शनिवार, असार ०९ गते, २०७५
बुधवार, २०७५ जेष्ठ ३० गते २२:४२

 
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबरमा गर्ने दुई दिने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप आइसीसी विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।
 
संघले आउँदो जुन १६ र १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को शहरमा आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारणसभा गर्न लागेको हो ।
 
गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पूर्ब तयारी स्वरूप हुने कार्यक्रम अर्थपूर्ण हुने बताइन्छ ।
 
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीका बारेमा छलफल गरिने संघले जनाएको छ ।
 
विज्ञ सम्मेलनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा र पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवति प्रसाद भूसाल विशेष अतिथिका रुपमा सहभागि हुने संघले जनाएको छ।
 
सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट,पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा.हेमराज शर्मा, आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाउदैछन् ।
 
साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा संघले राखेको छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
351.   स्वास्थ्य क्षेत्रमा सरकारी जागिरको अवसर (सुचनासहित)
352.   कोरियन भाषा परीक्षाको आवेदन बैशाख १५ मा खुल्ने, परीक्षा असार ४ र ५ मा
353.   वैदेशिक रोजगारमा सार्क राष्ट्रको प्राक्टिसको छलफल
354.   वैदेशिक रोजगार व्यवसायीको आन्दोलन वार्ताका लागि आशिंक खुल्ला
355.   सहमति जुटाउन मन्त्रालय र व्यवसायीबीच नजिकियो संवाद
356.   संकटमा मलेसिया रोजगारी
357.   वैदेशिक रोजगारबाट रेमिट्यान्ससँगै शिशु भित्रिदै
358.   फ्री भिसा र टिकटको व्यवस्था फेर्न सांसद नै म्यानपावरको पक्षमा
359.   संघको आन्दोलन बेवास्ता गर्दै २३ मेनपावरले निकाले श्रमस्वीकृति
360.   सक्लान् यी दुईले निकास दिन ?
361.   डिडिसीमा जागिरको अवसर, अधिकृत र सहायक स्तरमा ७४ कर्मचारी माग
362.   फाइलभित्र फाइल हाल्दै वैरो विभागमा धमाधम काम
363.   ०६४ को ऐन र नियमावलीले अब थेग्न सक्दैन : श्रमसचिव लम्साल
364.   बन्द वैदेशिक रोजगार कहिले खुल्छ ?
365.   लोकसेवाले १४ सय बढी खरिदार पदमा दरखास्त माग्यो
366.   आइतबारबाट वैदेशिक रोजगार व्यवसाय बन्द
367.   बैदेशिक रोजगार ठप्प भए के हुन्छ ?
368.   मेनपावर व्यवसायीको रक्षा श्रम मन्त्रालयले गर्नेछ : मन्त्री बोहोरा
369.   कोरियन भाषा परीक्षा असारमा हुने
370.   एजेन्टको भेषमा मेनपावरमाथि निगरानी बढाउँदै प्रहरी
371.   मलेसिया रोजगारीको बाटो बन्द
372.   विद्युत प्राधिकरणमा जागिर खुल्यो
373.   कोरियाद्धारा यो वर्षको श्रमसम्झौता दिन सुरु
374.   मलेसियाद्वारा बिदेशी कामदार लिन स्थगित
375.   कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो
Results 567: You are at page 15 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media