शुक्रवार, असार ०८ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:५६

रविन्द्र घिमिरे / नेपाल राष्ट्र बैंकले मलेसियासहित ७ देशमा जाने नेपाली कामदारका लागि लागू गरिएको फ्रि भिसा र टिकट प्रावधान पुनरावलोकन गर्न सरकारलाई सुझाव दिएको छ ।
 
यो व्यवस्थाले विदेश जाने कामदारको लागतमा कमी आए पनि प्रभावकारी नभएको उसको ठहर छ । अहिले पनि झण्डै २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी रकम तिर्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
 
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ ‘निशुल्क भिसा र टिकटको प्रावधानले वैदेशिक रोजगारीमा जाने खर्चमा उल्लेख्य कमी आएको छ । तर अझै पनि दुई तिहाई कामदारले सरकारले तोकेको न्युनतम शुल्क भन्दा बढी तिर्नुपरेको अवस्था छ । विदेश जाने कामदारहरुबाट वैदेशिक रोजगार व्यवसायीहरुले अझै पनि अपारदर्शी ढंगबाट पैसा लिइरहेको अवस्था छ । तसर्थ वैदेशिक रोजगार प्राप्त गर्न अझै महंगो नै रहने गरेको छ ।’
 
‘फ्रि भिसा र टिकटको प्रावधानले बैदेशिक रोजगारीमा पारेको प्रभाव’बारे राष्ट्र बैंकले गरेको अध्ययनले अरु पनि धेरै समस्या औल्याएको छ । सरकारी अनुगमन कमजोर रहेको र म्यानपावर व्यवसायीले अपारदर्शी ढंगले रकम लिने गरेको गुनासो रहेको जनताको छ ।
 
गन्तव्य मुलुकसँग सम्झौता नगरी लागू गरिएको, एजेन्टमार्फत अतिरिक्त भुत्तान गरी माग ल्याउनु पर्ने, समयवधि अघि नै काम छाड्ने गरेको गुनासो म्यानपावर व्यवसायीको रहेको छ ।
 
सरकारी संस्थागत संरचनाको क्षमता कमजोर रहेको भन्दै राष्ट्र बैंकले चारबुँदे सुझाव दिएको छ ।
 
उसले बैदेशिक रोजगारीसम्वन्धी मापदण्ड तयार पारेर ‘फ्रि भिसा र टिकटको प्रावधान पुनरावलोकन गर्न भनेको छ । गन्तव्य मुलुकसँग समझौता गरेर आफ्नो प्रावधान अवतग गराएर मात्र लागू गर्नु पर्ने पहिलो सुझाव छ ।
 
निश्चित आम्दानीको सीमा तोकेर त्यसका लागि मात्रै फ्रि भिसा र टिकटको प्रावधान लागू गर्ने र त्यसभन्दा बढी आम्दानी हुने कामका लागि मापदण्ड बनाएर आम्दानीका आधारमा शुल्क उठाउन पाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
 
‘तोकिएको न्युनतमभन्दा बढी आम्दानी हुने कामका लागि मापदण्ड तयार गरी व्यवसायीले लिन पाउने रकमलाई आम्दानीसँग आवद्ध गर्न उपयुक्त हुने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ, ‘तर, बढी आम्दानी देखाएर नक्कली सम्झौतापत्र बनाएर कामदार पठाएमा त्यसअनुसारको रकम म्यानपावर कम्पनीबाट असुल गरेर काकदारलाई क्षतिपूर्ति दिने व्यवस्था गर्नु उपयुक्त हुन्छ ।’
 
वैदेशिक रोजगारीका लागि जाने मध्ये ९५ प्रतिशत नेपाली निःशुल्क भिसा र टिकटको नीति लागू भएका मलेसिया, साउदी अरेबिया, कतार, बहराइन, युएई र ओमानमा जाने गरेका छन् ।
 
फ्रि भिसा र टिकटका कारण नेपाली कामदारको माग घटेको छैन । तर, पछिल्लो २ वर्षको अवधिमा मलेसिया र साउदी अरेवियाबाट हुने कामदारको मागमा भने कमी आएको अध्ययनले देआएको छ ।
 
साथै समग्रमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या पनि घट्दै गएको छ ।
 
कामदारको संख्यामा कमी आउनुमा माग गर्नेभन्दा बढी आपूर्ति गर्ने पक्ष जिम्मेवार रहेको ठहराएको छ । ‘भूकम्पश्चात पुनर्निर्माणका काम बढेको, मुलुक स्थिरतातर्फ उन्मुख भएकाले आन्तरिक आर्थिक गतिविधि बढेकाले देशभित्रै काम पाउने स्थिति भएकाले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको हो,’ प्रतिवेदनमा भनिएको छ ।
 
श्रम बजारमा नेपाली कामदारको प्रमुख प्रतिस्पर्धीका रुपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्स, भियतनामलगायतका देशका कामदार रहेको औल्याउँदै राष्ट्र बैंकले नेपाली कामदारको प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने निश्कर्ष पनि निकालेको छ ।
 
प्रतिवेदनले संस्थागत सुशासनका लागि म्यानपावर व्यवसायमा पब्लिक कम्पनीलाई प्रोत्साहित गर्न, म्यानपावर कम्पनीको रेटिङ गर्न, विदेशबाट फर्किएकाहरुको पनि तथ्यांक राख्न, कामदार मागको सूचनालाई एकै पद्धतिबाट तथा एप्सको प्रयोग गर्न लगायतका सुझाव पनि राष्ट्रबैंकले सरकारलाई दिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media