शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
401.   सप्ताहब्यापी आप्रवासन दिवस मनाइदै
402.   वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न अख्तियारले दियो घुमाउरोे निर्देशन
403.   बंगलादेशी कामदार रोज्दै मलेसिया
404.   मलेसियाले बिदेशी कामदार कटौती गर्ने
405.   एकलाख बढी नेपाली तस्करको फन्दामा
406.   साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने
407.   कतारमा नयाँ ‘स्पोन्सरसीप’ कानुन जारी
408.   श्रमग्राममा वैदेशिक रोजगार सूचना केन्द्र स्थापना
409.   वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदीले शुक्रबारबाट अवकाश
410.   अनफिट रिपोर्ट बोकेर फर्किएकै आधारमा क्षतिपूर्ति दिइदैन : अध्यक्ष खड्का
411.   तोकिएकै समयमा कोरियन भाषा परीक्षा हुने
412.   कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचीसहित)
413.   नेपाल–कोरिया इपिएस सम्झौता नवीकरण
414.   निमार्ण क्षेत्रमा पनि नेपाली लिन कोरिया इच्छुक
415.   वैदेशिक रोजगारीमा जाने नेपाली ४० लाख पुगे
416.   नेपालीको कोटा बढाउन कोरियाली पक्ष सकारात्मक
417.   श्रमिकको मन्त्री हुँ उनीहरुको गुनासो सुन्नै आएको हुँ : श्रम राज्यमन्त्री गुरुङ
418.   बायोमेडिकल बिनाको मेडिकल रिपोर्ट स्वीकार्य छैन : उपप्रधानमन्त्री हमीदी
419.   नेपाली पक्षको प्रस्ताव क्याविनेटमा लैजान्छौ : मन्त्री राइट
420.   श्रम राज्यमन्त्री गुरुङ र मलेसियाली उपप्रधान तथा गृहमन्त्री हमीदीबीच भेटवार्ता
421.   फ्री भिषा फ्री टिकट नमाने मलेसिया कामदार पठाउदैनौ : राज्यमन्त्री गुरुङ
422.   श्रम मन्त्री सहितको उच्चस्तरिय टोली मलेसियामा
423.   कोरिया जाने कामदारलाई निःशुल्क टिकट दिलाउँछु : श्रम राज्यमन्त्री गुरुङ
424.   व्यवसायी संघमा अध्यक्ष ढकाल हटाउने खेल
425.   ‘म माथि मेनपावर व्यवसायीले सुनियोजित आक्रमण गरे’ (भिडियो सहित)
Results 567: You are at page 17 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media