शुक्रवार, असार ०८ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:५४

सानै उमेरदेखि गीतसंगितमा रुचि राख्ने आपपिपल गोरखाकी सरीता कार्की पछिल्लो समय नेपाली लोकदोहोरी गीतको क्षेत्रमा उदाउदी गायीकाको रुपमा देखापरेकि छिन् । स्कुल पढदा होस या गाँउघरमा मेलापात जादा नै किन नहोस आफ्नो साथिसमूहको नेतृत्व गर्दै दोहोरी खेल्न उनी सधै अग्रसर भैरहन्थिन् ।
 
अध्ययनको शिलशिलामा काठमाडौ छिरेपछि गीतसंगितको बारेमा ज्ञान हासिल गर्न र स्वर निर्खान उनले थप अवसर पाइन । लोकदोहोरी गायक–गायीकाको उत्पादन थलोका रुपमा चिनिने दोहोरी साझमा जोडिएपछि त उनको गायकी कला झनै सुमधुर बन्दै जान थाल्यो ।
 
वि.सं. २०६४ सालदेखि दोहोरी साझको स्टेजमा आफ्ना प्रस्तुती पस्कन थालेकि कार्कीले लगातार ४ वर्षसम्म आफुलाई दोहोरी साझको गायनमै सीमित राखिन । त्यसपछि भने विंस. २०६८ मा पहिलो दोहोरी गितीसंग्रह ‘कति रूनु छ’ मार्फत नेपाली गितसंगितको क्षेत्रमा औपचारिकरुपमा उनको आगमन भयो ।
 
पहिलो संग्रहमार्फत नै दोहोरी गितसंगितको क्षेत्रमा चर्चा बटुल्न सफल उनले त्यसै वर्ष ‘जुनकिरी’ एल्बमबाट इमेज अवार्डमा नव–गायिकाको अवार्डसमेत हात पारिन । त्यसयता लगातार दोहोरी गितसंगितमा लागिरहेकि उनका ‘खोलीमा जलुका’, ‘मायालु हजार’, ‘जुनकिरी’, ‘बदमास’ लगायत दुई दर्जन भन्दा बढी चर्चित गितहरु बजारमा आइसकेका छन् ।


 
युटुव भ्युअर्सका आधारमा हेर्ने हो भने पनि उनीद्धारा स्वरवद्ध लोकदोहोरी गितले लगातार निकै राम्रा दर्शक तथा श्रोताहरु पाइरहेको छ । स्थानीय स्तरमा आयोजना हुने कार्यक्रमदेखि लिएर देशका विभिन्न भागमा आयोजित स्टेज शोहरुमा पनि अत्याधिक माग हुन थालेकी उनी आफु लगातारको मेहनत र साधनाले यहाँसम्म आइपुगेको बताउछिन । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   एकताको सन्देश दिने विश्वकपको गीत
2.   लोकदोहोरीमा उदाउदै सरीता
3.   चेन्नाईले जित्यो आईपीएलको उपाधि
4.   रियलले रच्यो इतिहास, तेस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
5.   च्याम्पियन्स लिग फाइनल : को बन्ला युरोपियन च्याम्पियन ?
6.   सांगीतिक उचाइमा मञ्जु
7.   प्रवासमा चम्कदै नवराज
8.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
9.   समाजसेवामा समर्पण
10.   फरकधारका सिर्जनामा रमाउछु
11.   सुमधुर आवाजकी धनी टीका प्रसाई
12.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
13.   दुर्गा खरेल : स्वरमै जादु
14.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
15.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
16.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
17.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
18.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
19.   ओमानमा जनगायक जीवन शर्मा
20.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
21.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
22.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
23.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
24.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
25.   कोरिया तताए नेपाली कलाकारले !
Results 26: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media