सोमवार, असार ०४ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
151.   लेवनानबाट डिपोट भएका सुजना र रोजीको अपिल: ‘हामीलाई न्याय र फसाउनेलाई कारवाही होस्’
152.   कुवेतमा नेपाली दुताबासको हटलाइन सेवा सुरु
153.   मृतकको परिवारलाई युएर्इबाट सहयोग
154.   मोरङ्ग–सुनसरी कतारको अध्यक्षमा कार्की
155.   मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजकलाई
156.   मलेसियामा हिमालय गोल्डकप फुटबलको उद्घाटन
157.   कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार
158.   इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानमा दुई नेपाली महिला पक्राऊ
159.   जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न
160.   मलेसियामा हिमालय गोल्ड कप फुटबलको अन्तिम तयारी
161.   मलेसियामा एकता दिवस मनाइयो
162.   नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड
163.   साउदीमा नेपाली कामदारका संकटबारे अन्तरक्रिया
164.   पत्रकार महासंघ यूएई अध्यक्षमा बस्याल
165.   अष्ट्रेलियाको सर्बोच्च शिखर चढेर नेपालीहरुले राखे कीर्तिमान
166.   अमेरिकामा १० अवैतनिक दूत
167.   उद्योगी बिनोद चौधरीले अमेरिकाको पशुपति बुद्ध मन्दिरलाई बुद्धको मुर्ति उपहार दिने
168.   धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन कतारका व्यवसायी कोइरालाले दिए ४० लाख
169.   सुडानमा अपहरित दुई नेपालीसहित तीनजना राष्ट्रसङ्घ कर्मचारी अपहरणमुक्त
170.   पर्यटनमन्त्री शाही र अष्ट्रेलियाका छायाँमन्त्री बुर्केबीच भेटवार्ता
171.   युएईमा संचालित ग्रीनलाइन ट्राभलले बार्षिकोत्सवको अवसरमा विशेष छुट दिने
172.   युएईको राष्ट्रिय दिवसमा नेपाली नृत्य प्रस्तुत
173.   नेपाली युवाले जापानमा जिते ११ लाख राशीको वक्तृत्वकला पुरस्कार
174.   परराष्ट्रमन्त्री डा. महतको सम्मानमा एनपिसीसीएको रात्रिभोज
175.   कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्काइयो
Results 413: You are at page 7 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media