शनिवार, असार ०९ गते, २०७५
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
सोमवार, २०७५ जेष्ठ २० गते ०१:१४

 
 
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत काम गर्न जाने विदेशी कामदारहरुको भाषासँगै सीप क्षमताको पनि परीक्षण गर्ने भएको छ । नयाँ प्रणालीमा रोजगार आकांक्षी विदेशी कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने बताइएको छ ।
 
कोरीयाको मानव संसाधन विकास (एचआरडी) आगामी वर्ष सन् २०१९ देखि ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली लागू गर्ने सार्वजनिक गरेको छ ।
 
उक्त प्रणाली अन्तरगत दुई तहमा लिइने परीक्षा अन्तरगत पहिलो चरणमा भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् दक्षताको मूल्यांकन सम्पन्न गरी दुवै चरणबाट परिक्षर्थीले पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई आवेदकलाई प्राथमिकताको आधारमा अन्तिम छनौट गरिने बताइएको छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनोट गर्दै आएको थियो । नयाँ प्रणालीले भाषा परिक्षा उत्तीर्ण गर्नु थप कठिन हुने अनुमान छ ।
 
एचआरडीले भने कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार कामदारलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने जनाएको छ । कोरियाले ईपिएस प्रणालीबाट विदेशी कामदार ल्याउने अन्य देशमा यस अघि नै यो प्रणाली लागू गरेको बताउँदै नेपालीमा तीन वर्ष अघि आएको महाभूकम्पका कारण आगामी वर्षदेखि लागू गर्ने बताएको थियो ।

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो
 
वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ। जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
 
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। 
 
पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
26.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
27.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
28.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
29.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
30.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
31.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
32.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
33.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
34.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
35.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
36.   दुबईमा नेपाली ब्राण्डको पानी
37.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
38.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
39.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
40.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
41.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
42.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
43.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
44.   रसुवाली समाज यूएईको गठन
45.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
46.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
47.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
48.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
49.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
50.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
Results 415: You are at page 2 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media