सोमवार, असार ०४ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २७ गते ०३:५६

 
सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ । हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा अर्को वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने भएको छ । 
 
कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि कोरिया जान योग्य हुनेछ । मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरिया नेपाल शाखाका अनुसार २०१९ देखि रोजगार अनुमति प्रणाली अन्तर्गतका कोरियाली भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ छनोट प्रणाली लागू गरिने योजना रहेको जनाएको छ । शाखाका महानिर्देशक किम कि होकले रोजगार अनुमति प्रणाली लागू भएका १६ वटा राष्ट्रहरूमध्ये प्रायः सबै राष्ट्रहरूमा यस अंक प्रणाली लागू भइसकेको उल्लेख गर्दै नेपालमा घटेको अप्रत्यासित भूकम्पको कारणले लागू गर्न ढिलो भइ २०१९ बाट लागू गर्ने योजना रहेको जानकारी दिए । 
 
अंक प्रणाली लागू गरिएमा पहिलो चरणमा कोरियाली भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन (अतिरिक्त अंक) ल्याएको आधारलाई जोडेर कुल प्राप्तांकको आधारमा सबैभन्दा धेरै अंक ल्याउनेलाइ अन्तिम छनोटमा गरिने छ । यस प्रणाली लागू गर्नुको मुख्य उद्देश्य भनेको हालसम्म कामदारको नामावली कोरियाली भाषा दक्षताको आधारमा मात्र छानिएको जनाइएको छ । 
 
हालसम्म रोजगारदाताले माग गरेअनुसार काम गर्ने क्षमता, शारीरिक शक्ति, कामको अनुभवलगायत विभिन्न तत्वलाई समावेश गर्न नएसकिएको शाखाले जनाएको छ । “विदेशी कामदारहरूको दृष्टिकोणमा पनि कोरियाली भाषा दक्षता अलि कम भए पनि सीपको स्तर र कार्यक्षमता उच्च भएका इमानदार व्यक्ति नछानिनुको सीमितता छ,” शाखाले जारी गरेको सूचनामा भनिएको छ, “यस्ता सीमिततालाई सुदृढ गर्दै कोरियन भाषा परीक्षामात्र नभएर शारीरिक अवस्था, सीपको स्तर, कामको अनुभव र व्यक्तिको दक्षतालाई एकैसाथ मूल्यांकन गर्ने छनोट प्रक्रिया विकास गरिएको छ ।” 
 
कोरियामा काम गर्न इच्छुक व्यक्तिमा कोरियाली भाषा दक्षता अलि कमजोर भए पनि सीपको स्तर उच्च हुनुका साथै कामको अनुभव धेरै भएमा इमानदार व्यक्तिलाई कोरियामा रोजगारीको मौका बढाउनको निमित्त यो प्रणाली लागू गर्न लागिएको हो । काठमाडौंमा अवस्थित सीप विकास तालिम केन्द्रमा बनिरहेको सीबीटी भवन योजनाअनुसार पूरा भएमा हाल चलिरहेको परीक्षा दिने तरिका पेपर बेस टेस्ट (पीबीटी) बाट परिवर्तन भइ कम्प्युटर वेस टेस्ट (सीबीटी) को माध्यमबाट सञ्चालन हुने छ । अर्थात हाल कागजमा नै परीक्षा सञ्चालन भइरहेका छ भने यसलाई कम्प्युटरको माध्यमबाट दिने प्रणाली विकास हुने छ ।
 
कारोवार दैनिकबाट
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
326.   द नेपालीज् कम्युनिटी नेटवर्क अफ क्यानाडामा नयाँ कार्यसमिति
327.   यूएईमा अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाइयो
328.   आश्रय स्थल राख्नका लागि नेपाली दूतावास ओमान समक्ष ज्ञापनपत्र
329.   दूतावास र एनआरएनको पहलमा नरबहादुर स्वदेश फर्कदै
330.   कतारका व्यवसायीहरु लगानी गर्न उत्साहित
331.   चितवन युवा समूह कतारले गर्यो आर्थिक सहयोग
332.   बाग्लुङ सेवा समाजको बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
333.   बरालको नेतृत्वमा मोसुको नयाँ कार्यसमिति
334.   समूहमा बचत गर्दै कतारबासी युवाहरु
335.   पत्रकार महासंघ कतार शाखामा बन्जाडेको नयाँ नेतृत्व
336.   ओमानमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
337.   कतारमा आइएमई कप रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु
338.   कतारमा सांगीतिक प्रस्तुतिका साथ एनआरएनए कप सम्पन्न
339.   कतारमा नेपालले फिलिपिन्स बिरुद्ध शानदार जित
340.   सुरक्षित आप्रवासन मुद्धामा कतारमा अन्तर्कृया
341.   संखुवासभा बाढि पीडितलाई अमेरिकाबाट ६ सय डलर
342.   संखुवासभा पहिरोपीडितलाई कोरियाबाट एकलाख
343.   कतारमा शर्ट मुभिको प्रिमियर शो
344.   दुइटै मृगौला फेल भएकी तारालाई कतारबाट सहयोग
345.   महिला समाज ओमानको तीज कार्यक्रम सम्पन्न
346.   बाबुराम समर्थित जापानको मोर्चा ‘वाइगात प्रचार’ हो – अध्यक्ष श्रेष्ठ
347.   कतारमा गुल्मी सेवा समाजले गर्यो तीज बिशेष कार्यक्रम
348.   मोसु कतारको दशौं साधारणसभा नोभेम्बर चौधमा हुदै
349.   ईदमा पिजनद्धारा भलिवल प्रतियोगिताको आयोजना
350.   जनसम्पर्क समिति कतारको इफ्तार कार्यक्रम
Results 413: You are at page 14 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media