शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
151.   वैदेशिक रोजगारमा बीमा, फाइदा अनेक
152.   ईपीएस भाषा परीक्षा सुरु, ७५ हजार परीक्षार्थी सहभागी
153.   उम्मेदवार छनोटको विवादमा होइन, दुइ तिहाईले चुनाव जित्ने रणनीति बनाउन केन्द्रित छ फोरम : ढकाल
154.   जनतालाई प्रभावकारी सेवा सरल ढंगमा दिन नवनियुक्त श्रम मन्त्री मन्सुरको ध्यानाकर्षण
155.   राजनीति गर्ने भए स्थानीय चुनावमा जानु संघमा होइन : गुरुङ
156.   फोरमलाई झड्का, फोरमकी तेजु मञ्चबाट उम्मेदवार
157.   कतारमा विकसित घटनाक्रमले नेपालीको रोजगारीमा कुनै असर पर्दैन : नेपाली राजदूत रमेश कोइराला सँगको एक्सक्लुसिभ अन्तर्वार्ता
158.   कतार जानेहरुको श्रम स्वीकृति रोकियो
159.   संघ नेतृत्वमा जाने आकांक्षिको मन दुखाउदैनौ : गेलाल
160.   आज र भोलि सम्ममा अध्यक्षको टुंगो नलगाए फोरमले दुर्भाग्यपूर्ण परिणाम भोग्छ (हेर्नुस भिडियो)
161.   स्वदेशमै रोजगारी सिर्जना गर्न पाँच खर्बको औद्योगिक विकास कोष खोलिने
162.   महानिर्देशकज्यू,ठाउमा बस्नुस नत्र ठेगान लगाउन हामीलाइ पनि आउछ : ढकाल
163.   फोरमले संख्याको दम्भ नदेखाए हुन्छ, हामी धेरै माथि छौं : गेलाल (हेर्नुस भिडियो)
164.   वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार १७ मा हुने
165.   किरणकिशोरलाई उम्मेदवार बन्न नदिन फोरमभित्रै चलखेल
166.   म प्रष्ट भन्दिन्छु बिमलजी र विष्णुजीले बाटो छेकेर बन्धक बनाए : न्यौपाने (हेर्नुस भिडियो)
167.   केयरगिभर परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
168.   कतारमा चार वर्षपछि राजदूत
169.   दलहरुको घोषणामा रोजगार नै रोजगार, होला त पुरा ?
170.   ९७ परीक्षार्थीले दिए केयरगिभरको परीक्षा, नतिजा बुधबार प्रकाशित हुने
171.   इजरायल जान छनोट भएका केयरगिभरको परीक्षा सुरु, ९७ परीक्षार्थी सहभागी
172.   दलका घोषणापत्रमा रोजगार नै रोजगारका प्रतिबद्धता
173.   अमेरिका डिभी लट्रीको नतिजा सार्वजनिक
174.   केयरगिभरका लागि छनोट भए १ सय योग्य उम्मेदवार, वैशाख २४ मा परीक्षा (नामावलीसहित)
175.   नेपाली कांग्रेसको घोषणापत्रमा प्रतिवर्ष ५ लाख युवालाई रोजगार
Results 567: You are at page 7 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media