रीता के.सी.। मैले मेरो सङ्गीतलाई उनको आवाजमा रेकर्डिङ गरिसकेको अनुभवबाट पनि यो कुराको अनुभूति गर्न सकिन्छ ।’
 
पछिल्लो समय नेपाली चलचित्रहरुको गीत गायनको क्षेत्रमा निक्कै व्यस्त बन्दै गएकी छन् रिता के.सी. फरक शैलीका गीत गाएर गायनमा आफ्नो छुट्टै पहिचान बनाउने ध्ययका साथ अगाडी बढिरहेकी छिन् । उनले नेपाली चलचित्रहरु लाहुरे, बस्ति ,राजभाई, बिरताको चिनो, खुर्पा, घमण्ड आदिका गीतहरुमा आफ्नो आवाज दिइसकेकी छिन् । सांगितिक प्रस्तुतिकै सिलसिलामा  दुबई, बहराइन, भारत, मलेशिया, जापान, बंगलादेश, कतार तथा नेपालको गाउँ तथा सहरमा पुगेर आफ्नो प्रतिभा देखिएकी उनको ‘मन’ एकल गीति संग्रह बजारमा आइसकेको छ । उनले सांगितिक यात्राको क्रममा विभिन्न पुरस्कार तथा सम्मानहरु समेत प्राप्त गरिसकेकी छिन् ।  २०६८ को राप्ति अवार्डमा सर्बोत्कृष्ट गायिका को उपाधिले उनी सम्माननित भइसकेकी छिन् भने सुदिप रेग्मीको एल्वम ‘अन्तरा’ को ‘भन के के गर्नु पर्छ’ भन्ने बोलको गीतबाट आधुनिक महिला गायन विधा तर्फ २०६९ मा नै राप्ती अवार्ड प्राप्त गर्न सफल भएकी थिइन् । 
 
आफ्नो सुमधुर गलाको जादुले एक दिन रिता के.सी.ले नेपाली संगीतको क्षेत्रमा फरक उचाई लिने विश्वास गर्न सकिन्छ ।

 
प्रस्तुति : हरिराम पौडेल



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   भर्सटाइल गायिका रिता के.सी
2.   गुरुङ भाषाको चलचित्र ‘रिंजे नाँशा’को च्यारिटी शो हुदै
3.   भुन्टी लिएर आए निशान भट्टराई (भिडियोे)
4.   यूएईका मुख्य शहरहरुमा ‘ऐश्वर्य' को च्यारिटी शो हुने
5.   चलचित्र पत्रकारिता सम्मान र पुरस्कार वितरण, पाण्डे र लम्साल सम्मानित
6.   प्रकाश सपूतको 'बोल माया‍' युट्युब ट्रेन्डिङ नम्बर १ मा (गितको भिडियोसहित)
7.   सलमान अभिनीत एक्सनले भरपूर 'रेस ३' को ट्रेलर सार्वजनिक
8.   नायीका सारा सिरपालीको फेसबुक प्रेम भिडियो मा नै देखियो (हेर्नुहोस भिडियो)
9.   सलमानको नेपालमा हुने भनिएको कार्यक्रम स्थगित
10.   अर्जुन पोखरेलको संगीतमा 'लम्फू'को चार गीत सार्वजनिक (गीतको अडियोसहित)
11.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
12.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
13.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
14.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
15.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
16.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
17.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
18.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
19.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
20.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
21.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
22.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
23.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
24.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
25.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
Results 164: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media